Home :: Press Release :: Contact :: Login
पछिल्लो समयमा देशभर बढ्दै गएको महिला हिंसाका घटना, सरकारी अकर्मण्यता तथा शुन्य जवाफदेहीताले हामी सबैलाई स्तब्ध बनाएको छ । सरकारद्वारा महिला हिंसा विरुद्ध शुन्य सहनशीलता भन्ने बारम्बार दोहोर्याए पनि भर्खरै हामी सबै महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेकै बेला १२ जना महिलाहरूको हत्या भएको छ । मंसिर महिनाभरिमा मात्रै १६ जना महिलाहरूको हत्या गरिएको छ । हत्या गरी आत्महत्यामा परिणत गराउने चलखेल बढ्दो छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा मंसिर २० २०६९ मा महिला अधिकारका क्षेत्रमा कृयाशिल संचारकर्मीहरुलाई महिला हिंसा न्यूनिकरणका लागि पु¥याएको योगदानको कदर गर्दै महिला अधिकारकर्मीहरुले सम्मान र प्रशंसा गरेका छन् । आवाज विहिनहरुको आवाजलाई बुलन्द गर्दै नीति निर्णायक तहसम्म पुलको काम गर्ने राज्यका चौंथो अंग संचार माध्यमले नै महिला हिंसा विरुद्धका घटनाहरु बाहिर ल्याई अन्यायमा परेकाहरुलाई न्याय दिलाउन एक विश्वासिलो माध्यम बनेको अभिव्यक्ति अभियान संयोजक कला राईले कार्यक्रमको उद्देश्य र स्वागत गर्ने क्रममा व्यक्त गरिन् । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बर ५ का दिन पत्रकारहरुले महिल
मानव अधिकार आयोगले गत महिना तयार गरेको मानवअधिकार रक्षकहरु सम्बन्धी मार्गनिर्देशिका २०६९ मस्यौदा माथि संकलित सुझाव राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननीय केदारनाथ उपाध्यायलाई हस्तान्तरण गरिएको छ । विभिन्न जिल्लाबाट उपस्थीत महिला मानवअधिकार रक्षकहरुको सहभागितामा सम्पन्न गोष्ठीबाट नोभेम्बर २९ मा संकलित सुझाव र एक कार्य समुह गठन गरी तयार पारिएको सुझावहरु ध्यानाकर्षण पत्र सहित आज महिला हिंसा विरुद्धको १६ दिने अभियानको आठौं दिन हस्तान्तरण गरियो । महिला मानवअधिकार रक्षकहरुको अध्यक्ष डा.
सिरहा जिल्लामा विगत ६ महिनामा ओरेक नेपालले संकलन गरेको ६३ वटा महिला हिंसाको तथ्याङ्क तथा यहि असोज महिनाको १८ गते अयोध्यानगर गाविस वडा नम्बर ९ का एक युवक र एक विवाहित महिलालाई अमानविय दुव्यर्वहार गरेको घटनालाई लिएर पत्रकार सम्मेलनको आयोजना गरियोे । ओरेक नेपाल लगाएत विभिन्न महिला अधिकारकार तथा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले सिरहामा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
काठमाडौं असोज ७ गते , थापाथली बस्तीमा मिति २०६९ बैशाख २६ गते भत्काएको घर टहराहरुमा बसोबास गर्दै आएका समुदायको मानव अधिकार हनन्को अवस्थाको विश्लेषण गर्न र उक्त घटनाबाट प्रत्यक्ष प्रभावित व्यक्तिहरुप्रति अन्तराष्ट्रिय समुदायको समेत ऐक्यबद्धता जाहेर गर्न एशियाका ९ वटा देशहरुका २३ जना महिला मानव अधिकार रक्षकहरुले मिति २०६९ आश्विन ६ गते उक्त बस्तीको भ्रमण गरी नेपालका गैरसरकारी संस्थाहरुको सहयोगमा प्रेस विज्ञप्ती तयार गरी पत्रकारहरु र सरकारी निकायसँग फरक फरक छलफल गरियो ।
मिति ः २०६९ आश्विन ७
नेपाल सरकारद्वारा जबरजस्ती सुकुम्बासी बस्ती उठिबास गराउँदा सिंगो समुदाय नै प्रभावित
संयुक्त प्रेस विज्ञप्ति