मैनाली मानवअधिकारकर्मी हुन् ।
Highlights
नवउदारवाद एक राजनीतिक र आर्थिक सिद्धान्त हो । यसको विश्वव्यापी रूपमा धेरै चर्चा र आलोचना हुने गरेको छ । नवउदारवाद एक यस्तो सिद्धान्त हो जसले स्वतन्त्र बजार, निजीकरण, सरकारी भूमिका न्यूनीकरण र खुला अन्तर्राष्ट्रिय व्यापारलाई प्राथमिकता दिन्छ ।
यो सिद्धान्त १९८० को दशकदेखि विश्वव्यापी रूपमा प्रभावशाली बनेको हो, विशेष गरी विकसित देशहरूले यसको प्रचार गरेपछि यसले अझ व्यापकता पायो ।
नवउदारवादका बारेमा प्राज्ञिकहरूका विभिन्न दृष्टिकोणहरू छन् । केहीले यसलाई आर्थिक विकासको प्रभावकारी उपकरण मान्छन् । केहीले सामाजिक असमानता र शोषणलाई बढावा दिने सिद्धान्तको रूपमा हेर्छन् । अमेरिकन अर्थशास्त्री मिल्टन फ्राइडम्यानले आफ्नो पुस्तक ‘पुँजीवाद र स्वतन्त्रता’ मा स्वतन्त्र बजार व्यवस्थाले दक्षता, नवीनता र समग्र समृद्धि ल्याउने दाबी गरेका छन् ।