Videos

महामारीमा महिनावारी रोकिदैन!!!

04 Jun 2021

महिनावारी वा रजस्वला किशोरी तथा महिलाहरुको शरीरमा प्रजनन् स्वास्थ्यसंग सम्वन्धित नियमित, आधारभूत एवम् प्राकृतिक प्रकृया हो, तर समाजमा यसलाई अपवित्र तथा अछुतरुपमा लिने गरिएको यसका अतिरिक्त उपयुक्त शौचालय स्वच्छतासम्बन्धी सुविधाहरूको अभावको अवस्थामा किशोरी तथा महिलाहरुले महिनावारी स्वच्छ ढङ्गले, सम्मानपूर्वकका साथ व्यवस्थापन गर्न उल्लेखनीय चुनौतीहरूको सामना गर्नु परिरहेका छन्

महामारीमा महिनावारी रोकिदैन। त्यसैले महामारीलाई सुरक्षित, मर्यादित रुपमा व्यवस्थित गरी यौन तथा प्रजनन् स्वास्थ्य अधिकार स्थापित गर्नका लागि महिलाको शरिर माथी महिला कै अधिकार स्थापित हुन जरुरी छ। त्यसैले, आउनुहोस् यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चितताका लागि हामी सबैले हातेमालो गरौं।

#MHDAY2021 #ItsTimeForAction #WeStanGenderEquality