WOREC Nepal

नयाँ

प्रधानमन्त्री डा.बाबुराम भट्टराईमहिला हिंसा अन्त्यका लागि प्रतिबद्ध, उचित मार्गदर्शन तयारीका लागि महिला मानव अधिकार रक्षकहरुलाई नै सल्लाह र सुझावको लागि आह्वान

प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग महिला हिंसा अन्त्यका लागि सरकारको प्राथमिकता माग गरि  हिंसामा परेका महिलाहरुको न्यायमा पहुँच सवल र द्रुत रुपमा गराईनु पर्ने भन्ने विषयलाई जोड दिदै ९ बुँदे मागपत्र महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष डा. रेणु राजभण्डारीले  प्रस्तुत गर्नु भएको थियो । 

IMG_2426IMG_2411IMG_2430IMG_2414

Filed under:

अन्वेषी विमोचन तथा महिला हिंसा विरुद्ध कचहरी नाटक प्रंदर्शन

१६ दिने महिला हिंसा विरुद्धको दिवसको अवसरमा अन्वेषी विमोचन तथा महिला हिंसा विरुद्ध कचहरी नाटक प्रंदर्शन

Filed under:

प्रेस विज्ञप्ती

विषय– स्वास्थ्य अधिकार हनन् सम्बन्धमा

मिति २०६८/७/१

Filed under:

४९ औं सीडो समितिको निष्कर्ष प्रतिवेदन विषयक अन्तरक्रिया कार्यक्रम

महिलामाथि हुने सबै खाले भेदभाव विरुद्धको महासन्धि सिडो समितीको ४९ औँ सत्रको आप्रवासन सम्बन्धि निष्कर्ष प्रतिवेदनमाथि आज असोज ६, २०६८ मा त्रिपुरेश्वर, काठमाडौंमा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा वैदेशिक रोजगार विभागका प्रमुख नरेन्द्रराज शर्माले सिडो समितिले दिएको सुझावमा उठेको सहभागीको प्रश्नमा अहिले वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाँदा ठगिएका र हिंसा पिडितहरुलाई द्रुततर गतिमा न्याय दिलाउने व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।

Filed under:

शान्ति र संविधानका लागि महिला दबाव पदयात्रा

शान्ति र संविधानका लागि महिला दबाव अभियानले भाद्र छ देखि सुरु गरेर मेची देखि महाकाली सम्मको दवाब पदयात्राका सहभागीहरु शनिबार काठमाडौं आइपुगेका छन् । काठमाडौं आगमनसँगै महिला अधिकारकर्मीलाइ कलंकी चोकमा स्वागत गरिएको थियो । देशभरिका विभिन्न जिल्लाका महिला अधिकारकर्मी र संस्थाहरु सम्मिलित पदयात्राले संविधान निर्माणका लागि दबाव सिर्जना गर्ने उद्देश्य थियो ।

Filed under:

शान्ति र संविधानका लागि महिला दबाब अभियानमा हक्की र खलबली

शान्ति र संविधानका लागि महिला दबाब अभियान अन्तर्गत विकल्प  ज्ञान तथा विकास केन्द्रको नेतृत्वमा मिति २०६८÷०४÷१५ गते  शान्तिपूर्ण वातावरणका साथ नियमित धर्ना कार्यक्रम सम्पन्न भयो । विभिन्न महिला संजालहरुको संयोजनमा भएको सो धर्ना कार्यक्रम समयमै र महिलामैत्री संविधान जारी गर्न र दिगो शान्ति स्थापनाका लागि दबाब दिने उदेश्यले गरिएको थियो । 

Filed under:
Syndicate content