Stories

महिला उद्यमशीलता सहजीकरण : सुगाबती चौधरी

03 Jun 2021

सिरहा जिल्लाको लहान नगरपालिका वडा नं १३ गणेशपुर घर भएकी ५३ वर्षिय सुगाबती चौधरीको घरमा श्रीमान सहित एक छोरा, एक बुहारी,   नातिनातिनाहरु लगायत जनाको परिवार रहेको

उहाले वटा छोरीको बिहे पनि गरिसक्नुभयो श्रीमान नेपाल टेलिकमको रिटायर कर्मचारी भएका कारण श्रीमान श्रीमतीले यसरी बस्नु भन्दा बरु केही गर्नुपर्ने योजना बनाउनु भयो

त्यो समयमा ओरेकले तरकारी खेती, झोलमोल बनाउने तालिमहरु संचालन हुने खबर आयो नमुना गाउँ गणेशपुरकी सदस्य सरस्वती कृषक समुहको सदस्य समेत रहेको कारण तरकारी खेतीको तालिम लिने अवसर पाउनु भयो

यो तालिमसँगै उहाँले विभिन्न विषयमा तालिम, अभिमुखिकरण गोष्ठीहरुमा सहभागी हुन पाउनुभयो

यसरी तालिमहरु लिएर मेरो कुरा गर्ने शैली बोल्ने क्षमतामा परिवर्तन भयो गाउँको प्रायजसो समाजिक कार्यहरुमा मेरो अगुवाई पनि हुन थाल्यो ।"

सँगै आफुले लिएको तरकारी खेतीको तालिमबाट व्यवसायिक रुपमा खेती गर्ने योजना बनाउनु भयो गाउँभन्दा दक्षिण कठ्ठा जग्गा त्याहाँ श्रीमानश्रीमती व्यवसायिक तरकारी खेती सुरुवात गर्नु भयो तालिम लिएको कारण विशादीरहित तरकारी खेतीलाई प्राथमिकता दिई वर्ष अगाडि मासिक १० हजार आम्दानी हुन थालेको थियो

अहिले मासिक १५ हजार भन्दा बढी आम्दानी भइरहेको त्यति मात्र हैन ओरेक अरु संस्थाहरुको कार्यक्रमहरुमा जादाँ सबैले चिनेको कारण वडा सदस्यको लागि सजिलै टिकट पाएर जितेर काम पनि गरिरहेकोे मुसुक्क हास्दै भन्नु भयो

अहिले उहाँ राजनितिसँगै आफ्नो तरकारी खेतीलाई प्राविधिक रुपमा अझै राम्रो बनाउने बेमौसमी खेतीलाई राम्रो गर्नको लागि दिनरात खटि राख्नु भएको सँगै महिला हिंसा विरुद्धको अभियानमा लाग्नुभएको

महिलाले गर्ने  श्रमको  सम्मान र मान्येता  हुने वातावरण सिर्जना गरौं। लैंगिक समानता  र  महिलाको  उधम्सिलता  विकाशका लागि राष्ट्रिय  लैंगिक समानता नीतिलाई स्थानीय  देखि  राष्ट्रिय तहसम्म  प्रभावकारी  रुपमा कार्यान्वयन गरौं।

#WeStanGenderEquality

 #WomenInLeadership 

#GenerationEquality