ईटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले मिति २०७६ असार ४ गते ईटहरी १६ लबिपुरमा आयोजना गरिएको एक कार्यक्रममा महिलाहरुको आत्मसम्मानमा चोट पु¥याउने गरी प्रयोग गरेको अपशब्दहरुको हामी महिला अधिकारकर्मीहरु घोर भत्र्सना गर्दछौ ।
नेपालको संविधान २०७२ ले व्यक्तिको स्वतन्त्रता र आत्मसम्मानको अधिकारलाई सुनिश्चित गरेको छ । संविधानले सुनिश्चित गरेको संवैधानिक हकहरु कार्यान्वयन गर्नु राज्यको प्रमुख दायीत्व हो । संविधानले सुनिश्चित गरेको अधिकारहरु स्थानीय तहबाट सुनिश्चित हुने वातावरण तयार गर्नु पालिका प्रमुख तथा स्थानीय जनप्रतिनीधिहरुको दायीत्व हो । तर यसरी स्थानीय तहको नेतृत्व लिईरहेको प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरुलाई लक्षित गरी प्रहार गरिएको अपशब्दले, देशको ५१ प्रतिशत भन्दा बढी जनसंख्या ओगटेको महिलाहरुलाई प्रत्यक्ष रुपमा अपमानित गरेको । जुन संविधानले सुनिश्चित गरेको अधिकारको विरुद्धमा छ ।
देवानी फौजदारी अपराध संहिताको परिच्छेद –१० “भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर” को (१६८) ले कसैलाई पनि अपमानजनक वा अमानवीय व्यवहार गर्नबाट बञ्चित गरेको छ । राज्यको जिम्मेवार व्यक्तिबाट नै यस्तो अपमानजनक शब्द प्रयोग गर्नु देवानी फौजदारी अपराध संहिताले गरेको व्यवस्थाको विरुद्धमा छ । कानुनको सम्मान गर्नु सबै नेपालीको कर्तव्य हो । यसर्थ हामी अधिकारका क्षेत्रमा कार्यरत सम्पुर्ण अधिकारकर्मीहरु यस्तो अपशब्द प्रयोग गर्ने व्यक्ति उपर सम्बन्धित निकायबाट कडा भन्दा कडा कार्वाहि गरियोस्, साथै आगामी दिनमा शब्द तथा व्यवहारले कुनै पनि व्यक्तिको आत्मसम्मानमा चोट पुग्ने कार्य नगर्ने प्रतिबद्धताका साथ प्रमुख द्वारिकलाल चौधरीलाई नेपाली महिलाहरु समक्ष सार्वजनिक रुपमा माफि माग्नका लागि सम्बन्धित निकायले पहल गरोस् भन्ने माग गर्दछौ ।
धन्यवाद ।