Home :: Press Release :: Contact :: Login
बैशाष ७ गते देखि शुरु भएको विश्वका १४० देशका २००० भन्दा बढी महिला अधिकारकर्मीहरुको भेला टर्कीको स्तानबुलमा हलिक कंग्रसहलमा भएको छ । महिला अधिकार र विकासका लागि संगठित महिलाहरुको अन्तराष्ट्रिय संजालले (एवीड फोरम AWID Forum) यस वर्ष महिला अधिकार र न्यायका लागि अर्थशास्त्रिय दृष्टिकोणबाट विश्लेषण गर्ने प्रमुख उद्देश्य रहेको छ ।
उद्देश्यहरु ः
महिला अधिकारका मुद्दा, अनुभव र सवालहरुलाई संवोधन गर्न अर्थशास्त्रीय शक्तिको भुमिका र प्रभावको बारेमा जानकारी
महिला समुह, महिला आन्दोलन र सामाजिक आन्दोलन पुलको रुपमा प्रस्तुत गर्ने
सामाजिक न्याय तथा मानव अधिकारको सुनिश्चितताको लागि समर्पित ओरेक नेपालको २१ औं वार्षिकत्सवको अवसरमा मिती २०६८ चैत्र १९ गते सामाजिक लेखा परिक्षण कार्यक्रम (social audit) समाज कल्याण परिषद्को हल, लैनचोरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता ओरेक नेपालका अध्यक्ष सरज गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रममा महिला आयोगका माननीय अध्यक्ष शेषचादँ तारा, आयोगका माननीय सदस्य धनेश्वरी चौधरी, समाज कल्याण परिषद्का निर्देशक मदनप्रसाद रिमाल, अपाङ्ग संघका अध्यक्ष सुर्दशन सुबेदी, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल सचिव, टिका दाहाल, ओरेक नेपालका संस्थापक तथा वर्तमान सल्लाहाकार डा.
मिति ः २०६८ चैत्र १३
प्रेश विज्ञप्ती
मिति ः २०६८ चैत्र १०
प्रेश विज्ञप्ती
बोक्सिको आरोपमा चितवनको ढेगनीदेवीको हत्या भएको घटना नसेलाउदै काठमाण्डौं महानगरपालिका जस्तो शहरी इलाकामा बोक्सिको आरोपमा ४० वर्षे सुनिता पुडासैनीले आँखा जस्तो संवेदनशिल अंग भंग हुन परेको छ भने ४४ वर्षे खोमकुमारी दाहालले आफ्नै बहिनी ज्वाईले तातो भुंग्रो सहित मरणासन्न हुने गरी कुटपीट गरेको घटना प्रति ओरेक नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।
काठमाडौं, चैत्र ५ – राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले महिलामाथि हुने हिंसाको उजुरी गर्ने महिला मानव अधिकार रक्षकहरुनै हिंसामा पर्नु दुर्भाग्य भएको बताउनु भएको छ ।
सिरहा जिल्लामा रहेका १ दर्जन भन्दा वढि संघ संस्थाहरुको सहकार्यमा यस पटकको १०२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सिरहाको मिर्चैयामा भव्यताका साथ सम्पन्न गरियो । सिरहाको गोलवजारबाट महिला हिंसा अन्य गर, १०२औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस, मनाऔं मनाआंै, जेठ १४ मा संविधान जारी गर, श्रमिक एकता जिन्दावाद, किशोरीहरुको अवद्धता, उज्ज्वल भविष्यको सुनिश्चितता, महिला हिंसा अन्त्य गरौ शुन्य शहिष्णुता कायम गरौं, महिला हिंसालाई नाई भनौ, न्याय पुर्ण समाजको निर्माण गरौं जस्ता दर्जनौ नाराहरुको साथमा सिरहाको गोलवजारमा सयौं संख्यामा र्यालीमा सहभागीता रहेको थियौ ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, महिला पुनस्र्थापना केन्द्र (ओरेक नेपाल) र महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजाल, चितवनले २०६८ साल फाल्गुन ५ गते बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी महतोको स्थलगत अध्ययन गरेको थियो । महिला पुनस्र्थापना केन्द्रले मिती २०६८ फाल्गुन १५ गते पत्रकार सम्मेलन गरि उक्त घटनाको स्थलगत प्रतिवेदन सार्वजनिक गरेको छ ।
मिति ः २०६८ माघ २४
प्रेश विज्ञप्ती