Press Release

ओरेक २९ औ वर्ष पूरा भई ३० औ वर्षमा प्रवेश, अहिले बिपदको स्थितिमा मनोविमर्श सेवालाई प्राथमिकता दिने  ।

01 Apr 2020 Download

महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि विभिन्न आरोह अवरोह पार गर्दै, आज महिला पुनस्र्थापना केन्द्र (ओरेक) २९ वर्ष पुरा भई ३० औं वर्षमा प्रवेश गरेको छ । समानतामा आधारित देश, बेचबिखन मुक्त समाज, मानसीक तथा शारीरिक रुपमा स्वस्थ्य ब्यत्तिलहरु रहेको समाजको सपनालाई मूर्त रुप दिन यस संस्थाको बि. सं. २०४७ साल चैत्र १९ गते उदय भएको थियो । महिलाको सामाजिक, राजनैतिक तथा आर्थिक अधिकार तथा सामाजिक न्याय प्राप्तिमा समुदाय, समुदायमा आधारित संघसंस्थाहरु, महिला अधिकारकर्मी, महिला मानव अधिकार रक्षकहरु, समाजमा नेतृत्वदायी तथा सहजीकरण गर्ने व्यक्तित्व, संघसंस्था, संस्थापक सदस्यहरु, संस्थाका सदस्य, कर्मचारीहरु, साझेदार संस्था तथा व्यक्तित्व, सञ्जाल तथा सरोकारवाला र सरकारी निकाय लगायत हामीसँग सहयात्रा र सहयोग गर्दै महिला आन्दोलन तथा महिलावादी नेतृत्व तथा सवाल स्थापना गर्ने अभियानमा सहकार्य गर्दै आज हामीलाई २९ वर्षको यात्रा पुरा गर्न सहयोग पु¥याउने सबैप्रति संस्था आभारी छ । 
आफूलाई महिलावादी संस्थाको रुपमा नेपालमा स्थापित गर्न सफल ओरेक महिलावादी मूल्य, मान्यता तथा सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ । यो सहकार्यमा महिलावादी मान्यता, सिद्धान्त तथा महिलावादी नेतृत्वको स्थापना, प्रवद्र्धन तथा क्षमता अभिवृद्धिका लागि संस्थाले सहजीकरण तथा नेतृत्वदायी भूमिका खेल्दै आइरहेकोमा यसलाई निरन्तरता दिँदै अभियानरत रहने प्रतिवद्धता समेत जनाउँदछौं ।
यसैबीच, हामी गएको डिसेम्बर महिना देखि कोरोना भाइरसको कारण बिश्वव्यापी विपतको अवस्थाको सामना गरिरहेका छौं । अहिलेको यो बिषम परिस्थितीमा मानसिक रुपमा यसबाट हामी सबै नै प्रभावित र जोखिपूर्ण अवस्थामा पनि छौं । अझ बढि जोखिममा भने महिला बालिका, किशोरी, अपांगता भएका व्यक्तिहरु र बृद्धाबृद्धाहरु देखिन्छन् । त्यसमा पनि मजदुरी गरेर जीवन गुजारा गर्ने समुदाय संकटको अवस्थामा रहेको छ । हाल संस्थाले यस संकटको अवस्थामा व्यक्तिहरुमा आएको मानसिक तनाव र त्यसको असरलाई कम गर्नको लागि टेलिफोन मार्फत मनोसामाजिक बिमर्श सेवा दिनको लागि २८ जना मनोबिमर्शकर्ताहरु मार्फत सेवा प्रदान भइरहेको छ । 
महिला तथा किशोरीमाथि हुने हिंसा तथा समस्या र स्वहेरचाह र तनाव व्यवस्थापनका लागि मनोविमर्शकर्ताहरुलाई सम्पर्क गर्न सकिनेछ जसले नेपाली तथा मैथली, भोजपुरी लगताय स्थानीय भाषामा समेत फोन मार्फत मनोविमर्श सेवा दिनुहुनेछ ।
यसबाहेक संस्थाका कार्यक्षेत्रहरुमा कोरोना भाइरस, यसबाट सुरक्षित रहने उपाय र स्ववहेरचाहका बारेमा सुचना प्रवाह भईरहेको छ । साथै संस्थाद्वारा संचालित लैङ्गिक विभेदमा आधारित हिंसाका प्रभावितलाई दिइने सुरक्षाबासका सेवालाई निरन्तरता दिइरहेको छ । 
संस्था यहाँसम्म आउन सहयोग गर्नुहुने र संस्थाको अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी हुनुहुने हाम्रा सम्पूर्ण शुभचिन्तकहरु, महिला आन्दोलनका सहकर्मीज्यूहरु, समुदायमा अनवरत रुपमा अभियानरत सम्पुर्ण आदरणीय व्यक्तित्वहरु, समान अधिकारमा आस्था राख्ने सहयात्रीहरु, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, साझेदारी तथा सहयोगी संस्थाहरु सम्पूर्णप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।

धन्यवाद ।