अन्तराष्ट्यि युवा दिबस २०२१
“खाद्यान्न प्रणालिको रुपान्तरणः मावन र पृथ्वीको स्वास्थ्यको लागि युवा नविनता ”
“Transforming Food Systems: Youth Innovation for Human and Planetary Health”
अबधारणा पत्र – ओरेक
पृष्ठभुमि
युुवाहरु परिबर्तनका संवाहक हुन । नेपालमा कुल जनसंख्याको ४०.३ प्रतिशत हिस्सा युवा वर्गले ओगटेको छ । युवाहरुको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक र कानुनी मुदाहरुलाइ सम्बन्धित निकाय समक्ष ध्यानकर्षण गर्दै उनीहरुको मुद्धामा बिश्वब्यापी कार्य गर्न हरेक बर्ष अगस्ट १२ मा अन्तराष्ट्रिय युवा दिवस संसारभरी मनाउने गरिन्छ । मानव अधिकारको संरक्षण र सम्र्बद्धन, दिगो बिकासको लागि युवा महिला तथा पुरुषको भुमिका र युवाहरुले भोग्नुपरेको चुनौतिबारे सचेतना जगाउन यो दिवसलाइ महत्वका साथ यो वर्ष पनि नेपाल लगायत बिश्वभरि नै “Transforming Food Systems: Youth Innovation for Human and Planetary Health”, “खाद्यान्न प्रणालिको रुपान्तरणः मावन र पृथ्वीको स्वास्थ्यको लागि युवा नविनता” भन्ने मुख्य नारा सहित मनाइदै छ ।
महिला पुर्नस्थापना केन्द्र (ओरेक) ३० बर्ष अगाडि मानब अधिकार र सामाजिक न्याय सुनिश्चितताको लागि युवाहरुद्धार स्थापना गरिएको महिलावादि संस्था हो । ओरेकले असमान शक्ति सम्बन्धको स्पान्तरणको लागि “युवा सँगसँगै” अबधारणा अन्तरगत युवा सशक्तिकरणको लागि वातावरण निर्माण र सहजिकरण गर्दै बिभिन्न अभियानहरु : महिला हिंसा बिरुद्धको अभियान, आर्थिक, सामाजिक, सास्कृतिक अभियान र मानव अधिकार र न्यायको अभियान देशभरीनै संचालन गर्दैे आइरहेको छ ।
औचित्य
नेपाल सरकारको राष्ट्रिय युवा निति २०७२ ले युवा भन्नाले १६ देखि ४० बर्ष उमेर समुहका सबै लिंग, जात, जाति, बर्ग, धर्म, क्षेत्रका ब्यक्तिलाइ उल्लेख गरेको छ। यस निति अन्तरगत शिक्षा, रोजगारी, स्वास्थ्य, सुरक्षा, शशक्तिकरण र नेतृत्व, सहभागिता लगायतका बिषयहरुमा रणनिति र कार्यबिधि नै बनेको छ । जसमा लैंगिक समानता, समान कामको समान ज्याला, मर्यादित काम, कृषि, पर्यटन लगायतका क्षेत्रमा रोजगारी बृदि आदि जस्ता बिषयहरुमा युवाहरुको नेतृत्व र सहभागिता सुनिश्चि गरिएको छ । त्यसैगरि पन्ध्रौ राष्ट्यि योजनाको युवा शीर्षक अन्तरगत स्वस्थ, सकारात्मक सोचयुक्त, उद्यमशील, सिर्जनशील, अधिकार प्रति सचेत र कर्तव्य प्रति प्रतिबद्ध युवा शक्तिको विकास र परिचालन गर्ने लक्ष निर्धारण गरेको छ ।
