सरला सुनुवार, सिन्धुली-
कैलाली टिकापुरकी तेस्रो लिङ्गी महिला जूनु चौधरी सामाजिक अभियन्ताको रूपमा काम गर्छिन् । अहिले उनी कामको सिलसिलामा सिन्धुलीबाट जनकपुर पुगेकी छिन् । करिब एक महिना अघि उनी आफ्नो काम सकेर कोठा फर्कँदै थिइन् । उनलाई बाटोमा हिँडिरहेको बेला चिनजानकै एक जना पुरुषले पछ्याउँदै सार्वजनिक स्थलमै दुव्र्यवहार गरे । यौन आशयले उनको संवेदनशील अंगमा छुने दुष्प्रयास गरे । उनी भन्छिन् —“मैले प्रतिकार गरेर फटाफट आफ्नो कोठातिर लागें ।” उनलार्ई पछ्याउँदै ती युवक पनि उनको कोठा सम्म पुगे । जूनु भन्छिन्, “मैले घरभित्र पसेर हत्तपत्त गेट लगाए ।” ती व्यक्तिले बाहिरबाटै घरको ढोकामा ढुङ्गा मुढा गरे । उनले घरबेटीलाई गुहारिन् । घरबेटीले जुनूलाई एक पटकलाई माफी दिन र अर्को पटक पनि त्यस्तो व्यवहार गरे प्रहरीमा उजुरी गर्नुपर्ने बताए । जुनू भन्छिन्, “यद्यपि म आफै अभियन्ता हुँ तर यस्ता घटनाहरू लिएर प्रहरी प्रशासन सम्म पुग्न गाह्रो हुन्छ ।” यस्ता घटनाले मानसिक रूपमा गहिरो चोट पुग्ने उनको अनुभव छ ।
०००
त्यस्तै ४ बर्ष पहिले असारको महिना थियो, आर्थिक वर्ष सकिनै लागेको थियो । गोलन्जोर गाउँपालिका ४ की बबिता थापा सिन्धुलीको बैङ्कमा पैसा झिक्न पुगेकी थिइन् । मान्छेहरूको भिडभाड थियो । उनी बैङ्कको एकातिर बसेर भौचर भर्दै थिइन् । एक जना चिनेकै मानिससँग उनको बैङ्कमा जम्का भेट भयो । उनले बबितालाई मेरो पनि बाहिर पैसा पठाउनु प¥यो, भौचर भरिदिनु भन्दै नजिकिए ।
बबिताले आफ्नो भौचर भरी सकेपछि सहयोग गर्ने बताइन् र आफ्नो काम सक्न तिर लागिन् । ती व्यतिm उनको पछाडि बसी रहेका थिए । सुरुमा उनले बबिताको कपाल ताने । बबिता भन्छिन् —“मैले प्रतिकार गर्दै उनलाई त्यसो नगर्न अनुरोध गरे र फटाफट काम गर्नतिर लागे ।” एकाएक ती व्यक्तिले पछाडितिरबाट दुवै हात बबिताकोे छातीमा पु¥याए । बबितालाई असह्य भयो र एक चड्कन हानिन् । बैङ्कका मानिसहरू एकाएक उनी भएतिर आए र सोधे – के भयो ? सबैले सोधिखोजी गर्न थाले । बबिताले सिसीटीभी क्यामरामा हेर्न भनी बैङ्कको कर्मचारीहरूलाई भनिन् । तिनले त्यति भन्नासाथ ती व्यक्ति हत्तपत्त बैङ्कबाट बाहिरिए । एक छिन् हल्लाखल्ला भयो । एक चोटिलाई भई हाल्यो भन्दै सबै जना त्यो विवादलाई मिलाउन तिर लागेको बबिताले बताइन् । सुन्दा देख्दा अरूलाई सामान्य लागे पनि यस्ता दुब्र्यवहारको चोटले महिलाहरुलाई सार्वजनिक स्थलमा लज्जित मात्र नभएर मानसिक रूपमा नै असर गर्ने उनको भनाई छ ।
०००
