Stories

महिला उद्यमशीलता सहजीकरण: सरिता महरा

03 Jun 2021

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका -२ की सरिता महरा भन्नु हुन्छ, मेरो घरमा म, मेरो श्रीमान्, ५ जना छोरी र दुई जना छोरा गरी ९ जनाको परिवार छ । श्रीमान्‌लेमात्र ज्याला मजदुरी गरेर घर व्यवहार चलाउन कठिन हुन्थ्यो ।

म २÷३ वटा बाख्रा पाल्ने गर्थे तर त्यसबाट हामीलाई त्यती धेरै  फाईदा भने भएको थिएन । त्यसमा पनि हामीले २ वटा छोरीको विवाहको लागि ऋण लिएको हुँदा बाकी छोरा छोरहिरुलाई पढाउन नसकेको अवस्था थियो । २०७६ सालमा ओरेकले गठन गर्न सहजीकरण गरेको भगवती महिला समूहको सदस्य भए पछि उहाँले आर्थिक अवस्थामा सुधार ल्याउन विभिन्न अवसर पाउनु भयो ।

समूहमा आबद्ध भए पछि मैले ओरेकबाट मनोविमर्श सेवा प्राप्त गरे । साथसाथै विभिन्न विषयमा अभिमुखिकरण कार्यक्रम र ३ दिने पशुपालन सम्बन्धि तालिममा पनि सहभागी भए । यी अवसरले आफ्नो मनोबल बढेको र आर्थिक अवसरमा अभिवृद्धिको लागि प्रेरणा मिलेको बताउँदै उहाँ भन्नु हुन्छ ।

पशुपालन तालिम लिएर हाल खोरगोठ समेत तयार गरी व्यवस्थित बाख्रा पालन गर्ने मेरो योजना छ । कृषीका लागि व्यवसायिक योजना बनाउने तथा प्राविधिक सहयोग तथा जानकारी पाएपछि अहिले जग्गा भाडामा लिएर तरकारी खेती गरी तरकारी बेच्न थालेकोले घरको आर्थिक अवस्थामा निक्कै सुधार आएको छ ।

महिलाले गर्ने  श्रमको  सम्मान र मान्येता  हुने वातावरण सिर्जना गरौं।  लैंगिक समानता  र महिलाको उधम्सिलता  विकाशका लागि राष्ट्रिय  लैंगिक  समानता नीतिलाई स्थानीय  देखि राष्ट्रिय तहसम्म  प्रभावकारी  रुपमा  कार्यान्वयन गरौं।