WOREC Nepal

नयाँ

कार्यविधि कानुन र पैरवी सम्बन्धि ३ दिने तालिम सम्पन्न

अधिकारको क्षेत्रमा निरन्तर रुपमा स्थानिय स्तरमा कार्यरत महिला अधिकार रक्षकहरुको क्षमता अभिबृद्धि गरि महिला हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउनका साथै स्थानिय स्तरमा हिंसा पिडित तथा प्रभावित महिलाहरुको सहयोगको लागि आवश्यक सहयोगि संयन्त्रको विकास गर्न सहयोग पु¥याउने उद्देश्यले ओरेकले कार्यविधि कानुन र पैरवी सम्बन्धि ३ दिने तालीमको आयोजना गरेको थियो ।  

Filed under:

बलात्कार सम्वन्धि वर्तमान कानूनी व्यवस्थामा रहेका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम

१०३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मिति ०६९ फागुन ३० गते यस ओरेक नेपालद्धारा संचालीत बलात्कार सम्वन्धि वर्तमान कानूनी व्यवस्थामा रहेका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम संचालीत गरियो । यस कार्यक्रममा नेपाल बार एशोसियसनका प्रतिनिधी, कानून व्यवसायी, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, पत्रकार र महिला अधिकार कर्मीहरुको सक्रिय सहभागीता रहेको थियो ।

Filed under:

ओरेक नेपालको २२ औं साधारणसभाद्वारा नयाँ कार्य समिति चयन

मानव अधिकारको सम्बद्र्धन तथा सामाजिक न्यायमा आधारित दिगो सामुदायिक विकास गर्ने परिलक्ष्य सहित २०४७ (सन् १९९१) मा स्थापित ओरेक नेपालको २२ औं साधारणसभाले सरज गुरुङ्गको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
कार्य समितिको उपाध्यक्षमा विन्दु गौतम, सचिवमा विना पोखरेल, कोषाध्यक्षमा शोभा यादव, र सदस्यहरुमा अनुसुइया साह, शिवमाया तुम्वाहाम्फे, विन्द्रा महर्जन, ज्योत्सना मास्के र मन्दिरा दनुवार निर्वाचित हुनुभएको छ ।

Filed under:

महिला हिंसाप्रति शून्य जवाफदेहीता विरुद्ध ऐक्यवद्धताकालागी आन्दोलनरत ३२ प्रदर्शनकारी प्रहरीले नियन्त्रणमा

२०६९ पौष १२ गते महिला हिंसाप्रति शून्य जवाफदेहीता विरुद्ध ऐक्यवद्धताकालागी सञ्चालित बालुवाटार घेराउ अभियानमा आज पनि दण्डहिनता अन्त्य गर्दै महिला हिंसाका अपराधीलाइ कारवाही गर्ने र राज्यमा शान्ति सुरक्षा कायम गर्नको लागी प्रधानमन्त्रि निवास बालुवाटारमा धर्ना तथा दवाब अभियान जारी रह्यो । उक्त दवाव कार्यक्रममा महिला अधिकारकर्मी तथा आन्दोलनकारीमाथि प्रहरीहरुको धरपकड हुंदा ३२ महिला मानव अधिकारकर्मीलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरुमा रेणु राजभण्डारी, राधा पौडेल, लीली थापा, पुर्णिका  कोयाँ, उमादेवी अधिकारी, खड्ग अधिकारी, कोपीला अधिकारी ,कमला पन्ति, श्रीजना काफ्mले, कमला मर्हजन, उज्जल था

Filed under:

Holistic Approaches to Realizing Women’s Rights: Ensuring Justice, Ensuring Rights: From victimhood to agency

National conference on violence against women

January 6th-7th, Makwanpur, Hetauda, Nepal

Introduction:

Filed under:

सिरहा जिल्लामा फेरी वलात्कार, वलात्कारी हिरासतमा

(मितिः२०६९÷०९÷१६) नेपालमा महिलामाथि हुने हिंसाका घट्नाहरुमा वृद्धि भएका छन । नेपालका विभिन्न संचारमाध्यममा आएका महिलामाथि भएका घट्नाहरुलाई आधारमान्ने हो भने विगत एक हप्तामा १२ जना भन्दा वढी महिलाहरुको हत्या भएकाछन भने एक दर्जन भन्दा पनि वढी महिलाहरुलाई वलात्कार जस्ता घट्नाहरु भएका छन । यसै गरी सिरहा जिल्ला पनि यस्ता घट्नाहरु हुनबाट वन्चित रहेको छैन । मिति २०६९साल पौष १३ गते शुक्रवारका दिन जिल्ला सिरहा लालपुर गाविस वार्ड नं ६ गोडधाम वस्ने अन्दाजी वर्ष २० की अनिता राउत (नाम परिवर्तन) लाई सोही ठाँउमा वस्ने वर्ष ४० को भुप नारायण भन्ने रुप नारायण यादवले दिनको अन्दाजी ३ वजेको समयमा वलात्क

Filed under:

“बढ्दो महिला हिंसा प्रति शून्य जवाफदेहिता विरुद्ध ” गृहमन्त्रीलाई पार्टि कार्यालयमा नै गई महिला हिंसा विरुद्ध दबाव

महिलामाथि दिन प्रतिदिन बढ्दो क्रममा भएका हिंसाका घटना र सरकारले त्यस प्रति देखाएको मैनता ले हामी सबैलाई स्तब्ध बनाएको छ । यो स्थितिमा सबै एकजुट भएर न्यायको लागि आवाज नउठाई हुन्न भन्ने अठोटका साथ शुरुगरिएको महिला हिंसा विरुद्धको यो दबाव अभियानको चौथो दिन सरकारलाई महिला हिंसा अन्त्यका लागि जवाफदेहि बनाउन गृह मन्त्री विजय कुमार गच्छेदारलाई उनकै पार्टि कार्यालयमा गई महिला अधिकार कर्मिहरुले दबाव दिएका छन् ।

Filed under:

बढ‍दो महिला हि‌साका सम्बन्धमा प्रधानमन्धी समक्ष प्रस्तुत गरिएका मागहरु

मिति ः पौष १४, २०६९

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्रीको कार्यालय,
सिंहदरबार, काठमाडौ, नेपाल ।

विषयः माग प्रस्तुत गरिएको सम्बन्धमा

Filed under:
Syndicate content