२०७६ सालमा अर्की एक अपाङ्गता भएकी महिला सिन्धुलीबाट काठमाडौँ जाने सुमोमा चढिन् । उनको एउटा खुट्टा नचल्ने भएकोले गाडीमा ओर्लन र उक्लिन उनलाई अरूको मद्दत लिनुपर्दथ्यो । मद्दत गर्ने बहानामा चालकले उनलाई दुव्र्यवहार गरे । बिच बाटोमा गाडी रोकिए पछि यात्रुहरू सबै ओर्लिन्थे । उनलाई भने अगाडी बसेको चालककै सहारा लिएर ओर्लिनुपथ्र्यो । उनलाई ओराल्ने बाहानमा यौन आशयले चालकले ढाड, कम्मर, छाती जहाँ मन लाग्यो त्यही समाउँथे । चालकले बोकेर ओराल्छु भन्दै दुब्र्यवहार गरेको उनले बताइन् । गाडी जहाँ जहाँ रोकिन्थ्यो चालकको त्यस्तो हर्कत रोकिंदैन थियो । प्रतिकार गरेर बिच बाटोमै ओर्लिए झनै अलपत्र हुने डरले उनलाई थप पीडा भएको बताइन् । चालकले उनलाई गरेको दुब्र्यवहार पछाडि बस्ने साथीहरूलाई सुनाउन खोजिन्, बेलाबेलामा पछाडि फर्केर हेरिन् । तर उनको मनोभाव कसैले बुझेनन् । उनी भन्छिन् काठमाडौँ पुगेपछि आफन्तहरु लिन आए । उनले आफन्तसँग दोहोरो संवाद गर्ने र आफूमाथि भएको दुब्र्यवहारको बारेमा भन्ने आँट गरिनन् । यदि भनिहाले बाहिर हिंडडुल गर्न नदिने र घरमै बस्न परिवारबाट दबाब आउने डरले उनले आफूमाथि भएको दुव्र्यवहार आफुभित्रै दबाइन् ।
०००
अर्को घटनामा सिन्धुलीकै अर्की एक महिला २०७६ सालमा नीजि अफिसमा काम गर्थिन् । दैनिक जसो काममा जाँदा एउटै बाटो हिँड्थिन् । कमलामाई नगरपालिकाको बजार क्षेत्र मान्छेको भिडभाड हुने भएकोले साँझ बिहान जति बेला पनि उनी हिँड्न डराउँदैनथिन् । एक दिन उनी अफिसको काम सकेर फोनमा साथीसँग कुरा गर्दै घर फर्कँदै थिइन् । अचानक बाटोमा हिँडिरहेको बेला अपरिचित व्यक्तिले पछाडि बाट उनको दुवै छातीमा बेस्सरी समायो । उनी जोडले चिच्याइन् र बाटोमा पछारिन पुगिन् । हत्तपत्त उठिन्, अघि पछि को थियो या थिएन उनले यादै गर्न सकिनन् । सेतो पहिरन लगाएको कुनै एउटा अपरिचित पुरुष भाग्दै गरेको उनले पछाडिबाट देखिन् । कसले दुब्र्यवहार गरे भन्ने सम्म पत्तो पाइनन् । उनले आफूमाथि भएको दुब्र्यवहारको बारेमा परिवारलाई भन्न सकिनन् । नजिकको साथीभाइलाई सुनाएको बताइन् तर उनको कुरामा चासो कसैले राखेनन् । लामो समय सम्म उनी त्यो घटनाबाट बाहिर निस्कन सकिनन । उनी भन्छिन्—“कयौँ रातहरू निद्रा परेन, भोक लागेन । बेलाबेलामा दिमागले काम नै नगरेको बताइन । त्यो चिने जानेकै मान्छे होला त ? मलाई उसले धेरै दिन देखी त्यही बाटो हिँडेको देखेको त थिएन? कसरी त्यो मानिसलाई चिन्ने ? उनको दिमागमा आउने यस्तो प्रश्नले उनलाई मानसिक रूपमा पीडा दिन्थ्यो ।
०००
अर्की एक किशोरी २०७५ सालमा धनुषाको गोदारमा कृष्ण जन्माष्टमी पर्वको उत्सवमा औपचारिक कार्यक्रम चलाउन लालवन्दीबाट गाडी चढेकी थिइन् । साँझको समय भएकोले गाडीको चहलपहल धेरै नभए पछि उनलाई आफन्तले सामान बोक्ने गाडी रोकेर पठार्ईदिएका थिए । गाडीमा चालक र उनी मात्र थिइन् । आयोजकले उनको सुरक्षाको सबै जिम्मा लिएर कार्यक्रममा बोलाएको उनले बताइन् । बी बाटोमा पुगेपछि चालकले आफू काठमाडौँबाट आएकोले थकाइ मार्ने भन्दै बाटोमा गाडी छेउँ लगाएर रोके । थाकेको हुनाले एक दुई घण्टा गाडीमा नै सुत्ने बहाना बनाउन थाल्यो । तिमीलाई जसरी नि पुराई दिन्छु भन्दै एकाएक उनलाई यौन आशयले उनको गोप्य