Newsroom

उदयपुरमा तीन महिनामा ४९ महिला हिंसाका घटना दर्ता

उदयपुरमा तीन महिनामा ४९ महिला हिंसाका घटना दर्ता

उदयपुरमा तीन महिनामा ४९ महिला हिंसाका घटना दर्ता

By

 radioudayapur

रेडियो उदयपुर, २०८२ साउन — लैङ्गिक विभेदमा आधारित हिंसा अझै पनि उदयपुरमा जटिल समस्या बनेको छ । विभेदपूर्ण संरचना र महिलाप्रति हुने नकारात्मक दृष्टिकोणले महिलासहित किशोरीहरू हिंसाबाट प्रभावित भइरहेका छन् ।
महिला अधिकारका लागि काम गर्दै आएको ओरेक, उदयपुरको तथ्याङ्क अनुसार अप्रिलदेखि जुन २०२५ सम्म तीन महिनामा मात्रै जिल्लाका सबै ८ पालिकाबाट ४९ महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् । यस्तै केही घटना खोटाङ, भोजपुर, बाराहा जिल्लाबाट समेत दर्ता भएका छन् ।
ओरेकले २०५६ सालदेखि हिंसाप्रभावित महिला र किशोरीका लागि सुरक्षावास सेवा, कानुनी परामर्श तथा सहयोग, मनोविमर्श सेवा लगायतका संयन्त्र सञ्चालन गर्दै आएको छ ।
त्रैमासिकमा दर्ता भएका घटनामध्ये सबैभन्दा धेरै घरेलु हिंसा रहेका छन् । त्यसपछि सामाजिक हिंसा, यौन हिंसा र अन्य प्रकारका हिंसा क्रमशः देखिएका छन् । घरलाई सुरक्षित स्थान मान्ने धारणा भए पनि घरेलु हिंसा बढिरहेको अवस्थाप्रति राज्य र नागरिक समाज गम्भीर हुनुपर्ने निष्कर्ष प्रतिवेदनमा गरिएको छ ।
त्यस्तै तथ्याङ्कअनुसार हिंसा १२ वर्षकी बालिकादेखि ७५ वर्षीया वृद्धासम्म सबै उमेर समूहमा भएको छ । जातीय दृष्टिले हेर्दा पहाडमा ब्राह्मण÷क्षेत्री, तराई ब्राह्मण÷क्षेत्री, मुस्लिम, तराई÷मधेस समुदाय र पहाडमा जनजाति महिलामा हिंसा बढी देखिएको छ । तथापि, हिंसा कुनै विशेष जात वा समुदायमा मात्र सीमित नभएको प्रतिवेदनले देखाएको छ ।
५५ प्रतिशत हिंसा आफ्नै श्रीमानबाट भएको छ । त्यस्तै, २९ प्रतिशत आफ्नै परिवारका सदस्यबाट, ७ प्रतिशत छिमेकीबाट र ७ प्रतिशत प्रेमीबाट भएको पाइएको छ । स्थानीय तहका प्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, मुख्य हेरचाहकर्तादेखि अपरिचित व्यक्तिसम्मबाट पनि महिलाहरू प्रभावित भएका छन् ।
वैवाहिक स्थितिमा सबैभन्दा धेरै विवाहित महिलामाथि हिंसा भएको छ । अविवाहित, एकल, विधवा, सम्बन्धविच्छेद गरेका तथा कानूनी विवाह नगरेका तर सहजीवनमा रहेका महिलाहरू पनि हिंसाबाट अछुतो छैनन् । विवाहित महिलामाथि बढी हिंसा भएको तथ्याङ्कले विवाहपश्चात महिलालाई सहयात्री भन्दा पनि दासका रूपमा हेरिने रुढीवादी परम्परा र सोच अझै बलियो रहेको संकेत गरेको छ ।
कुल १,४०९ घटनाको विश्लेषण गर्दा २६–३५ वर्ष उमेर समूहकी महिलामा हिंसा सर्वाधिक छ, त्यसपछि १८–२५ वर्षका महिलामा बढी देखिएको छ । यस अवधिमा ४ वर्षकी बालिकादेखि ७८ वर्षीया वृद्धासम्मका महिलामाथि हिंसा भएको दर्ता छ ।
विभिन्न घटनाका कारण उत्पन्न हुने मनोसामाजिक समस्या समाधानका लागि ओरेक, उदयपुरले हिंसाप्रभावित महिलासँग योजनाबद्ध कुराकानी र छलफलमार्फत निरन्तर मनोविमर्श सेवा दिइरहेको छ।
प्रतिवेदन अनुसार हिंसाका घटना सार्वजनिक गर्दा पीडितहरूले भौतिक आक्रमण, धम्की, मानसिक त्रास तथा अन्य सुरक्षा समस्याहरू भोग्नुपरेको छ। बलात्कारजस्ता संवेदनशील मुद्दामा जबरजस्ती मेलमिलाप गराउने प्रवृत्ति देखिएको र त्यसका कारण केही पीडित आत्महत्या गर्नसम्म बाध्य भएका उदाहरणहरू छन्।
ओरेकले विशेष गरी घरेलु हिंसा प्रभावित महिलाका लागि दिगो जीविकोपार्जन, गोपनीयताको अधिकारको सुनिश्चितता र सेवामा सहज पहुँच सुनिश्चित गर्न नीति र कार्यविधिमा सुधार गर्न स्थानीय सरकार र सरोकारवालालाई आग्रह गरेको छ।

उदयपुरमा तीन महिनामा ४९ महिला हिंसाका घटना दर्ता

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May