हामी को हौं ?
सन् २०१५ मा न्युयोर्कमा आयोजित जनताको सभा (people’s assembly) मा, त्यहाँ भेला भएका महिलावादीहरू, ट्रेड युनियनकर्मीहरूद्वारा अगुवाई गर्दै सबै महिलाहरूद्वारा स्वीकार गरिएका महिलाहरूकै नेतृत्वमा विश्वव्यापी हडतालको माग भएको थियो । त्यस बखत गरिएको महिलाको त्यो विश्वव्यापी हडतालको आह्वानको सकारात्मक प्रभाव अहिले विश्वभर फैलिँदै गएको छ । त्यसले महिला एवं प्रगतिशील आन्दोलनहरूबाट सहयोग तथा समर्थन पनि प्राप्त गर्दै अगाडि बढेको छ । सन् २०१७ मा जलवायु न्यायका लागि गरिएको महिलाहरूको विश्वव्यापी अभियानले ८ मार्चदेखि सुरु हुने गरी महिलाहरूको यो विश्वव्यापी हडताललाई समर्थन जनाएको छ र अहिले अन्य विभिन्न न्यायप्रेमी अभियानहरूले पनि यसलाई समर्थन जनाइसकेका छन् । यी सबैलाई हामी केही उदाहरणका रूपमा लिन सक्छौं ।
एशिया प्रशान्त क्षेत्रमा महिला, कानून र विकासका लागि एशिया प्रशान्त फोरम (Asia pacific forum for women, law and development), , ले यो क्षेत्रमा ८ मार्च २०२० मा महिलाको विश्वव्यापी हडतालका लागि आह्वान गर्दै आफ्ना कार्यक्रमहरू अगाडि बढाएको छ । महिला, कानून र विकासका लागि एशिया प्रशान्त फोरम, एशिया प्रशान्त क्षेत्रका महिलावादीहरू एवं समुदाय तहदेखि सक्रिय अभियन्ताहरूको अग्रणी सञ्जाल हो । यो सञ्जालमा एशिया प्रशान्त क्षेत्रका २७ देशका विभिन्न क्षेत्रमा संघर्षरत महिलाहरुले नेतृत्व गरेका २३७ सदस्य संस्था÷सदस्यको प्रतिनिधित्व गर्ने अग्रणी सञ्जाल हो । यसका बारेमा पूर्ण जानकारी आवश्यक परेमा www.apwld.org हेर्नु हुन अनुरोध गर्दछौं ।
हामी कसरी हडताल गर्न÷
सहभागी हुन सक्छौं ?
हामी सार्वजनिक तवरले कसरी हडताल गर्न सक्छौं ? भन्ने बारे अधिक जानकारीका लागि "A dangerous unselfishness-learning from strike actions" नामक जानकारीमूलक पुस्तिका पढ्न अनुरोध गर्दछौं ।
यदि तपाईंहरूसँग अन्य केही सृजनशील शक्तिले भरिपूर्ण यो हडताललाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सुझावहरू छन् भने कृपया हामीलाई निम्न ठेगानामा खबर गर्नुहोला ।
थप जानकारीका लागि निम्न ठेगानमा सम्पर्क गर्न सक्नुहुनेछ ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल
काठमाण्डौ, नेपाल, फोन नम्बरः ०१–४४८२७६१,
ईमेलः secretariat@nawhrd.org
www.nawhrd.org
https://womensglobalstrike.com/
राष्ट्रिय जनजाती महिला महासँघ
काठमाण्डौ, नेपाल, फोन नंम्बरः ०१–४७८४१९२
ईमेलः niwfnepal@gmail.com
www.niwfnepal.org.np
सन् २०२० को अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गर्न लागिएको महिलाहरूको विश्वव्यापी हडतालका सन्दर्भमा हाम्रो राजनैतिक घोषणा ।
