पृष्ठभूमि
महिला तथा किशोरीहरुले स्वस्थ, सम्मानीत र बिभेदरहित जिबन यापन गर्न पाउनु उनीहरुको मानवअधिकार हो । बिभिन्न अन्तराष्ट्रिय सन्धि संझौता र नेपालको संविधानमा समेत कसैलाइ कुनैपनी आधारमा बिभेद गर्न नपाइने उल्लेख गरिएको छ । नेपालको संविधान धारा ३८ मा महिलाको अधिकारलाइ बिशेष रुपमा उल्लेख गर्दै यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाइ मौलिक अधिकारको रुपमा सुनिश्चीत गरीएको छ । तर पनी हाम्रोजस्तो पित्तृसत्तात्मक समाजमा महिला तथा किशोरीको आफ्नो सिरर माथि आफ्नो अधिकार नहुँदा साररीक, मानसीक र सामाजिक रुपमा स्वस्थ र सम्मानीत जिवन यापन गर्न पाउने अधिकारबाट बञ्चित भएको उनीहरुको भोगाइ, बिभिन्न खोज र अनुसन्धानले पुष्टि गर्दछ ।
ओरेक महिला मानवअधिकार र सामाजिक न्याय सुनीश्चितताको लागि अभियानमुखी संस्थाको रुपमा स्थापित छ । महिलाको आफ्नो सरिर माथिको अधिकार र यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्राप्तिका लागि बिगत लामो समयदेखि संस्थाले पैरवि र सचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेको छ । यसै सन्दर्भमा महिनावारी स्वच्छता प्रबर्धनको महत्वलाइ उजागर गर्ने उद्धेश्य सहित सन् २०१४ बाट हरेक वर्ष मे २८ लाइ महिनावारी स्वच्छता दिवसको रुपमा अन्तराष्ट्रिय स्तरमा मनाउदै आइरहेको अबस्थामा ओरेकले पनि युवा तथा किशोरीहरुको सहभागितामा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु पनी गर्दै आइरहेको सर्बबिबिदै छ ।
औचित्य
महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यलाइ लाज र अपमानको रुपमा बुझ्ने कु प्रचलन हाम्रो समाजमा अझै छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार नेपालमा १५ देखि ४४ वर्ष उमेर समुहका महिला तथा किशोरीहरुको प्रमुख स्वास्थ्य समस्या यौन तथा प्रजनन् स्वास्थ्य हो । महिनावारी बिभेद÷छुवाछुत जस्ता हानीकारक प्रथा परम्पराजन्य अभ्यासलाइ कानुनले नै दण्डणिय बनाइसकेको अबस्थामा पनि हाम्रो समुदायमा महिनावारी सम्बन्धि गलत धारणा र त्यसबाट सीर्जित बिभेदकारी अभ्यास ब्याप्त छन । ्
जसले गर्दा महिला तथा किशोरीहरुको आत्म बिश्वास घट्ने, बिभिन्न अबसरबाट बन्चित हुने, सार्बजनीक स्थलहरुमा पहुँच नहुने, अमानवीय ब्यवहार भोग्नुपर्ने, सुरक्षित प्याडको प्रयोग र सरसफाइ बाट बन्चित हुने अबस्था छ । पर्याप्त सुचनाको अभाब र स्वास्थ्य लाई प्राथमिकता दिन नपाउँदा बिभिन्न यौन तथा प्रजनन स्वास्थ्य समस्या भोग्नुपरेको छ भने यस बारेमा खुलेर कुरा गर्नु हुदैन भनि लाजको बिषय बनाइएको छ । जसका कारण महिला तथा किशोरीहरु झन बिभेद र हिंसाको सिकार भएको छन । त्यसैले महिला तथा किशोरीहरुको सम्मानित जिवन यापनका लागि स्वास्थ्य अधिकार सम्बन्धि अझ धेरै सचेतनामुलक कार्यक्रमहरु र पैरवि गर्न आबस्यक देखिएको छ ।
निष्कर्श
यसै सन्र्दभमा ओरेकले अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस, मे २८ को अबसर पारेर मे ३० मा युवा तथा किशोरीहरुको सहभागितामा महिला स्वास्थ्य सँग सम्बन्धित कविता बाचन कार्यक्रम आयोजना गरेको छ । हालको अबस्थालाइ मध्यनजर गर्दै भर्चुअल माध्यमबाट बिभिन्न जिल्लाका किशोरी अधिकार मञ्च र किशोरकिशोरी समुहका सदस्यहरु, युवा संजाल, साहित्यकार, अधिकारकर्मी, स्थानीय जनप्रतिनीधिहरुको उस्थितिमा कबिता बाचन कार्यक्रम सचेतना फैलाउने र महिला तथा किशोरीको स्वास्थ्य अधिकारलाइ प्रबर्दन गर्ने उद्धेश्य सहित आयोजना गरिएको हो ।
कार्यक्रमको उद्धेश्य
कार्यक्रम गर्ने माध्यम (भर्चुअल): जुम एप
कार्यक्रम हुने स्थान र मिति : ३० मे २०२१
समय: ३ घण्टा (दिउसो १ बजे देखी ३ बजेसम्म)