नेपालमा १० जना हिंसा प्रभावित मध्ये ७ जना महिलाले आफ्नै घरपरिवार भित्रका सम्बन्ध भएका व्यक्तिबाट घरेलु हिंसा भोगेका छन् । उनीहरु शारीरिक, मानसिक, यौनिक तथा आर्थिक लगायतका हिंसामा परेका छन् । नेपालको कानुनले लैंगिक हिंसा तथा घरेलु हिंसालाई अपराध मानेर हिंसा गर्नेलाई सजाय तथा प्रभावितलाई सहयोगको कानुनी व्यवस्था गरेको छ ।
हिंसा नसहौं ।
यसको प्रतिकार गरौं ।
सहयोगका लागि निशुल्क हटलाइनहरु ओरेकः १६६००१७८९१०
महिला आयोगः ११४५
नेपाल प्रहरीः १००