असोज १२ गते, निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफुमाथि हातपात र बलात्कार गरेको भनि प्रभावित महिला स्वयंमले हाम्रोकुरा अनलाईन मार्फत आफ्नो घटना सार्वजनिक गरेकी छन् । उक्त भिडियोमा प्रभावित महिलाले महरा १२ गते राति उनको कोठामा आएको, उनीमाथि कुटपिट र बलात्कार भएको, महराको फुटेको चस्मा, जुत्ताको तलुवा, महराले मदिरा सेवनका लागि प्रयोग गरेको ग्लासहरुलाई प्रमाणका रुपमा प्रस्तुत गर्दै, घटनाको केहि समय पश्चात् नै प्रहरीलाई खबर गरेको, प्रहरी घटनास्थलमा आएको र हाम्रा कुरा अनलाईनसँग कुरा गर्ने क्रममा नै महराको फोन आएको, महराले पठाएको र आफुले महरालाई पठाएको म्यासेज लगायतका सम्पुर्ण विवरणहरु प्रमाणसहित व्यक्त गरेकि थिईन । महरा स्वयंले समेत आफू उक्त महिलाकोे कोठामा गएको स्वीकार गरेको समाचारहरु सार्वजनिक भएको थियो । यसको दोस्रो दिन पुनः महिलाले अर्काे सञ्चार माध्यमसँग कुरा गर्दै, महरा आफ्नो कोठामा नआएको र आफूमाथि कुनै पनि घटना नभएको, महरासँग आफ्नो बाबुको जस्तो सम्बन्ध रहेको भनि अन्तरवार्ता दिएकि छन् ।
एक दिनको अन्तरालमा भएको दुई अन्तवार्तामा महिलाले पूर्णरुपमा आफ्नो भनाई परिवर्तन गर्नु आफैमा गम्भिर अनुसन्धानको विषय हो । देशकै उच्च पद र राजनैनिक हैसियत भएका व्यक्ति नै यस घटनाका आरोपित व्यक्ति भएको हुँदा, प्रभावितले दबावमा आएर÷आफ्नो वा परिवारको सुरक्षाको जोखिमका कारण आफ्नो भनाई परिवर्तन गरेको सम्भावनाहरु हुन सक्दछन् । यसर्थ मानव अधिकारको संरक्षण, प्रवद्र्धन, र मानव अधिकार हनन्का घटनाहरुको अन्वेषण र अनुगमन गर्ने जिम्मेवारी रहेको संवैधानीक आयोगहरु ः राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई यस घटनाको सत्यतथ्य अध्ययन गरि वास्तविकता पुष्टिका लागि कार्य गर्न हामी हार्दिक अपिल गर्दछौं ।
नेपालको संविधानमा सबै व्यक्तिहरु कानूनका दृष्टिमा समान छन् भनि लेखिएको छ । यसर्थ महरालाई पनि एक सामान्य नागरिक सरह, नेपालको कानूनले गरेको व्यवस्था अनुरुप अनुसन्धान प्रक्रिया अगाडी बढाउनका लागि निर्देशन दिन सरकार समक्ष हामी जोडदार माग गर्दछांै । नेपाल सरकारले मानव अधिकार सम्बन्धित विभिन्न अन्तराष्ट्रिय सन्धी, महासन्धीहरुमा प्रतिवद्धताहरु गरेको छ । नेपाल सरकार संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को (Human right council) समेत सदस्य राष्ट्र हो । यसर्थ नेपालको छवि, सरकारको नागरिक प्रतिको जिम्मेवारी, न्यायका लागि सरकारले लिने निर्णयलाई अन्तराष्ट्रिय जगतमा समेत उदाहरणीय र पं्रशसनीय कार्यका रुपमा गर्वका साथ प्रस्तुत गर्न र सरकारको हिंसा विरुद्धको शून्य सहिष्णुतालाई व्यवहारतः कार्यान्वय गर्न हामी सरकार समक्ष अनुरोध गर्दछौं ।
अन्त्यमा यस घटनाको सिंगो प्रमाण र साक्षि, स्वंम प्रभावित महिला भएको हुँदा उनको सुरक्षाको पूर्णरुपमा ग्यारेण्टि गर्न र महिलाले यस घटनाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण उनको आत्मसम्मानमा ठेस पुग्ने कार्य तथा प्रतिक्रियाहरु सामाजिक सञ्जालमार्फत नगर्नका लागि हामी सम्पुर्ण नागरिक समक्ष अनुरोध गर्दछौ । साथै सरकारलाई समेत यस्तो कार्यका लागि प्रतिबन्द गर्न ठोस कदम लिन हार्दिक अनुरोध गर्दछौ ।
धन्यवाद ।
महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थाका तर्फबाट ।
१.महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल
२. महिला पुनस्र्थापना केन्द्र (ओरेक)
३. तान नेपाल (लुम)
४. साथी
५. द स्टोरी किचेन
५. वातावरणीय कृषि तथा विकास केन्द्र (केड)
६. शक्ति समुह
७. महिलाका निम्ति महिला मञ्च नेपाल
८. नेपाल महिला एकता समाज नेपाल ९. तरङ्गनी महिला अधिकार प्रशिक्षण केन्द्र
१०. महिला तथा बालबालिका बेचबिखन बिरुद्ध सहकर्मी समूह नेपाल (एटविन)
११. पौरखी नेपाल
१२. नेपाल अपांग महिला संघ
१३. नील हिरा समाज
१४.दिगो सामाजिक विकासका लागि मित्रता
१५. जागृति महिला महासंघ
१६. हिमराईट्स
१७. सिविन नेपाल