Services

लैङ्गिक हिंसा प्रभावित महिलाहरुका लागि प्रदान गर्ने सेवाहरु 

03 Dec 2019

सुरक्षित आवास  (कैलाली, मोरङ्ग, उदयपुर, धनुषा, काठमाण्डौ, सुनसरी) 

लैङ्गिक विभेदमा आधारित हिंसा प्रभावित बालिका तथा महिलाका लागि । 
१. खाना तथा आवास
२. प्राथमिक स्वास्थ्य उपचार तथा सम्प्रेषण सेवा
३. कानुनी परामर्श तथा सहयोग
४. मनोविमर्श सेवा
५. अनौपचारिक शिक्षा
६. सीपमूलक तालिम
७. आवश्यकता अनुसार अन्य सेवाका लागि समन्वय 
८. पुनस्र्थापना 

मनोविमर्श केन्द (मोरङ्ग, सुनसरी, उदयपुर, सिरहा, धनुषा, दाङ्ग, काठमाण्डौ,रुकुम)          
१. मनोविमर्श सेवा
२. कुनै किसिमको सहयोग आवश्यक भएमा प्रदान गरिने वा 
३. अन्य संघसंस्थामा सहयोगका लागि सम्प्रेषण ९च्भाभचचब०ि गर्ने ।

महिला स्वास्थ्य परामर्श केन्द्र (उदयपुर, सिरहा, महोत्तरी, सर्लाही, दाङ्ग, रुकुम)              
१. सामुदायिक संघसंस्था तथा स्थानीय तहद्वारा ओरेकको प्राविधिक सहयोगमा सञ्चालनमा रहेको । 
२. प्रजनन् स्वास्थ्य समस्या पहिचान, उपचार, रोकथाम तथा सम्प्रेषण सेवा 
३. पाठेघर खस्ने समस्या भएका खसेको महिलाको नियमित चेकजाँच तथा रिङ्ग प्रेसरी राख्ने सेवा 
४. लैङ्गिक विभेदमा आधारित हिंसा सम्बन्धी परामर्श सेवा
५. स्वास्थ्य तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श
६. स्थानीय जडिबुटिको प्रवंद्र्धन तथा प्रयोग विधिका बारेमा जानकारी दिने । 
७. आवश्यकता अनुसार सम्बन्धीत निकाउमा सम्प्रेषण÷ रेफर

सामुदायिक स्वास्थ्य क्लिनिक (उदयपुर, दाङ्ग)
१. गर्भवती जाँच 
२. खोप – बालबालिका तथा गर्भवतीहरुका लागि )
३. परामर्श र मनोविमर्श सेवा
४. स्वास्थ्य सम्बन्धी उपचार सेवा
५. प्राथमिक उपचार सेवा
६. विशेष किशोरीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा तथा परामर्श । 
७. गाउँघर क्लिनिक
८. परिवार नियोजन अस्थाई साधन सम्बन्धी सेवा

एकीकृत महिला स्वास्थ्य मेला (समुदायमा आवश्यकता अनुसार) 
१. लैङ्गिक विभेदमा आधारित हिंसाले स्वास्थ्यमा पर्ने असर सम्बन्धी अभिमुखीकरण 
२. स्थानीय जडीबुटी र यसको उपयोगिता सम्बन्धी जानकारी 
३. पाठेघर जाँच सेवा 
४. पाठेघरको क्यान्सर जाँच गर्ने सेवा  
५. यौनजन्य संक्रमणको उपचार सेवा
६. निःशुल्क औषधी वितरण 
७. सामान्य स्वास्थ्य जाँचको सेवा                
                                       
हटलाइन सेवा 

लैङ्गिक विभेदमा आधारित हिंसा प्रभावित बालिका तथा महिलाका लागि । 
काठमाडौं  १६६०–०१–७८९१०    
मोरङ्ग      १६६०–२१–५२०००