सुनसरी जिल्लाको दुहबी नगरपालिकाको सिमरिया गाउँमा अमिनदेवी चौधरीको जन्म भएको थियो। माइतमा उनका बाबुआमाका पाँचवटी छोरी थिए । परिवारमा सबै सुखले हुर्केका थिए । सात वर्षको उमेरमा उनी पढ्नलाई स्कूल गएकी थिइन् । तर सरले विद्यार्थीहरूलाई कुटेको देखेर त्यसपछि डरले पढ्नलाई स्कूल नै गइन् । आमाबुवा खेतीपातीमा संलग्न थिए ।
त्यसैले घरमा खानका लागि खासै समस्या थिएन । करीब १८ वर्षको उमेरमा उनको विवाह सुनसरी जिल्लाको गढी गाउँपालिका, औराबनी गाउँँमा भयो । घरमा सासू, ससुरा, देवरहरू लगायत आठ जनाको संयुक्त परिवार थियो । उनी आºनो परिवार रहेर काम गर्दा खासै दुःखी थिइनन् । उनलाई घरबाट बाहिर गई केही गर्न मन लाग्थ्यो ।
तर श्रीमान् ले बाहिर जान उत्साहित गर्दैनथे । तर उनले कसैको कुरा नमानी बाहिर निस्केर सामाजिक काममा भाग लिने काम गरिरहिन् । घरको काम राती नै सकेर पनि विभिन्न महिला सम्बन्धी कार्यक्रममा सहभागिता जनाइरहिन् ।
सबैभन्दा पहिले हिंसामा परेका महिलालाई न्याय दिनका लागि सहयोग गर्ने ओरेक नेपालमा वडा स्तरमा समूह मार्फत महिलाहरूसँग काम गर्ने अवसर पाइन् । त्यसपछि उनको कार्यक्षेत्र बढ्दै गयो ।
अहिले उनी विगतमा भएको निर्वाचनमा गाउँपालिकाको वडा सदस्य भएकी छन् । उनी गा.वि.स. स्तरीय समूहबाट महिला फेडेरेशनमा आबद्ध भई समाजसेवाका काममा पनि सक्रिय नै छन् ।
उनको आफ्नो जग्गाजमिन थिएन । श्रीमान् बिस्कुट फ्याक्ट्रीमा केमिस्टको काम गरिरहेको हँुदा घरव्यवहार त्यही कमाइबाट चलिरहेको छ । परिवारका सदस्यहरूबाट राम्रो सहयोग पाएकी छन् अमिनदेवीले । उनका चारवटी छोरी छन् । एउटी छोरीको त बिहे पनि भइसकेको छ ।
अमिनदेवी भन्छिन्, “मैले सानैदेखिको रुचिको विषय हुनाले समाजसेवाको कार्य गर्न मन गरें । जीवनमा समाजसेवा गरेर नै मैले आफ्नो पहिचान बनाएकी छु । यो समाजमा महिलाहरूमाथि बढी नै हिंसा भइरहेको छ ।
त्यसैले पीडित महिलालाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । अहिले म समुदाय स्तरमा एकल गरीब महिलाहरूलाई सहयोग गर्ने, आफूमाथि अन्याय हुँदा कसरी न्याय पाउने भन्ने चेतना नभएका महिलाहरूलाई ती कुराको जानकारी गराउँदै हिँडेकी छु ।
महिलाहरू अझै अगाडि बढून्, महिलाहरू आफूभित्र भएका क्षमता बाहिर निकाल्न सकून्, कुनै पनि महिलाहरूले अन्यायमा पर्नु नपरोस्, घुम्टोभित्र कुनै महिलाहरूले बस्नु नपरोस्, भन्ने मेरो सपना हो ।
मलाई समुदायसँग घुलमिल हुनुका साथै धार्मिक क्षेत्रमा पनि सहभागी हुन मनलाग्छ । कुनै पनि हिंसा प्रभावितहरूलाई असहयोग गर्ने र अर्काका कुरा काटेर आनन्द लिने व्यक्ति मलाई मन पर्दैन । म फुर्सदको बेला साथीहरूसँग भेटेर कुराकानी गर्दा रमाउँछु ।”
काम गर्ने क्रममा महिलाका मुद्दाहरूलाई प्रहरीसम्म पु¥याउन जाँदा पीडक पक्षबाट विभिन्न धम्कीहरू आउँथे र अहिले पनि आउँदै छन् । कहिलेकाहीँ प्रहरीको सहयोग लिएर पनि समस्या र चुनौतीहरूको समाधान गर्दै आइरहेका छांै।
यो स्थानसम्म आउनका लागि सबैभन्दा ठूलो हात घरपरिवार, त्यसपछि समाजको रहेको छ । बिस्तारै म पार्टीमा पनि आबद्ध हुन पुगें ।
अहिले त समाजका व्यक्तिहरूले पनि सल्लाह र सुझाव लिने गरेका छन् । समुदायमा पनि पहिलेको अवस्थाभन्दा अहिले शान्ति नै रहेको छ । समाजसेवी भएर जनताले चुनेको आधारमा वडा सदस्य बन्न पाउँदा खुशी महसुस गर्छु । सहयोग गर्नेलाई सबैलाई धन्यवाद दिन्छु ।
म धार्मिक कार्यमा पनि चासो राख्छु । अरूले कुरा काटेको मन पर्दैन । फुर्सदको बेलामा साथीहरूसँग कुराकानी गर्छु । अहिले समाजमा एकल गरीब महिलाहरूलाई थाहा नभएको कुरा जानकारी गराउनुका साथै सहयोग पनि गर्ने गरेको छु ।
कुनै पनि ठाउँको महिलाहरूले घुम्टोभित्र बस्न बाध्यता नपरोस्, आफ्नो अधिकारका लगि आफैं सक्षम भएर लड्न सकून् ।
ठेगाना: गढी गाउँपालिका, औराबनी, गढीटोल
संलग्नता: ज्योति महिला फेडेरेशन, नागरिक सचेतना केन्द्र,
उमेर: ५३ वर्ष