हामी विश्वभर रहेका महिला अधिकारवादीहरु, महिलावादी संघसंस्थाहरू, समान आस्था राख्ने सहयोगीहरू एवं शुभेच्छुकहरुलाई ८ मार्च, २०२० मा महिलाहरूले आयोजना गर्न लागेको विश्वव्यापी हडतालमा सरिक हुनको लागि आह्वान गर्दछौं ।
उक्त दिन हामी संसारभर रहेका महिलावादीहरु, शुभेच्छु एवं सहयोगीहरुलाई हालसम्म हामीले मनाउदै आएको अन्तर्राष्ट्रिय महिला दिवस विश्वव्यापी रूपमा महिलाहरुद्वारा गरिएका हडताल तथा विभिन्न संघर्षहरुप्रतिको ऐक्यबद्धताको परिणाम हो भन्ने ऐतिहासिक तथ्यलाई स्मरण गर्दै महिला रोकिए संसार रोकिन्छ भन्ने यथार्थतालाई संसारसामु प्रदर्शन गर्न त्यसदिन कुनै पनि काम नगरी हडतालको हिस्सा बन्न हार्दिक अनुरोध गर्दछौं ।
हाम्रा सरकारले सबै महिलाहरूले अनुभूत गर्न सक्ने समानता, विकास र शान्ति कायम गर्न आजभन्दा २५ वर्ष पहिले गरेका प्रतिज्ञाहरू पूरा गर्न सकेनन् । यस अवधिमा संसारभरि सम्पत्तिको प्रशस्त सञ्चय बढ्नुको सँगसँगै त्यससँग अन्तरसम्बन्धित विभिन्न प्रकारका असमानताहरु झनै गहिरिँदै गएको पाईन्छ ।
त्यसरी सञ्चित गरिएका सम्पत्तिहरु प्रमुखतः महिलाहरुद्वारा नै सिर्जित गरिएका हुन् तर विडम्बना ! महिलाहरूले त्यो सम्पत्तिमा कुनै भाग पाउनसकेका छैनन् । अहिले हामी यस्तो आर्थिक संरचनामा बाँचिरहेका छौं जसमा महिलाको श्रमको शोषण गरिन्छ । महिलाको श्रमको न्यायोचित मूल्य दिइँदैन । महिलाहरूले गर्नेे कामलाई सेवामूलक कामभित्र राखिन्छ र अति कम मूल्य दिई जोखिमपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यात्मक स्थिति सृजना गरी फाइदा लिने गरिन्छ ।
ठूला कम्पनीहरूद्वारा जैविक ईन्धन (fossil fuel) को अत्यधिक मात्रामा दोहन र उपयोग गर्ने प्रविधिहरू विकास गरिएकाले वातावरणमा निरन्तर हानि पुगिरहेको छ । फलस्वरूप विश्वको जलवायु अस्वाभाविक ढङ्गले परिवर्तन हुँदै गएको छ । त्यसबाट सबभन्दा बढी हामी महिलाहरू नै प्रभावित भएका छौं । जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिहरूका कारण हामी कैयौं महिलाहरूले बसोबास गरेको मूल थलोबाट विस्थापित हुनुपरेको छं । पानीका परम्परागत मुहानहरू सुक्तै गएका कारण हामीले पानी लिन पनि अझ टाढा जानु परेको छ । धेरै ठाउँमा त हामीले आफू बस्ने ठाउँबाट अन्यत्र स्थानान्तरित हुनुपरेको छ । त्यसैगरी जलवायु परिवर्तनका कारणले उत्पन्न परिणामहरू जस्तैः तापक्रम बढ्ने लगायत धेरैखाले प्राकृतिक विपत्तिहरू (बाढी, पहिरो, डढेलो) का कारण हाम्रो स्वास्थ पनि प्रभावित हुँदै गएको छ ।
