Newsletters

पैरवी (अंक पौष १६- चैत्र १८ २०८० )

07 May 2024 Download

ओरेकले महिला अधिकारका सवाललाई समुदाय तहदेखि उठान गरी यसको सम्बोधनका लागि राज्यको नीति निर्माण तहमा पैरवी गरिरहेको हामी अवगतै छौं । साथै यस संस्थाले लामो समयदेखि महिलाको मानव अधिकार र सामाजिक न्यायका सवालमा निरन्तर कार्य गरिरहेको छ । सोहि अभियानलाई निरन्तरता दिंदै ओरेकले फेरी आफ्नो त्रैमाशिक न्यूजलेटर प्रकाशन गरेको छ । पैरवीको यस अंकमा ओरेकले जनवरी २०२४ देखि मार्च २०२४ सम्म सञ्चालन गरेका विषयगत क्षेत्र अन्तर्गतका अभियान तथा पैरवीमूलक कृयाकलाप समावेश गरिएको छ ।

पैरवीको यस अंकमा विशेष गरी ओरेकका विषयगत क्षेत्रहरुको जानकारी, विश्व महिलावादी मञ्च ,अन्तराष्ट्रिय महिला दिवस, बढ्दो दण्डहिनता विरुद्व सामाजिक संजाल अभियान, भूकम्प प्रभावित महिलाहरुका लागि सुरक्षित स्थलको निर्माण र विपद्को अवस्थामा महिला मानव अधिकारको सुनिश्चितताका लागि संचालित अभियान, CSW 68 मा ओरेकका संच्लाना गरेको भर्चुअल कार्यशाला, युवा मानव अधिकार रक्षकहरुका लागि समष्टिगत सुरक्षा सम्बन्धी पुनर्ताजगी तालिम र महिला अधिकारका सवालमा ओरेकद्धारा नियमित गरिएका खवरदारी लगायतका विषयहरुमा गरेका मुख्य गतिविधि प्रकाशन गरिएको छ ।