विश्वमा महिला मानव अधिकार विशेष गरेर यौन तथा प्रजनन स्वास्थ्य अधिकारको अवस्था जस्तो हुनु पर्ने त्यस्तो छैन । महिला र किशोरीको न्यायको लागि र यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित गर्न संसार भरकै अधिकारर्मीहरुले आफ्नो आवाज बलियो बनाउन मे २८ लाई अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको रुपमा मनाउदै आईरहेका छन् । सन् १९८७, मे २८ मा यो दिवसको सुरुवात संगै, महिलाको स्वास्थ्य संग सरोकार राख्ने संस्थाहरुले वार्षिक अभियानको रुपमा यो दिवस मनाउँदै आईरहेका छन् । यो वर्ष पनि “महामारी विभेदको अन्त्य गरौं, यौन तथा प्रजनन स्वास्थ्य सुनिश्ति गरौं ” भन्ने नाराको साथ यो दिवस संसारभर मनाउन लागिएको छ ।
ओरेकले विगत ३० वर्ष देखि महिलाको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न स्वः हेरचाह, मेरो शरीर मेरो अधिकार तथा महिलाको स्वास्थ्य समस्याको पहिचान र सम्बोधनका लागि सरोकारवालाहरुसंग नीतिगत पैरवी तथा छलफलका कार्यक्रमहरु गर्दै आईरहेको छ । यो वर्ष पनि मे २८ को दिन कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै “कोभिड महामारीमा महिला स्वास्थ्य र स्वहेरचाह” विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । यो अन्र्तक्रियाको मुख्य उदेश्य सरोकारवालाहरु संग यौन तथा प्रजनन स्वास्थ्य र हाल नेपाल सरकारले ल्याएको नितिहरुमा छलफलको साथै, महामारीले पारेको मानसिक स्वास्थ्यमा असर र स्वहेरचाहको बारे जानकारी गर्ने रहेको छ ।
प्रजनन स्वास्थ्य निरपेक्ष विषय नभई जीवनका धेरै विषयसँग जोडिएको बहुआयामिक तथा नैसर्गिक अधिकारको विषय भएको हुनाले कुनै पनि संकट वा संक्रमणको कारण प्रजनन स्वास्थ्य सेवाबाट बञ्चित हुनुहुन्न भन्ने मान्यता नै यसको बलियो पक्ष हो । त्यसैले सरकारले यसलाई प्राथमिकता दिन सकेन भन्ने यसबाट हुने क्षति अपूरणीय हुनेछ । अहिले नेपाल सरकारले कोरोना भाइरस रोग (कोभिड १९), विश्व महामारीको समयमा प्रजनन, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाको लागि अन्तरिम मार्गनिर्देशन २०७७ जारी गरेको छ । जसमा प्रमुख रूपमा प्रजनन स्वास्थ्य सेवाको व्यवस्थापन गर्नुपर्ने कुरा उल्लेख गरेको छ । नेपालमा महामारीको रूपमा फैलिरहेको कोराना संक्रमण (कोभिड १९) का कारण मातृमत्यु दर बढेको कुरा विभिन्न समाचारमा पढ्न पाईन्छ ।
दिनदिनै कोभिडको सक्रमण बढ्दै गईरहेको छ । दिनहु मानिसहरुको मृत्यु भईरको छ । कोभिडको महामारीले धेरैको ज्यान लगिसकेको र हामी सबै त्रास र डरमा छौं । ओरेकको तथ्यांक अनुसार गएको ३ महिनामा (जनवरी देखि मार्च) ३०१ महिलाहरुले कुनै न कुनै किसिमको मानसिक रुपमा प्रभावित भई परामर्श लिएका थिए । यस्तो समस्या भएका महिलाहरु अझै धेरै हुनसक्छन् जो सजिलै खुलेर आउन सकिरहेका छैनन् । यी नै सवालहरुलाईलाई ध्यानमा राखि ओरेकले यो अन्र्तक्रिया कार्यक्रम गर्न लागेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य
१. नेपाल सरकार को प्रजनन स्वास्थ्य नीतिमा रहेका प्राबधान बारे स्थानीय तह मा रहेका स्वास्थ्य सरोकारवाला निकायहरु लाइ जानकार गराई उपर्युत्त स्वास्थ्य सेवा प्रवाह गर्न का लागि उत्प्रेरित गर्ने ।
२. कोरोनामहामारीको समयमा महिलाको मानसिक स्वास्थ्य र स्वहेरचाह को महत्व बुझाउनु का साथै स्वोहेरचाह का केहि टुलहरु प्रदान गर्ने ।
३. स्वास्थ्य सेवा प्रदायकहरु बीच राम्रो अभ्यास ÷ सुझाब आदान प्रदान गर्ने वातावरण सिर्जना गर्ने ।
कार्यक्रमको प्रक्रिया
१. हाल नेपाल सरकारले प्रजनन स्वास्थ्य सुनिश्चित गर्न ल्याएको निति बारे छोटो प्रस्तुती गर्ने ।
२. कोभिड महामारीले मानसिक स्वास्थ्यमा पारेको असर र स्वहेरचाह कसरी राख्ने भन्ने बारे छोटो प्रस्तुती गर्ने ।
३. सहभागिहरुद्वारा आफ्नो अनुभव, विचार आदान प्रदान गर्ने ।
४. कार्यक्रम जुमबाट सन्चालन गरिनेछ ।
अपेक्षित उपलव्धिः
१. यस कार्यक्रम मार्फत अहिलेको प्रजनन् स्वास्थ्य र मानसिक स्वास्थ्य अवस्थामा छलफल भई सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण हुनेछ ।
२. सरोकारवाला निकायहरु संवेदनशील भई प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्य सेवामा सुदृढिकरण भई समुदायमा स्वास्थ्य सेवा निरन्तर र सहज हुनेछ ।
३. संस्थागत समन्वय तथा सहकार्य बलियो भएको हुनेछ ।