संसारभरि नै महिलाहरू हेरचाहमूलक र घरेलु काम निरन्तर गरिरहेका हुन्छन् । तर त्यस्ता कामहरूले आजसम्म पनि कामका रूपमा मान्यता प्राप्त गरेका छैनन्् । महिलाहरूबाट सम्पन्न भइआएका त्यस्ता कामले नै देशको अर्थ व्यवस्थाले गति प्राप्त गरेको हुन्छ । ती काम नहुने हो भने हरेक मुलुकको अर्थ व्यवस्था अस्तव्यस्त नै हुन्छ भन्ने कुरामा कसैलाइृ शंका छैन । तरपनि त्यस्ता कामहरू राष्ट्रिय मूल गार्हस्थ उत्पादनमा जोडिँदैनन्÷राखिँदैनन् । एशिया प्रशान्त क्षेत्रमा महिलाहरूले बिना कुनै पारिश्रमिक (निःशुल्क) स्याहारसुसारसँग सम्बन्धित गरिने काम पुरुषहरूले गर्ने कामभन्दा चार गुणा बढी श्रम पर्ने स्थितिलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । यस क्षेत्रमा रहेको महिलाहरूको श्रमको यो स्थिति संसारभर नै गरिने निःशुल्क सेवामूलक काममध्ये उच्च मानिन्छ । अहिले पनि धेरै देशहरूमा महिलाहरूलाई उस्तै प्रकृतिको कामका लागि पुरुषहरूको बराबर पारिश्रमिक दिइँदैन । अझ केही देशहरूमा महिला र पुरुषलाई समान ज्याला नदिने परिस्थितिले निरन्तरता पाएको छ भने केही देशमा यो अझै बढ्दो छ ।
सन् २०२० मा महिला अधिकारका लागि सन् १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनमा प्रतिबद्धता सहित पारित गरिएको बेजिङ्ग कार्ययोजना कार्यान्वयन भएको पनि २५ वर्ष पुग्दैछ । यही समयमा हामी अघिल्लो र पछिल्लो पुस्ताले एकसाथ बसेर विभिन्न आन्दोलनहरूबाट पाएका उपलब्धिहरू एवं चुनौतीहरूलाई संवाद एवं विश्लेषण गर्दै एकअर्काबीच ऐक्यबद्धता जाहेर गर्न आवश्यक छ । पहिले भएगरेका सार्वजनिक प्रतिज्ञाहरू पूरा गर्न नसकेकोमा विश्वलाई नै जिम्मेवार बनाउन दबाब स्वरुप विश्वलाई नै रोक्नेछौं । हामी आफ्नो सामूहिक प्रयासले विश्वलाई नै महिलाहरूको पक्षमा सकारात्मक पाइला चाल्न बाध्य पार्न सक्नेछौं ।
संसारभर नै हाम्रा मागहरू समान किसिमका छन् भन्ने हामी मान्दछौं । अहिलेको सन्दर्भमा हाम्रा मागहरू यसप्रकार छन्—
अन्तर्राष्ट्रिय महिला दिवसलाई महिलाहरूले परिवर्तनलाई प्रभावित गर्नसक्ने सशक्त ऐतिहासिक दिनको रूपमा नै स्थापित गरेका हुन् । तर अहिले यसको राजनैतिक संघर्षको पक्षलाई बिर्सन थालिएको स्थिति छ । उक्त दिनलाई फगत महिलाहरू भेला हुने एवं सतही रूपमा कहीँ कतै केही मात्रामा सुधारात्मक कुरा गर्ने अवसरको रूपमा स्थापित गरिँदैछ । यो स्थिति हामीलाई मान्य छैन । हाम्रो मान्यता अनुसार, अन्तर्राष्ट्रिय महिला दिवसको सन्देश महिलालाई राम्री देखाउन वा सुन्दरी हुनुको अनुभूति गर्नका लागि हासिल गरिने व्यावसायिक गतिविधि होइन । यो महिलाहरूले आफ्नो जीवनलाई जोखिममा राख्दै आफ्नो मानव अधिकार र मौलिक स्वतन्त्रताका लागि आवाज उठाएको र यथास्थितिको विरोध गरेको दिवस हो । त्यसैले हामी सबै मिली ८ मार्च ऐतिहासिक रूपमै जेका लागि जसरी स्थापित गरिएको हो, त्यही इतिहासलाई सम्मान गर्दै, त्यसैमा केन्द्रित हुँदै महिला अधिकारका लागि महिलाहरूको संगठित शक्तिलाई फेरि एकीकृत गर्न जुटेका छौं ।