मिति २०७६ फाल्गुण २१ गतेको प्रतिनिधीसभा बैठकले संयुक्त राष्ट्रसंघको अन्तर्देशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) लाई पारीत गरेकोमा हामी सरकारको यस कदमको प्रशसा गर्दै बधाई व्यक्त गर्दछौं ।
मानव बेचबिखन तथा ओसार पसार एक संगठित अपराध हो । नेपालमा मानव बेचबिखन तथा ओसार पसार मानव अधिकारको गम्भिर सवालको रुपमा रहेको छ भने पछिल्ला वर्षहरुमा यसका स्वरुप व्यापक हुँदै आएको छ । यस सन्दर्भमा मानव बेचबिखन तथा ओसार पसारको परिभाषालाई व्यापक बनाई, नीति कानुन लगायत मुलुकमा विद्यमान बेचबिखनविरुद्धका गतिविधिहरुलाई संस्थागत र सुदृढीकरण गर्न, बेचबिखन प्रभावितहरुको सहयोग, संरक्षण र मानव अधिकारको सम्मानका लागि र यी उद्देश्यहरु पुरा गर्न राज्यहरुबीच सहकार्य प्रबद्र्धन गर्न यस प्रोटोकलको विशेष भुमिका रहन्छ ।
स्थापना कालदेखि नै यस संस्था महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले मानव बेचबिखनलाई मानव अधिकारको प्रमुख सवालका रुपमा लिई यस विरुद्ध समुदायस्तरदेखि कार्य गर्दै आएको छ । मानव अधिकारको निकृष्ट अपराधको रुपमा रहेको मानव बेचबिखनलाई मानव अधिकारको अन्तराष्ट्रिय सिद्धान्तका आधारमा सम्बोधन हुने वातावरण तयार गर्न र मानव बेचबिखन संगठित गिरोहबाट सञ्चालित अन्तराष्ट्रिय समस्या भएकोले यसका समाधानका लागि अन्तराष्ट्रिय सहयोग र सहकार्य आवश्यक रहेको ध्यानाकर्षण गराउँदै यू एन प्रोटोकल (इच्छाधिन आलेख) लाई अनुमोदन गर्नका लागि समुदायस्तरबाट पैरवी गर्दै आएको थियो । यसर्थ सरकारले गरेको यो सकारात्मक निर्णयको कदर गर्दै, यस प्रोटोकलले गरेका प्रावधानहरुप्रति सरकार गम्भिर भई यसको प्रभावकारी कार्यान्वयका लागि प्रतिबद्ध छ भन्नेमा हामी विश्वस्त छौं ।
मानव बेचबिखन जस्तो जघन्य र गम्भिर अपराध विरुद्धको यस अभियानमा संस्था सधैं प्रतिबद्ध छ ।
धन्यवाद ।
लुभराज न्यौपाने
कार्यकारी निर्देशक
मिति ः २०७६ फाल्गुण २२