लामो समय देखी महिला अधिकार र शसक्तिकरण तथा महिलाबादी अबधारणाको पैरबी गर्दै महिला हिंसा बिरुद्धको अभियानमा सकृय ओरेकको अध्यक्ष श्री रामवती चौधरी ज्युलाई संविधान दिवसको अवसरमा नेपाल सरकारले जनसेवा श्री पदकबाट बिभुशित गरेकोमा हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गर्दछौ । महिला समानता तथा विभेद बिरुद्धको अभियानमा यहाको योगदानको नेपाल सरकारले गरेको कदरले ओरेकसंग आवद्ध सबैलाइ गर्वान्वित महसुस गराएको छ । आगामी दिनमा पनि अभियानमा यहाको नेतृत्वदायी भुमिकाको अपेक्षा सहित हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
-ओरेक परिवार