तर पनी लैंगिक असमानता, गुणस्तरीय र रोजगारी उन्मुख शिक्षाको अभाव, व्यावसायिक सीप र प्रबिधिमा पहँच नहुनु, बेरोजगारी, कमजोर स्वास्थ्य, युवा मैत्री लगानी र उद्यमशीलताको वातावरण को कमी, जाति, वर्ग क्षेत्रको आधारमा असमानतु, युवाहरुको बिचारको सम्मान नहुने, नेतृत्व नस्विकार्ने जस्ता बिभिद सवालहरुबाट युवाहरु गुज्रीनुपरेको अबस्था बिद्यमान छ । लैंगिक हिंसा, महिला तथा किशोरी युवाहरुको स्वः निर्णय र गतिशीलतामा नियन्त्रण र उनीहरुको श्रमको मुल्याकंन नहुँदा युवाभित्रको आधाभन्दा बढि जनसंख्या नेतृत्व र बिकासको मुलधारमा आउन कठिन छ ।
राष्ट्रिय जनसांखिक तथा स्वास्थ्य सर्बेक्षण २०१६ अनुसार नेपालमा २२ प्रतिसत युवा महिला तथा किशोरीहरुले १५ बर्षको उमेरदेखी शाररीक हिंसाको अनुभब गरेका छनष्ख । त्यसैगरि ओरेकको बर्ष पुस्तक अन्बेषी २०२० अनुसार महिला माथि हुने हिंसाका घटनाहरु मध्ये सबैभन्दा धेरेै १७ देखि २५ वर्ष उमेर समुहका महिला तथा किशोरीहरुले (३३ प्रतिसत) हिंसाको अनुभब गरेका छन ।ख युवा अवस्थामा व्यक्तित्व विकास गर्ने, उच्च शिक्षा हासिल गर्ने र सिर्जनशील काममा संलग्न हुने उमेरमा हिंसा सहन बाध्य छन ।
झन अहिलेको कोरोना भाईरसको माहामारीको अबस्थमा यस्ता सवालहरु बढ्दै गइरको र सबैभन्दा धेरै युवाहरु नै मारमा परेको देखिन्छ । । युवाहरुको रोजगारी गुम्ने, स्वास्थ्य सेवा र खोपको अभाव, शिक्षाबाट बन्चित जस्ता थप समस्याहरुबाट गुज्रीनुपरेको छ । अहिलेको जटिल परिस्थितिमा पनी युवाहरु फ्रन्टलाइनर भएर राहत बितरण, आपतकालिन सहयोग जस्ता कार्यहरु स्वयंसेवी रुपमा संचालन गरिरहेका छन । तर स्थानीय देखी राष्ट्रिय स्तरसम्मको माहामारी तथा बिपत ब्यबस्थापनमा उनीहरुको नेतृत्व प्राय न्युन छ ।
त्यसैगरि बिश्व उष्णीकरणको (Global Warming) बिश्वव्यापि प्रभावले पारेको असर सम्बोधनका लागि कार्य र आउँदो पुस्तालाइ स्वच्छ पृथ्वी हस्तानतरण गर्नका लागि युवाहरुको बिषेष भुमिका रहेपनी नीति नीर्माण तथा नेतृत्वदायी भुमिकामा समावेश नगरिएकोले दिगो बिकाश लक्ष २०३० प्राप्तीमा पनि ठुलो चुनौति देखीन्छ ।
निष्कर्ष
यसै सन्र्दभमा अन्तराष्ट्रिय युवा दिवसको अबसरमा ओरकले आफ्नो कार्यक्षेत्रहरुमा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु मार्फत बिद्यमान युवा केन्द्रित निति तथा कार्यक्रमहरुको उचित कार्यान्यन, युवाहरुको नेतृत्वबिकास र नेतृत्व हस्तान्तरण र लैंगिक समानता सहितको सामाजिक आर्थिक रुपमा सशक्त युवाको लागि सचेतना र पैरवि गर्ने योजना बनाएको छ । साथै स्वच्छ वाताबरण नीमार्ण र दिगो बिकास लक्ष प्राप्तिको लागि युवाको भुमिकालाइ प्राथमीकतामा राख्नको लागि पनी ओरेकको अभियान निरन्तर छ ।
महिला पुर्नस्थापना केन्द्र (ओरेक)