Stories

मेरो सानै उमेरमा आमाबुवाले विवाह गरिदिए तापनि आउने पिँढीले भने यो चलन पूरै परिवर्तन गर्नुपर्छ: अनिता मण्डल

02 Mar 2021

मोरङ्ग जिल्ला, कटहरी गाउँपालिका कटहरीमा जन्मेकी अनिता मण्डलले एस.एल.सी.सम्म अध्ययन गरिन् अध्ययन गर्ने क्रममा आमाबुवाले स्कूलमा पढ्न नपठाए पनि अंकलको साथसहयोगले स्कूल जान पाइन् गाउँमै १५ वर्षको उमेरमा १८ वर्षीय किशन देव मण्डलसँग सामाजिक परम्परा अनुसार बाबुआमाले विवाह गरिदिए

त्यसपछि उनको समय घरायसी काममै समय व्यतीत हुन थाल्यो जना छोरी, जना छोरा, श्रीमान्, सासू, ससुरा सहित जना सदस्य छन् संयुक्त परिवारमा परिवारको मुख्य पेशा कृषि थियो उनले सन्तानमध्ये जेठी छोरीलाई उचित रूपमा शिक्षा दिई विवाह गरिदिइन् एक छोरी एक छोरा १२ कक्षामा बोर्डिग स्कूलमा पढ्दै छन्

 सानै उमेरमा विवाह भएपनि पछिल्लो समय आफैंले केही गर्ने मनसाय उनी सामाजिक क्षेत्रमा व्यस्त छिन्

आफ्नो समुदायको गलत मूल्यमान्यतालाई परिवर्तन गर्नुपर्छ भन्ने विचारका साथ उनी महिला फेडरेशन मोरङ्ग ओरेक नेपालमा आबद्ध रहेर काम गरिहेकी छन् सामाजिक क्षेत्रमा रहेर काम गर्न सुरूसुरूमा गाह्रो भए पनि बुझ्दै गएपछि परिवार आफन्तले सहयोग गर्न थालेको उनी बताउँछिन् उनको समुदाय पहिले धेरै पछाडि परेको भएपनि अहिले परिवर्तनलाई स्वीकार गरेर अगाडि बढ्दै

अहिले महिलाहरू समूहमा आबद्ध भई धेरै कुरा बुझेर छोरीलाई पनि पढाउने गरेको स्वतन्त्र रूपमा काम गर्न पनि कुनै रोकावट नगरेको बताउँछिन् श्रीमान्ले प्राथमिक स्वास्थ्य उपचार गर्ने काम गर्दै आएकाले घरव्यवहार चलाउन उनलाई सहज नै भएको सुरूमा सासूससुरा छोरीछोरी जन्माएको भनेर उनीसँग रिसाए पछि उनले छोरा जन्माउन खोज्दा जम्मा पाँच सन्तान भए

उनी आफ्नो मधेसी समुदायका पुराना नराम्रा रीतिरिबाज मूल्यमान्यतालाई परिवर्तन गर्नुपर्छ भन्ने सोच राखेर नै सामाजिक क्षेत्रमा काम गर्न अघिसरेकी हुन् उनी मधेसी समुदायमा सानै उमेरमा छोरीको विवाह ¥यो भन्ने आमाबुवाको इच्जत बच्छ भन्ने सोचलाई परिवर्तन गर्नुपर्ने ठान्छिन् उनी भन्छिन्, “मेरो सानै उमेरमा आमाबुवाले विवाह गरिदिए तापनि आउने पिँढीले भने यो चलन पूरै परिवर्तन गर्नुपर्छ ” 

यस स्थानसम्म आइपुग्नुको लागि साथसहयोग दिने विशेष गरेर उनको घरको अंकल, आमा श्रीमान् नै हुन् उनीहरूकै कारण समुदायमा गएर उनले आफूलाई चिनाउने मौका पाइन् उनलाई सहयोग गरेको कारण श्रीमान्ले धेरै कुरा सहेर बस्नु ¥यो हाल उनी श्रीमान्लाई एउटा महत्त्वपूर्ण व्यक्तिको रूपमा मान्ने गर्छिन् मधेसी समुदाय पहिलेको तुलनामा निकै परिवर्तन भएकोमा उनलाई खुशी लागेको हाल आफू छोरीलाई घरमा सीमित नराखेर स्कूल पठाउन महिलाहरूलाई समूहमा आबद्ध हुनका लागि प्रेरित गर्दै आएको बताउँछिन्

उनले महिला अधिकार सामाजिक न्यायमा निम्ति धेरै मान्छेका गाली सहनु परेको थियो उनी कुनै पनि काम आफूबाट सुरुवात गर्न लागि आफू लगायत छोराछोरीमा पनि लागू गर्न चाहन्छिन् उनलाई आफूले गर्न चाहेको काममा कसैले हस्तक्षेप गरेको कुरा मन पर्दैन

उनी सहयोग नगर्नेलाई पनि धन्यवाद दिन चाहन्छिन् किनकि बुझ्ने व्यक्ति सहयोग गर्छ नै, तर सहयोग नगर्ने व्यक्ति पनि उसले जहाँसम्म जे बुझेको हुन्छ उसको ठाउँमा ठीकै हुन्छ जसले राम्रो काममा बाधा गर्छ उसलाई अरुले पनि चिन्ने मौका पाउँछन्

 अन्तमा खराब मान्छेले पनि सिक्ने मौका पाउँछ भन्ने उनको बुझाइ उनी आफू जस्तै काम गर्ने व्यक्तिलाई धन्यवाद दिन्छिन् अबका दिनमा महिलाहरूले हकअधिकार पाउनुपर्छ भनेर लड्ने पुरुष असल मानवको रूपमा स्थापित हुन्छ भन्ने उनलाई विश्वास

अन्तमा, अहिले पनि महिलाहरू सन्तुष्ट हुने गरी कानूनी अधिकार पाए पनि सामाजिक रूपमा न्याय नपाएको अवस्था संघसंस्थाले पनि महिला तथा बालबालिकाको समस्या पहिचान गरी उनीहरूको व्यक्तित्व उठाउन निरन्तर लाग्नुपर्छ

ठेगाना: धनपाल गाउँपालिका, वडा नं. , लखन्तरी 
संलग्न : ओरेक नेपाल महिला फेडेरेसन 
उमेर: ५० वर्ष