लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार भन्ने राष्ट्रिय नारा सहित यस वर्ष मार्च ८ का दिन १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा ओरेकले कार्यरत जिल्लाहरुमा विविध कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ । संघसंस्थाहरुसँगको समन्वयमा “समृद्धिको आधार ः महिलाको पहिचान, मूल्य सहितको काम र सम्मान” भन्ने नाराका साथ ¥याली कार्यक्रममा सहभागिता समेत जनाएको थियो ।
श्रम ऐन २०७४ मा श्रमिक सम्बन्धी भएका व्यवस्था र त्यसको कार्यन्वयनमा सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रिया
दाङ्ग, सिरहा र उदयपुर जिल्लामा श्रम ऐन २०७४ मा श्रमिक सम्बन्धी भएका व्यवस्था र त्यसको कार्यन्वयनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहितको उपस्थिती रहेको थियो । श्रम ऐनमा समान कामको समान ज्यालाको व्यवस्था भएपनि ज्यालामा विभेद रहेकोले स्थानीय सरकारले अनुगमन गरी समान कामको समान ज्यालाको अभियान नै सञ्चालन गर्नुपर्ने सुझाव सहभागीहरुले राखेका थिए । महिलाहरु संलग्न भएका श्रम विशेषगरी कृषि लगायतका अन्य सेवामूलक मानिएका श्रमका क्षेत्रहरुलाई औपचारिक श्रमको दायरामा ल्याउन स्थानीय सरकारले आफ्ना नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने उनीहरुले बताएका थिए । यसैगरी घोराही उपमहानगरपालिकामा ११ जना र उदयपुरमा ५ जना श्रमिक महिलाहरुलाई सम्मान समेत गरिएको थियो । यसै दिवसको अवसरमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा कोपिला युवा समूहको समन्वयमा समान कामको समान ज्याला विषयमा स्थानीय जनप्रतिनिधहरु, महिला मज्दुरहरु र अधिकारकर्मीहरुसहितको सहभागितामा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । सिन्धुली जिल्लामा नै भवन निर्माणका काममा महिला र पुरुषले समान काम गर्दा ज्यालामा विभेद रहेको भनाई छलफलमा आएको थियो । जनप्रतिनिधिहरुले यसको अनुगमन गरी विभेद गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आत्मरक्षा तालिम
महिलाहरुको आत्मबल बढाउने तथा महिलामाथि हुन सक्ने विभिन्न हिंसा र दूव्र्यवारबाट बच्न र बचाउन लागि सीप विकास गर्न सूर्य विनायक नगरपालिकाको सहयोग, ओरेक, गै.स.स महासंघ भक्तपुर, राष्ट्रिय निर्माण मञ्च नेपालको संयुक्त आयोजनामा एक दिने आत्मरक्षा तालिमको आयोजना गरिएको थियो । तालिममा ७० भन्दा बढी किशोरी तथा महिलाहरुले सहभागी थिए । आधारभूत ज्ञान तथा सीप सिकेर आफ्नो आत्मविश्वास बढेको र शारीरिक तथा मानसिक रुपमा हुन सक्ने हिंसाको प्रतिवाद गर्ने आत्वबल बढ्को उनीहरुले बताएका थिए ।
शैक्षिक मनोरञ्जनात्मक मेला
दुधौली नगरपालिकको आयोजना तथा ओरेकको समन्वयमा शैक्षिक मनोरञ्जनात्मक मेलाको आयोजना सिन्धुलीमा गरिएको थियो । मेलामा समाजमा विद्यमान रहेका विभेद, असमानता र हानिकारक परम्परागत अभ्यासहरुलाई चित्रण गरिएका सन्देशमूलक वक्तृत्वकला, खुल्ला हाजिरी जवाफ तथा नृत्य प्रतियोगिताहरु पनि सञ्चालन भएको थियो । स्थानीय स्तरमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी गरिएको थियो भने उपस्थित ५०० जना सहभागिहरुलाई सूचनामूलक सामग्रीहरु समेत वितरण गरिएको थियो ।
सडक नाटक
बालविवाहले शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने असर तथा जोखिमका बारेमा सिन्धुलीको कमलामाई र दुधौली नगरपालिकाका ३ वटा वडाहरुमा किशोरी समूर र परिवर्तन जागरणका कलाकारहरुले सडक नाटक प्रस्तुत गरेका थिए । बालविवाहका कारण आइपर्ने शारीरिक तथा मानसिक स्वास्थ्य समस्या तथा जोखिमको अवस्थालाई नाटक मार्फत चित्रण गरिएको थियो । ३ वटै वडाहरुमा गरी नाटकमा करिव १५०० जना दर्शकहरुको उपस्थिती रहेको थियो ।