तुलसीपुर, १९ चैत्र । महिला पुर्नस्थापन केन्द्र ओरेक दाङले आफ्नो ३१ औं वार्षिक उत्सव मनाएको छ । महिला समानुपातिक समावेशी नेृत्वको अधिकार, सामाजिक रुपमान्तरणको आधार भन्ने नारा सहित बार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले ओरेक दाङले गरेका कामको प्रशंसा गर्दै आगामी दिनमा प्रभावित महिला तथा किशोरीहरुको सहारा बन्न सुझाव दिएका थिए ।
त्यसैगरी उनीहरुले सहर केन्द्रित कार्यक्रमलाई गाउँ केन्द्रित गरेर महिला तथा बालबालिकाको क्षेत्रमा प्रभावकारी काम गर्न आग्रह गर्दै त्यसका लागि आफुहरु पनि हातोमालो गरेर अघि बढ्ने बताएका थिए ।
ओरेक दाङकी प्रमुख इश्वरी थापाको अध्यक्षता एवं महिला रक्षक संजाल दाङकी संस्थापक अध्यक्ष लक्ष्मी आचार्यको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्मा, महिला अधिकारकर्मी सुष्मा गिरी, जनमोर्चाकी कमला जिसी, प्रदेश प्रहरी कार्यालयका प्रतिनिधि सरस्वती थापा, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रतिनिधि डिल्ली बहादुर डाँगी, बालिका लम्साल, जेष्ठ नागरिक खुमानन्द अधिकारी, मानवसेवा आश्रमका उर्विन सापकोटा, कल्पना चौधरी, लगाएतले बोल्नु भएको थियो । सो अवसरमा विभिन्न चेतनामूलक नाटक, कविता, मुक्तक, गित प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन ओरेक दाङकी कार्यक्रम अधिकृत सुष्मा छिनालले गर्नुभएको थियो ।