प्रजनन स्वास्थ्य निरपेक्ष विषय नभई जीवनका धेरै विषयसँग जोडिएको बहुआयामिक तथा नैसर्गिक अधिकारको विषय हो। तर नेपालमा महिला र किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित हुन सकेको छैन। यस्तो अवस्थामा नेपालमा महामारीको रूपमा फैलिरहेको कोराना संक्रमण (कोभिड १९) का कारण महिला र किशोरीहरु यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट बञ्चित हुनु परिरहेको कुरा विभिन्न समाचारमा पढ्न पाईन्छ ।
तसर्थ, महामारीको समयमा आवश्यक र बृहत्तर यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरु जस्तै आपतकालिन गर्भनिरोधक, एन्टिरेट्रोभाइरल औषधी, सुरक्षित गर्भपतन सेवा, गर्भपतन पछि दिइने सेवाहरुको समयमै पहुँच सुनिश्चित गरिनु आवश्यक छ।
#OurHeathOurRights #WomensHealthMatters #SRHRisEssential #NoLockdownonRights #WeStanGenderEquality