Our Events

बालबिबाहको सवाल सोम्बोधनका लागि समन्वयात्मक छलफल कार्यक्रम

29 Jun 2021

            
ओरेक नेपाल र केएर नेपालको साझेदारीमा र  रुपन्देही र कपिलबस्तु जिल्ला किशोरी अधिकार मञ्चको नेतृत्वमा पैरवी गर्ने गर्दछ । जसको सवाल उसैको नेतृत्व हुनुपर्छ भनि जिल्ला स्तरको किशोरी अधिकार मञ्च ले आफ्नो समुदायमा हुने बिभिन्न हानीकारक अभ्यास तथा किशोरीको सवालहरु पहिचान गरी समस्या समाधानका लागि अभियानहरु सञ्चालन गर्ने गर्दछ ।  रुपन्देही र कपिलबस्तु जिल्लाको दक्षिण क्षेत्र भारत सँग जोडिएर रहेका क्षेत्रहरुमा बिशेषगरी मधेशी दलित समुदायको बसोबास रहेको छ जहाँ एकदमै धेरै सामाजिक हानिकारक अभ्यासहरु हुने गर्दछ जसले गर्दा सबै भन्दा बढि जोखिममा किशोरी र महिला पर्ने गरेका छन् । त्यस समुदायमा किशोरीहरुलाइृ महत्व नदिनु, छिटो बिवाह गरीदिने, शिक्षामा लगानी नगर्ने , किशोरीको यौनिकता, गतिशिलता माथि नियन्त्रण आदि जस्ता सामाजिक मुल्य मान्यता मान्दै आएको कारण किशोरीहरु बिभिन्न अवसर बाट बञ्चित हुने गरेका छन् । 


त्यसैले जसको सवाल उसैको अगुवाइमा किशोरी अधिकार मञ्च मार्फत उनीहरुको क्षमता अभिबृद्धि गर्दै बिभिन्न अभियानहरु सञ्चालन गरी न्युनिकरण गर्ने, सचेतना फैलाउने काम गरीदै आइरहेको छ ।
हाल कोभिड १९ को महामारी फैलिरहेको अवस्थामा यस क्षेत्रमा निषेधज्ञा जारी गरेको कारण कुनै पनि कार्यक्रम भौतिक रुपमा गर्न नसकिने अवस्था रहेको कारण अभियन्ताहरु सँग परिचयात्मक तथा समन्वय बैठक गर्ने भनि योजना बनाइएको हो । जस अन्तर्गत समुदाय स्तरको , जिल्ला स्तरको, प्रदेश स्तरको र राष्ट्रिय स्तरको अभियन्ताहरुको सहभागिता गर्ने भनि योजना बनाइएको हो । 

 कार्यक्रमको उद्धेश्य 

  •     बाल बिवाह न्युनिकरणका लागि सम्बन्धित् स्थानिय स्तर देखि राष्ट्रिय स्तरको अभियन्ताहरु सँग परिचय, सम्पर्क र समन्वय  गर्ने । 
  • अभियन्ताहरुलाई अब मेरो पालो परियोजनाको बारेमा जानकारी दिई  किशोरी अधिकार मञ्च सँग लिंक गराउने ।  

 आशातित उपलव्धिहरु 

  • बाल बिवाह न्युनिकरणका लागि सम्बन्धित् स्थानिय स्तर देखि राष्ट्रिय स्तरको अभियन्ताहरु,  ओरेक, किशोरी अधिकार मञ्च बिच परिचय, सम्पर्क र समन्वय हुनेछ । 

कार्यक्रम गर्ने माध्यम :भर्चुअल –जुम एप
कार्यक्रम हुने स्थान र मिति : भर्चुअल , ३० जुन २०२१

सहभागिता 

  •     किशोरी अधिकार मञ्च
  •  राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा काम गर्ने सञ्जाल तथा संस्थाहरु
  • पालिका तथा नगरपालिका का उपाध्यक्ष तथा उप प्रमुख, वडा अध्यक्षहरु
  • धर्मिक गुरुहरुको सञ्जान
  • लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरीक समाज महाशाखा
  • जिल्ला स्तरीय महिला सेल
  • बाल बिवाह तथा किशोरी , महिला सशक्तिकरणमा काम गर्ने संस्थाहरु र सञ्जालहरु
  •  राष्ट्रिय किशोरी सञ्जाल

    मिडिया
    ओरेक र केएर को कर्मचारीहरु