सन २००७ देखि महिला पुनस्र्थापना केन्द्र (ओरेक ) ले ५ वटा गा.वि.स.मा सर्बै गरि महिला शशक्तिकरण र महिला स्वास्थय कार्यक्रमको शुरुवात गरेको हो । हाल नेपाल को संरचना परिवर्तन भए अनुसार प्रदेश नं ५ मा रहेका दाङ्गं जिल्लामा १० वटा स्थानिय निकाय रहेको छ जस्मा २ वटा उपमहानगर पालिका एक वटा नगरपाकिा र ७ वटा गाउँपालिका रहेको छ । कार्यक्रम संचालन गर्न शुरु महिलाा हिंसा विरुद्धको अभियान जिल्ला भरि संचालन गर्दै आएको छ भने परियोजनाका कार्यक्रम तुलसीपुर उपमहा नगर पालिका को ९ नं. वडा देखि १७ सम्म रहेको छ गाउपालिका मध्ये दगिंशरण गाउ पालिका वार्ड नं. ३ देखि ७ नं. सम्म र शान्तिनगर गाउपालिका को वार्ड नं .५,६,७ र घोराही उपमहा नगर पालिका को वार्ड नं १३ रहेको छ ।
ओरेकले दागं जिल्लामा लामो समय सम्म विभिन्न अभियान संचालन गर्दै आइरहेको कारण महिलाहरु अधिकार प्राप्तिका लागी संगठित भएका छन् महिलाहरु माथी हुने हिंसा विरुद्ध आवाज उठान गर्न सक्नुको साथै ओरेक नेपालको अभियानमा सहकार्य गर्न साझेदारी संस्थाको रुपमा क्रियाशिल भइ र स्थायिन तहहरु बाट बजेट निकासा गरि विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गर्नु को साथै महिला स्वास्थ्य शिविर संचालन गर्न थालेका छन । राजनितिमा समेत पहुच भइ स्थानिय तहको निर्वाचनमा सहभागी भइ विजय हासिल गरेकाछन । शिक्षा र स्वास्थ्यमा महिलाह्रुको पहुचमा बृद्धी भएको अवस्था रहेको छ । र स्थानिय निकायको निर्वाचनमा सहभागी भै १९ जना महिला सामुदायिक संस्था र महिला समुह का सदस्य र महिला मानव अधिकार रक्षक संजालबाट विजय हासिल गर्न सफल भएका छन ।