अङ्गतिर छुन लाग्यो । उनले प्रतिकार गरिन् र गाडी बाट बाहिर निस्किन । पछि उनले आफन्तलाई फोन गरिन् र गाडी बदलेर कार्यक्रम भएको स्थलतिर लागेको बताइन् । कार्यक्रम स्थलमा पुगे पनि उनले कार्यक्रम चलाउन सकिनन । यस्ता घटनाले शारीरिक रूपमा भन्दा पनि मानसिक रूपमा असर गर्ने उनको अनुभव छ । तत्कालै प्रतिकार गरे पनि त्यो घटना बारम्बार दिमागमा आई रहँदा उनले आफूलाई कमजोर महशुस गरिन् । समाजमा यस्ता कैयौँ महिला तथा किशोरीहरूको अवस्था डरलाग्दो भएको उनी बताउँछिन् ।
सार्वजनिक स्थलमा महिलामाथि यस्ता दुव्र्यवहार भएपनि कमलामाई नगरपालिका सिन्धुलीको उपप्रमुख मञ्जु देवकोटा नगरपालिकाको न्यायिक समितिमा ४ वर्षको अवधिमा सार्वजनिक स्थलमा दुव्र्यवहार भोगी न्यायको लागि पहल गरिदिन या आफ्नो समस्या लिएर कोही नआएको बताउँछिन् । यस्ता मुुद्दा आएपनि मेल मेलमिलापकै माध्यमबाट टुङ्गिने गरेको उनको भनाई छ । नगरपालिकाले कसैलाई पनि अन्याय र दुव्र्यवहार नसहन विभिन्न जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेको दावी गर्दै कतिपय घटनाहरू कानुनी प्रक्रियामा नआएको उनको भनाई छ ।
जिल्ला एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ओसीएमसी सिन्धुलीको तथ्याङ्कमा २०७६÷७७ सालमा यौन दुव्र्यवहार भोगेका १६ जना र २०७७/७८ को असार मसान्त सम्ममा १९ जना घटना अभिलेख भएका छन् । एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सिन्धुलीका घटना व्यवस्थापक (केश म्यानेजर) सुनिता शर्माका अनुसार सेवा लिनेहरू कतिपय न्यायालय पुगेका छन् भने कतिपय परामर्श लिएर घर फर्किएको बताउँछिन् । घर या सार्वजनिक स्थलमा दुव्र्यवहार भोग्नेहरू ९ वर्षको बालिकादेखि लिएर ५० वर्ष माथिका महिलाहरू रहेको उनको भनाई थियो । २०७७/७८ मा ९ वर्षका २ जना बालिका, १० देखी १९ वर्षका ६ जना किशोरी, २० देखी ४९ वर्षका ८ जना र ५० भन्दा माथिका ३ जना महिलाहरूले यौन दुव्र्यवहार भोगेको जिल्ला एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको तथ्याङ्क छ । सार्वजनिक स्थल यातायात, अटो, बसपार्क, बाटो, गाईवस्तु हेर्ने ठाउँ, पानी पधेरो जस्ता ठाउँहरूमा यौन दुव्र्यवहार हुने गरेको शर्माको भनाई छ । यसको असरको कारण १२ देखी १५ जनाले महिलाले औषधि नै सेवन गरिरहेका छन् ।
यता सिन्धुली जिल्ला अदालतमा २०७७ साउन १ गते देखि २०७८ असोज सम्म ६ ओटा यौन जन्य दुव्र्यवहारको मुद्दा अदालतमा दर्ता भएको छ भने जिल्ला प्रहरीको कार्यलय सिन्धुलीको तथ्याङ्कमा २०७७/७८ मा ७ ओटा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता छ । महिला तथा बालबालिका, जेष्ठ नागरिक सेवा केन्द्र सिन्धुलीका प्रहरी सहायक निरीक्षक दीपा तामाङका अनुसार सार्बजनिक स्थलमा नै यौन दुव्र्यवहार भयो भनेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कोही नआए पनि घटनाको प्रकृति र पीडितको बयान अनुसार थाहा हुने उनको भनाई छ । पीडितले आफूलाई अन्याय परेको र कानुन अनुसार न्यायको लागि आवाज उठाए पीडकलाई कानुनी दायरामा ल्याउन सकिने उनको भनाई छ । सार्वजनिक स्थलमा हुने दुव्र्यवहारको प्रमाण नै नभए पनि पीडितले आफू अन्यायमा परेको आवाज लिएर प्रहरी कार्यालयमा आयो भने न्यायको लागि प्रहरीबाट हुने कारबाही अगाडी बढाउन सकिने बताइन । दुव्र्यवहार गरेर पीडक तत्कालै भागे पनि पीडितको बयान अनुसार प्रहरीले पीडकलाई कानुनी दायरामा ल्याउन सक्ने उनको भनाई छ ।
कसैको मन्जुरी बिना करणीको आशयले कसैलाई समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक लिखित वा साङ्केतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्बिर देखाएमा, यौनको आशयले जिस्काएमा वा हैरानी दिएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था कानुनमा प्रष्ट व्यवस्था छ ।
जिल्ला कानुनी सहायता समिति सिन्धुलीका अधिवक्ता प्रवीण हायूका अनुसार, पीडितले न्यायको लागि मुद्दा हाल्न अदालत आउँदा सबतद प्रमाण भने आवश्यक हुने बताउँछन । पीडितको बयानलाई थप सहयोग गर्ने सबुत प्रमाण बिना कसैले कसैलाई आरोप लगाएको भरमा न्याय नपाइने र मुद्दा नै दर्ता भएपनि पीडितले हार्ने गरेको बताउँछन । त्यस्ता सबुद प्रमाणहरू सार्वजनिक स्थलमा कसैले कसैलाई दुव्र्यवहार गरेको, बोलेको, देख्ने, सुन्ने मानिस समेत सबुत प्रमाण हुने उनको भनाई छ । कतिपय पीडित र तिनका आफन्तहरू पीडकको आर्थिक प्रलोभनमा पर्ने, अदालती प्रक्रियालाई खर्चिलो, झन्झन्टीले मान्ने र मिलापत्रमानै सहमत भई अदालती प्रक्रियामा आउँदैनन् ।
महिला मानव अधिकार रक्षक सञ्जाल सिन्धुलीका अध्यक्ष अप्सरा खड्का महिला बालिका तथा किशोरीमाथि हुने यौन जन्य हिंसा, दुव्र्यवहार जस्ता अपराध न्यूनीकरणको लागि विभिन्न अभियान सञ्चालन गरे पनि यो पर्याप्त नभएको बताउँछिन् । पीडित महिला तथा किशोरीहरू दुव्र्यवहार सहने, भविष्य सम्झिएर डराउने, बाहिर ल्याउन नचाहने, आफै भित्र दबाएर बस्ने र पीडा सहन नसकेपछि आत्महत्याको बाटो समेत रोज्ने गरेको उनको भनाई छ । कतिपय घटनाहरु न्यायको लागि कानुनी प्रक्रियामा आए पनि आर्थिक, राजनीतिक भावनात्मक र मानसिक रूपमा पीडितलाई कमजोर बनाएर पीडक र तीनका आफ्न्तले मुद्दाको प्रकृति नै बदलिदिने र पीडित आफै मेलमिलाप गरेर जाने गरेको बताउँछिन । यस्तो अवस्थामा महिला अधिकारकर्मीहरूको आवाज समेत दबिने उनको भनाई छ । हिंसा पीडित महिलाहरूलाई कानुनको पहुँचमा ल्याउन र न्यायको लागि आवाज उठाउन जनचेतना आवश्यक भएको बताउँछिन । अदृश्य रूपमा सर्बजनिक स्थलमा यस्ता घटना घटिरहेका छन् । सार्वजनिक स्थलमा र्दुब्यवहार गर्ने चिनेजानेकाहरु नै छन् । यस्ता घटना न्यूनीकरणको लागि महिला र पुरुष बीच हुने असमानताको सबै खाडल मेटाउन जनचेतना मूलक गतिविधि सञ्चालन गरिनु आवश्यक छ ।