पछिल्लो समयमा विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको असरले गर्दा नेपाल भित्र जनमानसमा त्रास सिर्जना भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभरी हालसम्म २,३१,२२८ (दुई लाख एकतिस हजार दुई सय अठाइस) व्यक्तिहरुमा कोरोना संक्रमण भएको र ९,८१७ (नौ हजार आठ सय सत्र) व्यक्तिहरुको यस संक्रमण बाट मृत्यु भैसकेको छ भन्ने तथ्याँक सार्वजनिक गरेको छ । हालसम्म विश्वका अधिकांश देशहरुमा कोभिड–१९ ले मानिसहरुको दैनिकी, उनीहरुको काम, देशको पर्यटन क्षेत्र, आर्थिक स्थिति, स्वास्थ्य स्थिति, आदिमा नकरात्मक असर पारीसकेको छ । अधिकांश देशहरुले आफ्नो सिमा नाकाहरु बन्द गरीसकेको र कोभिडको १९ को संक्रमणको अवस्थाले वैदशिक रोजगारीमा जाने श्रमिकलाई अति जोखिमयुक्त व्यक्तिहरुको सूचीमा पारेको छ । बैदेशिक रोजगारीमा गएका केही नेपालीहरुलाई गन्तब्य मूलुकहरुले नेपालमा फर्काइदिएका छन् भने केही श्रमिकहरु संक्रमणको डरले नेपाल फर्केको समाचारहरु विभिन्न संचारमाध्यमबाट हामिलाई अवगत नै छ । विश्व स्वास्थ्य संगठन ले कोरोना भाइरसको माहामारी अव नेपाल सहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ । दक्षिण पूर्वी एसियाली देशमा कोभिड १९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने संभावना प्रति ओरेकको ध्यानाकर्षण भएको छ ।
अहिले यस प्रतिबन्धको अवस्थामा पनि केही आप्रवासी कामदारहरुले आफू बस्ने कोठा भाडाको लागि रकम तिर्न सकीरहेका छैनन् भने कति व्यवसायहरु घाटामा गएका छन् र श्रमिकहरुलाई जागिरबाट हटाउने क्रम बढेको छ । त्यस्तै, महिला घरेलु श्रमिकहरु जो घरभित्र बसेर काम गर्छन् उनीहरु कोभिड १९ को संक्रमणको उच्च जोखिम्मा रहेका छन् किनकि उनीहरु सबैखाले सूचनाको पहूँचबाट टाढा छन् । उनीहरुलाई पर्याप्त सूचना, स्वास्थ्य र सामाजिक सुरक्षाको व्यवस्था छैन । अन्तराष्ट्रिय श्रम संगठनले करीब २५ लाख व्यक्तिहरुले यस संक्रमणको असरले आप्mनो काम छोड्नुपर्ने अनुमान गरेको छ ।
यसैगरी नेपाली नागरिकहरु वैदेशिक रोजगारीको लागि खाडी मूलुक लगायत मलेशियामा श्रमिकका रुपमा कार्यरत रहेको सर्वविदितै छ । नेपालले काम गर्ने खाडीका ६ देश र मलेशियामा पनि कोभिड १९ को संक्रमितको संख्या २००० पुगेको भन्ने समाचार हालै बाहिर आएको छ । विदेशमा बस्ने हरेक नेपालीको स्वास्थ्य र सबैखाले सुरक्षा अवस्थाबारे उचित कदम चाल्नु राज्यको दायित्व हो । खासगरी, वैदेशिक रोजगारीमा गएका कामदारहरू जो हरेक हिसाबले निरुपाय छन्, जसमा पनि घरेलु श्रमिकका रुपमा कार्यरतहरूको अवस्थाबारे सरकारले विशेष चासो राख्नुपर्छ र उनीहरूलाई कुनै सहयोगको खाँचो देखिएमा आवश्यक कूटनीतिक पहल गर्नुपर्छ । त्यसैले संक्रमणबाट प्रभावित मुलुकस्थित नेपाली दूतावासहरूले त्यहाँ भइरहेका हरेक घटनाक्रमको सूचना अविलम्ब नेपाल सरकारलाई उपलब्ध गराई सम्बन्धित देशमा रहेको नेपाली राजदुतावास र यहाँकोश्रम मन्त्रालय, बैदेशिक रोजगार विभाग, बैदेशिक रोजगार बोर्ड जस्ता तहबाटै कूटनीतिक पहलहरू यथासक्य छिटो शुरु गरियोस् ।
सम्बन्धित निकायहरुको तपशिल बमोजिमका बुँदाहरुमा ध्यानाकर्षण होस्