मेरो नाम रितिस्मा राउत हो। मेरो घर उदयपुर जिल्ला रौतामाई गाउँपालिका वडा नं. ७ मा पर्दछ। म १२ बर्षकी भएँ र म कक्षा ६ मा पढ्छु। मैले गत बर्ष रौता सामुदाय हित केन्द्रले किशोरीहरुलाई महिनावारी स्वच्छता संबन्धी दिएको अभिमुखीकरणमा भाग लिएकी थिँए। जसमा मैले महिनावारी हुँदा पोसिलो खाना खानु पर्ने र महिनावारीको समयमा घरमा नै सुरक्षित बस्नुपर्ने कुराहरु सिकेँ।
त्यसपछी मैले मेरो घर परिवारलाई पनि महिनावारी सम्बन्धित यही कुराहरु सिकाएँ। मेरो गाउँमा महिनावारी भएको समयमा अर्काको घरमा गएर बस्ने प्रचलन् छ तर मेरो बाबा ममीलाई महिनावारीको समयमा छुवाछुत गर्नु हुँदैन र घरमा नै बस्नु पर्छ भनी सम्झाई बुझाई गरेँ।। साथसाथै, आफ्ना साथीहरुलाई पनि मैले सिकेका कुराहरु बुझाएँ र उनीहरुले आफ्नो आमाबाबालाई सम्झाई महिनावारी हुँदा आफ्नै घरमा बस्न थाले।
#MHDAY2021 #ItsTimeForAction #WeStanGenderEquality