Stories

महिला उद्यमशीलता सहजीकरण: हविला खातुन

04 Jun 2021

धनुषाधामकी हविला खातुनको श्रीमानको मृत्यु १० वर्ष अगाडी भएको थियो। उनको परिवारमा १ छोरा र २ छोरीहरु गरी ४ जना छन् तर उनी कान्छि छोरीसँग बस्छिन् । एकल महिला भएर बाच्न एकदमै असहज त छदै छ त्यसमा पनि पारिवारिक अवस्था एकदमै कमजोर भएको कारण उनी अरुको नै भरमा बाची रहेकी थिईन  ।

उनलाई उनको छोरी र बहिनिहरुले एकदमै धेरै सहयोग गर्थॆ। जव नेपालमा बन्दाबन्दिको समय सुरु भयो उनी लगायत उनलाई सहयोग गर्नेहरुलाई पनि खान बस्नको एकदमै गाह्रो अवस्था भएको थियो ।

त्यस्तो अवस्थामा उनी विभिन्न स्थानिय निकाएहरुमा राहत सहयोगको लागि गएकी थिईन तर उनलाई त्यहाँको नगरपालिकाहरुले पनि सहयोग गरेनन्। घर परिवारमा पनि आफ्ना दाई भाइहरुले सम्पतिको हक दावि गर्दा पनि केहि सहयोग नगर्दा उनलाई मानसिक र आर्थिक अभावले एकदमै पिरोलेको थियो ।

यसरी मानसिक तनाव दिनप्रतिदिन बढ्दै जादा  धनुषा धामकै मनोपरामर्शकर्तासँग उनी सम्पर्कमा आईन । त्यसपछि मनोपरामर्श कर्ताले दिन दिनै मनोपरामर्श सेवा प्रदान गरी उनको  मानसिक अवस्थामा केहि सुधान आयो ।

उनलाई विउपुजि सहयोग स्वरुप जिविकोपार्जनको लागि ओरेक धनुषाले १३ हजार ५  दिए पछि मनोपरामर्शकर्ताको सल्लाह सुझाब अनुसार फलफुल व्यपारमा लगानी गर्ने निधो गरिन। त्येसपछि महिनाको १ हजार रुपैयामा ठेलागाडा भाडामा लिएर आफ्नो व्यवसायलाई अगाडी बढाइन् ।

८ हजारबाट सुरु गरेको फलफुल व्यवसायले उनको जीवनमा परिवर्तन आई अझ केहि गर्नु पर्छ भन्ने हौसला उनीमा आउन थाल्यो र । ६/७ महिनाको  अवधिमा मात्र उनले ३६ हजार नाफा कमान सफल भइन।

अझै व्यवसायलाई केहि फराकिलो बनाउनको लागि आफ्नै ठेलागाडा किनी  फलफुल बाहेक दैनिक उपभोग्य सामाग्रिहरुहरु थपि आफ्नो व्यवसाई विस्तार गरेकी छन्।  उनले आजभोलि दिनहुँ १ हजार २ सय पचाँस रुपैया नाफा गरी त्यसलाई सहकारी सस्थामा जम्मा गर्ने गरेकि छन ।

ओरेकले गर्दा आफ्नो जीवनमा धेरैनै परिवर्तन आएकोमा उनी मख्ख छिन र ओरक नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छिन ।

"महिलाले गर्ने  श्रमको  सम्मान र मान्येता  हुने वातावरण सिर्जना गरौं।  लैंगिक समानता र  महिलाको  उधम्सिलता  विकाशका लागि राष्ट्रिय  लैंगिक  समानता नीतिलाई स्थानीय देखि  राष्ट्रिय तहसम्म  प्रभावकारी  रुपमा  कार्यान्वयन गरौं।"