Our Events

“अन्वेषी”वर्ष पुस्तकको विमोचन कार्यक्रम

24 Nov 2021

हरेक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्मको १६ दिनलाई महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानका रुपमा विश्वभर मनाउने गरिन्छ । लोकतन्त्र पश्चात् नेपालमा पनि यो अभियानलाई १६ दिन सम्म मनाउने गरिएको छ । महिला माथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यतालाई स्थापित गर्दै सोहि अनुरुप कार्य गर्न देश तथा संयुक्त राष्ट्र संघिय निकायहरुलाई आह्वान गर्ने उद्देश्यले यो अभियान अन्तर्गत १६ दिन सम्म समुदाय देखि सबै तह सम्म विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ । प्रत्येक वर्ष झैँ  यस वर्ष पनि महिला हिंसा अन्त्यका लागि भईराखेका प्रयासहरू प्रति ऐक्यबद्धता जनाउँदै ओरेक नेपालद्वारा समुदायस्तरदेखि राष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रमहरू आयोजना गरिदैछ ।    

ओरेक नेपालले सन् २००८ देखि नै  देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धको वर्ष पुस्तक“अन्वेषी”महिला हिंसा विरुद्धको दिवस २५ नोभेम्बर को दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ । यस वर्ष पनि विगतको वर्षहरुमा जस्तै महिला हिंसा विरुद्धको वर्ष पुस्तक  “अन्वेषीे” राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षज्यूको प्रमुख आतिथ्यमा विमोचन कार्यक्रम आयोजना गरीएको हुँदा अतिथिका रुपमा यहाँको गरिमामय उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछु ।

महिला माथि हुने हिंसाको अवस्था र महिलाको न्यायमा पहुँचको अवस्थालाई विश्लेषण गरी तयार गरिएको यस वर्ष पुस्तकले समग्र रुपमा महिलाको मानवअधिकार हनन्को अवस्था र यसको सम्बोधनका लागि समुदाय स्तरदेखि नीतिगत स्तरसम्म आवश्यक कार्यहरु गर्नका लागि सरोकारवालाहरुलाई दिशा निर्देशन गर्नेछ भन्ने संस्थाले विश्वास लिएको छ ।

 

कार्यक्रमको विवरण

मिति : २०७८ मंसिर ९ बिहीबार  (२५ नोभेम्बर २०२१)

कार्यक्रमको समय : दिउसो २:०० बजे देखि ४ :३० बजे सम्म

स्थान : राष्ट्रिय मानव अधिकार आयोगको हल