Home :: Press Release :: Contact :: Login
(मिति २०६८÷१०÷१०) आम जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीद्वारा आफ्नी श्रीमती गीतालाई विभिन्न खालका हिंसा पश्चात् ६ वर्ष अगाडी देखि बेग्ला बेग्लै बस्दै आएको अवस्थामा पौष २७ गते गरिएको हत्या प्रति ओरेक नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । ओरेक नेपालको मंसिर महिनाको मासिक प्रतिवेदन अनुसार महिला हिंसाका घटनाहरु १४४ मध्ये ७ जनाको हत्या साथै पौष महिना अनुसार १२६ वटा मध्ये ९ जनाको हत्या भएको तथ्यांकले हत्या जस्तो जघन्य अपराध बढ्दै गएकोे तथ्य प्रमाणित हुन्छ । दण्डहिनताको अवस्था र अपराधीलाई राजनीतिक संरक्षण दिएका कारण पनि यस्ता घटनाहरु दिनानु दिन बढ्दै गएको अवस्था छ । यसरी देश र जनताको रक्षाका लागि खटिएका सुरक्षाकर्मीबाटै जघन्य हत्या गर्ने हत्यारालाई कडा भन्दा कडा सजायको माग गर्दछौं साथै महिला हिंसा विरुद्ध १०० दिने अभियानले उठाएको प्रमुख माग कुनै पनि हिंसा पीडित महिलाले उजुरी गरेको २४ घण्टाभित्र हिंसाको सही सम्बोधन गर्ने संयन्त्रको विकास गर्न सरकारलाई माग गर्दै महिला हिंसा न्यूनिकरणमा सहयोग गर्न आम नागरिक समाज, पत्रकारहरुमा जोडदार माग गर्दछौं ।
वावुराम गौतम
कार्यकारी निर्देशक, ओरेक नेपाल
वालकुमारी ,ललितपुर