WOREC In Media

निःशुल्क महिला स्वास्थ्य शिविरः चैत्र १२ गते वडा नं. ११ र १३ गते वडा नं. १० मा

13 Apr 2021

Budhanilkantha News

२०७७ चैत्र १२, बिहीबार १५:०७

महिला स्वास्थ्य शिविर चैत्र १२ गते वडा नं. ११ काे कार्यालय र १३ गते वडा नं. १० काे मिलन चाेक स्थित श्री फ्रेण्डसिप युवा क्लबमा संचालन गरिदै छ । जाँचका लागि बिहान १० बजे देखि बेलुका ५ बजे भित्रमा ताेकिएकाे वडा कार्यलयमा जानु पर्नेछ । 

यस २ दिने याैन तथा प्रजनन् स्वास्थय सम्बन्धी शिविरमा सामान्य जाँच, पाठेघरकाे अवस्था जाँच गर्नका साथै क्यान्सरकाे सम्भावनाकाे जाँच गर्नकाे लागि VIA test समेत गरिदै छ । 

पुरूषहरूले पनि सामान्य जाँच गराउन चाहेमा पुरुष चिकित्सकद्वारा सेवा लिन सक्ने व्यवस्था रहेकाे छ । 

यसै अन्तर्गत समाजमा महिलाकाे पहिचान, व्यक्तिगत धारणा र हिंसाबाट महिलाहरूकाे याैन तथा प्रजनन् स्वास्थ्यमा पर्ने असर र महिलाहरूमा हुनसक्ने समस्याकाे प्रकारका बारेमा रेक नेपालबाट अभिमुखिकरण दिईनका साथै महिलाहरूसँग सयपत्री कुराकानी गरी उँहाहरूकाे अवस्था विश्लेषण समेत गरिदै छ ।  

बूढानीलकण्ठ नगरपालिकाले महिला पुनस्थापना केन्द्र (ओरेक) र ओम समाज हस्पिटल कलंकीकाे सहकार्यमा  याे शिविर संचालन गरेकाे हाे ।

आफूलाई पायक पर्ने समयमा र स्थानमा (चैत्र १२ गते वडा नं. ११ कार्यलय र १३ गते वडा नं. १० काे कार्यलयमा) गई निःशुल्क स्वास्थ्य जाँच गर्नका लागि सम्पूर्ण नगरवासीहरूमा अनुराेध गरिन्छ ।