"अमेरिका आउँदा साहूबाट लिएको पैसा कसरी तिर्ने भन्ने ध्याउन्न थियो। त्यो चार महिना साह्रै कष्टकर थियो। कहिलेकाहीँ त जेलमै आराम थियो जस्तो पनि लाग्थ्यो। हरपल घर परिवार सम्झेर रोएरै बिताएँ। अहिले पनि सुख त कहाँ छ र ? १२ घण्टा काम गर्नुपर्छ। कमाएको पैसाले बल्लबल्ल ऋण तिरिसकेँ। यति दुःख गरेर आएपछि घरमा पनि पैसा पठाउनै पर्यो। घरमा पनि कसैलाई हाम्रो माया लाग्छ जस्तो पनि लाग्दैन। पैसा पठाउन्जेल सबैको प्यारो, पठाउन छाडेपछि उस्तै। यहाँ पनि बाँच्नै पर्यो। परिवार पनि बनाउनुपर्यो। यो जञ्जालमा यसरी फसियो दिदी, अब निस्कनै गाह्रो छ। मलाई नेपालमै बस्न मन छ तर भनेर मात्रै पनि हुन्न रहेछ।"- डा. रेणु अधिकारीकाे लेखबाट साभार