"मेरो नाम गिता चौधरी, मेरो परिवारमा ४ जनाको सदस्य रहेको छ, म मेरो श्रीमान र एक छोरा , एक छोरी रहेको छ । म विगत १४ बर्ष देखि नमुना कृषी समुहको सदस्य पदमा रहेको छ । हरेक महिना कृषक समुहका सदस्यहरुले सुरुमा ५ रुपिया , १० रुपिया गर्दै अहिले १५० रुपिया मासिक रकम संकलन गर्दै आएको र पछि ओरेक दांगबाट संचालित कृषि तालिम लिए पछि व्यवसायिक मौसम अनुसारको तरकारी, च्याउ खेती गरी आम्दानी गर्दै आएको छु । मेरो श्रीमान पहिला बैदेशिक रोजगारमा हुनु हुन्थ्यो तर आज भोली घरमै बसेर व्यवसायिक रुपमा कुखुरा पालन गर्दै आउनु भएको छ र हामी दुबै जना मिलेर खेती र पशुपालन गर्दै आएका छौ । ओरेक बाट पाएको तालिम, आर्थिक सहयोग र प्राविधिक सहयोग पाई रहेको छु । ओरेकको सहयोगमा टनेल पनि पाएका थियौँ र उक्त टनेलको प्रयोग काट टमाटर उत्पादन पनि गरेको थिए । विभिन्न किसिमको तालिम, सहयोग र साथले अहिले हाम्रो जिवन सहज भएको छ ।"
महिलाले गर्ने श्रमको सम्मान र मान्येता हुने वातावरण सिर्जना गरौं। लैंगिक समानता र महिलाको उधम्सिलता विकाशका लागि राष्ट्रिय लैंगिक समानता नीतिलाई स्थानीय देखि राष्ट्रिय तहसम्म प्रभावकारी रुपमा कार्यान्वयन गरौं।
#WeStanGenderEquality #WomenInLeadership #GenerationEquality