Stories

महिला उद्यमशीलता सहजीकरण : कुश्मि मण्डल

03 Jun 2021

“म ३५ वर्षीय कुश्मि मण्डल हुँ म जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ बसैयामा बसोबास गर्छु । मेरो परिवारमा म, मेरो श्रीमान्, २ बच्चाहरु सहित ४ जना छौं । मेरो परिवारमा पहिले दुख थियो, परिवार धान्न गाह्रो भएको अवस्था नै थियो, महिला भएकै कारण तराई क्षेत्रमा हुने भेदभावलाई मैले पनि आफ्नो जीवनमा भोगेको छु । 

तराईको महिलाहरुले भोग्नुपरेको पिडाबाट गुज्रीदै म ओरेक संग आज भन्दा १२ वर्ष अगाडि समन्वय गर्न पुगेको हुँ । ओरेकबाट प्राप्त मनोविमर्श सेवाले मैले आफ्नो जीवन अगाडी बढाउन कानुनी सहायता लिन पनि सहयोग प्राप्त गरेको छु । 

महिला पुनस्र्थापना केन्द्र ओरेकबाट मनोविमर्श तथा दिगो जिविकोपार्जनका लागी पसल संचालन गर्ने योजना बनाईहदा मलाई ओरेकबाट पसल संचालन गर्न कठघेरा सहयोग भयो । सो पश्चात मेले आफ्नो परिवारको जीविका चलाउनका लागी पसल संचालन गर्दै आईरहेको छु ।

अहिले म परिवार संग खुसी छु । पसलबाट मासिक १२००० ९वाह्र हजार० आम्दानी हुन्छ, श्रीमानले पनि हाल काम गर्नू हुन्छ, हामी सवै खुसी छौँ ।

महिलाले गर्ने  श्रमको  सम्मान र मान्येता  हुने वातावरण सिर्जना गरौं।  लैंगिक समानता  र महिलाको उधम्सिलता  विकाशका लागि राष्ट्रिय  लैंगिक  समानता नीतिलाई स्थानीय  देखि राष्ट्रिय तहसम्म प्रभावकारी  रुपमा  कार्यान्वयन गरौं।