कैलाली । महिलाहरुलाई आर्थिकरुपले सशक्त बनाउन उद्यम व्यवसाय संचालन गर्न आवश्यक रहेको धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाले बताईन् ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको आयोजनामा महिला कृषक समु्ह र हिंसा प्रभावित महिलालाई उद्यमशिलता तथा सीप विकास तालिम उनले यस्तो बताएका हुन् । पाँच दिने तालिममा धगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र भजनी नगरपालिकाको २९ जनाको सहभागीता रहेको थियो ।
तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाको नगर उपप्रमुख रानाले महिलाहरुलाई आर्थिक सशक्तीकरणमा जोड्न आउने बजेटले सम्बोधन गरेको जानकारी दिईन् ।
पहिला पहिला महिलाहरु घरेको काममा मात्रै सिमित हुन्थे, तर आजभोली उद्यमीकोरुपमा अगाडी आउदै गरेको उनले बताईन् । उनले उद्याम शुरुवाट गरेका वा गर्न चहाने महिलाहरुलाई नगरपालिकासंग सहकार्य गर्न अनुरोध समेत गरिन् ।
उनले दहित टेलर्सले थारु सांस्कृतिक पोशाकबाट राम्रो आम्दानी मात्रै होईन पहिचानपनि बचाउदै आएको भन्दै केही नयाँ काम गर्न चाहने महिलालाई नगरपालिकालेपनि प्रोत्सहान गर्ने बताईन ।
कृषि ज्ञान केन्द्र कैलालीका निमित्त प्रमुख टेकबहादुर विष्टले केन्द्र मार्फतपनि धेरै कार्यक्रम भईरहेको जानकारी दिए । दकियामा तरकारी बोकेर विहानै हरेक घरको भान्छसम्म पुग्ने महिलाहरुलाई सम्मान गर्ने योजना बनाएको जानकारी दिए ।
जिल्ला भेटनरी कार्यालयका प्रमुख विनोद कठायतले भेटनरी कार्यालयबाट एकल महिला, दलित र जनजाती महिलाकालागि यो वर्ष ३७ लाख बजेट विनियोजन भएको जानकारी दिए ।
यस्तै कैलाली उद्योग वाणिज्य संघका सदस्य कृष्णा विष्टले कोशेली घरले उद्यमीले तयार पारेको सामाग्रीलाइ बजारीकरण गर्न सहयोग गर्दै आएको बताईन् । उनले व्यवसाय सञ्चालन गरेका महिलाहरुले आफूले उत्पादन गरेको सामाग्री कोशेली घरसम्म पुर्याईनपनि अनुरोध गरिन् । कार्यक्रमको समापन ओेरेक नेपालका सचिव संगीता अधिकारीले गरेका थिईन ।