Gender based violence

विपद्को समयमा महिला तथा किशोरीमाथि पर्ने प्रभाव र प्रभावित मैत्री प्रतिकार्य प्रणाली

03 Oct 2024

विपद् भन्नाले के बुझिन्छ ?
विपद् भन्नाले कुनै स्थानमा आपत्कालिन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा मानव निर्मित संकट सम्झनु पर्छ । उक्त घटनाहरुले ठुलो संख्यामा व्यक्तिको स्वास्थ्य, सुरक्षा, सम्मान र जिवनमा असर पुर्याउँदछ । नेपाल विभिन्न किसिमका विपद्हरु जस्तै बाढी, पहिरो, आगलागी, खडेरीहरुको उच्च जोखिम भएको देश हो। यसैगरी नेपाल विश्वको जलवायू परिवर्तनको क्षेत्रमा चौथो नम्बरमा, भुकम्ममा ११ औं, बाढीमा ३० औं नम्बरमा पर्दछ । नेपालको सन्दर्भमा महिला, बालबालिका तथा सिमान्तकृत समुदायले लिङ्ग, वर्ग, भाषा, धर्म, भौगोलिक विविधता, समुदाय, यौनिक अभिमुखिकरण आदीको आधारमा बहु–आयामिक विभेद भोगिरहेको छ । विपद्को समयमा यस्ता संरचानात्मक विभेदहरु झनै फराकिलो बन्दै जान्छ र सिमान्तकृत समुदायका व्यक्तिहरु अझ जोखिममा पर्दछन्।