WOREC In Media

धनुषामा २०२१ मा ३३ जनासँग प्रेममा विश्वासघात

04 Apr 2022

धनुषामा एक वर्षमा २ सय १९ वटा लैंगिक हिंसाको घटना घटेको छ । 

बिहिवार पत्रकारसँग अन्तक्रिया कार्यक्रममा ओरेक नेपाल धनुषाले सार्वजनिक गरेको तथ्यांक अनुसार २०२१ मा धनुषामा २ सय १९ वटा लैंगिक हिंसाको घटना दर्ता भएको हो ।

ओरेक नेपाल धनुषाकी प्रमुख रोजलिन बछारले यस अवधिमा ८७ वटा घरेलु हिंसा, १४ वटा रेप, ३ वटा सामूहिक बलात्कार, ३ वटा बलात्कारको प्रयास, ११ वटा यौन दुव्र्यव्यवहारको घटना दर्ता भएको हो ।

गत वर्ष प्रेममा ३३ जनासँग विश्वासघात भएको ओरेक नेपालको तथ्यांकले देखाएको छ ।

प्रमुख बछारले २०२१ मा मानव बेचबिखनको ९ वटा, घरेलु हिंसामा २ जना पुरुष पीडित भएको घटना दर्ता भएको जानकारी दिईन् । त्यस्तै अन्य प्रकृतिका २ वटा घटना दर्ता भएको हो ।

ओरेक नेपालले गत वर्ष ७४ जनालाई कानूनी परामर्श, कानूनी सहयोग ६१ जनालाई, स्वास्थ्य उपचार सेवा ५२ जनालाई, प्रसुती स्याहार ६ जनालाई, कपडा सहयोग ७२ जनालाई गरेको छ ।