WOREC Nepal

प्रेश बिज्ञप्ति

Printer-friendly versionSend by email

शसस्त्र द्वन्द्वमा सबै भन्दा बढी प्रभावित महिला र बालबालिका भएको बिभिन्न तथ्यहरुले प्रमाणित गरिसकेको कुरा हो। तर यसक्रममा महिलाहरुमाथि भएको हिंसा, द्वन्द्वबाट उनीहरुमाथि परेका प्रभाबको लेखाजोखा गहन रुपमा न त राज्यले गरेको छ न त राजनीतिकदलहरुले नै।  
 महिलाहरुले  द्वन्द्वका क्रममा जस्तोसुकै अप्ठयारोमा पनि परिवार र समुदायकालागि आफ्नो भुमिका जिम्मेवारीपूर्बक निर्बाह गरेका छन्।  आफ्ना पति, छोराछोरी, बाबु र अन्य आफन्तहरु शसस्त्र द्वन्द्वमा होमिन बाध्य बनाईएर एक्लै हुदा उनीहरुमाथि परेको आर्थिक भारलाई महिलाहरुले निर्बाह गरेका  छन्। महिलाहरुमाथि द्वन्द्वबाट परेको प्रभाव, द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा उनीहरुको भुमिका लगायतका बिषयमा अनुसन्धान गरि यसमा देखिएका समस्याहरुको समाधानको उपाय खोज्न बिश्वका द्वन्द्वग्रस्त १८ वटा देशका प्रतिनीधीहरु नेपालमा जम्मा भएका छन्। भारत,पाकिस्तान,रुवा48डा,केन्या,फिलिपिन्स,सियरालियोन,आईभरीकोष्ट,युगा48डा,कंगो,बुरु48डी, सेनेगल लगायतका देशबाट आएका  ३४ जना सहभागिले आ आफ्ना मुलुकमा गरेका अनुसन्धानको प्रस्तुती गरेका छन्।
 यसअघि नेपाल मै सम्पन्न पहिलो र दोस्रो चरणको तालिममा उनीहरु सहभागी भई आ आफनो देशमा फर्केर गरेको अनुसन्धानबाट आएको तथ्यलाई यो तेस्रो चरणको तालिमका क्रममा प्रस्तुती गरेका हुन्। यस कार्यक्रमको उद्देश्य बिश्वका बिभिन्न द्वन्द्वग्रस्त मुलुक र नेपालको संस्कृति र त्यसको प्रभावमा परेका देशको अनुभव  आदान प्रदान गर्नु  पनि रहेको छ।  
 
शसस्त्र द्वन्द्वका कारण र द्वन्द्वपछिको अबस्थामा महिलाहरुमा परेको  समग्र प्रभावका सम्बन्धमा गरिएको अनुसन्धानबाट आएको तथ्यलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बिषयमा काठमा48डौमा २ हप्ते तालिम शूरु भएको छ। ओरेक नेपाल र 73कष्क ध्73ऋऋभ्    (अफ्रिकामा रहेर सञ्जाल मार्फत बिश्वका बिभिन्न मुलुकमा  महिलाअधिकारका क्षेत्रमा क्रियाशील संस्थां) को संयुक्त आयोजनामा भएको यो तेस्रो चरणको तालिममा बिश्वका द्धन्द्धग्रस्त १८ वटा देशका सहभागीले गरेको अनुसन्धानबाट आएको निष्कर्षमा आधारित रहेर यी तथ्यहरुलाई सम्बोधन  गर्न आबश्यक तयारीका बारेमा  छलफल भईरहेको छ। शान्ति स्थापना र द्वन्द्व रुपान्तरण, पैरवी, सञ्जाल निर्माण र अभियान, र नेतृत्व र संस्थागत बिकाश गरि ३ वटा  छुट्टाछुट्टै बिषयमा तालिम दिईने छ।  शसस्त्र द्वन्द्व र द्वन्द्वपछि  महिलाहरुले भोग्दै आएका बिभिन्न समस्यामाथि  गरिएका यी अनुसन्धानबाट आएको तथ्यलाई सम्बोधन गर्नका लागि मुलुकको भौगोलिक अबस्था अनुसारको कार्ययोजना बनाउन यो तालिमले सघाउने बिश्वास लिईएको छ। यो अनुसन्धान गर्नुअघि गएको बर्ष जनवरी र  नोभेम्बर मा पहिलो र दोस्रो चरणको तालिम सम्पन्न भईसकेको छ।

Filed under: