जनकपुरधाम-महिला पुनर्स्थापना केन्द्र (ओरेक) को एकतिसौं साधारण सभा तथा पन्ध्रौं अधिवेशनबाट ओरेकको संस्थापक अध्यक्ष डा.रेणु अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएकाे छ ।
सर्वसम्मत चयन भएका नयाँ कार्यसमितिका पदाधिकारीमा अध्यक्ष : डा. रेणु अधिकारी, उपाध्यक्ष : निर्मला पाण्डे, सचिव : सविता पोखरेल, कोषाध्यक्ष : इन्द्रामती नेम्वाङ, सदस्यहरुमा: रीता कुमारी शाह, सूर्य कुमारी गुरुङ्ग, पदमा चौधरी, संगिता अधिकारी, र डा. रोजी जोशी रहेका छन् ।