Videos

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चितताका लागि हामी सबैले हातेमालो गरौं!!

04 Jun 2021

अझै पनि नेपालको अधिकांश परिवारमा महिनावारीको समयमा कुनै न कुनै प्रकारको विभेद हुने गरेको छ।   त्यसैले, महिलाहरुलाई आजिवन आफ्नो शरिरीक प्रकृयालाई अपवित्र, लाज र घिन ठानी संकुचित भएर बाच्न बाध्य पारिएको छ। 

महिनावारी एक प्राकृतिक प्रकृया हो। यस समयमा किशोरीहरुलाई अवहेलना र तिरस्कार होइन। पोषय युक्त खाने कुरा, माया, हेरचाह र सम्मान गरौं। 
 

महिनावारीको समयमा महिलाले सम्मानित र सुरक्षित जिवन यापन गर्न पाउनु महिलाको मानव अधिकार हो। उक्त अधिकारको सुनिश्चितताका लागि नेपालको मुलुकि देवानी संहिताले महिनावारीको समयमा हुने हरेक प्रकारको विभेदलाई अपराध मानेको छ। यस प्रकारको विभेद भएमा ३ महिना जेल, ३००० जरिवाना या दुवै हुने व्यवश्था पनि छ। 

महामारीमा महिनावारी रोकिदैन। त्यसैले महामारीमा मर्यादित र व्यवश्थित महिनावारी मेरो अधिकार हो। 
 

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार मानव अधिकार हो। महामारीको कारणले कुनै पनि महिलाले यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबाट बञ्चित हुन नपरोस्। यस समयमा  यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरुको समयमै पहुँच सुनिश्चित गरियोस्।  

त्यस्तै, सरकारले महिला, किशोरी, फरक यौनिक तथा लैङ्गिक पहिचान भएका व्यक्तिहरु, अपाङ्गता भएका महिला, दलित तथा जनजाती महिलाका साथै सम्पुर्ण पछाडी पारिएका समुदायका महिलाहरुको यौन तथा प्रजनन् स्वास्थ्य संबन्धी फरक आवश्यकताहरुलाई संवोधन गर्न जरुरी छ।  
 

साथै युवाहरुलाई  यौनिकता शिक्षा र युवामैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुँच हुनुपर्दछ ।
यौन तथा प्रजनन् स्वास्थ्य अधिकार स्थापित गर्नका लागि महिलाको शरिर माथी महिला कै अधिकार स्थापित हुन जरुरी छ।

त्यसैले, आउनुहोस् यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चितताका लागि हामी सबैले हातेमालो गरौं।