Press Release

बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाको रोकथाम तथा सम्बोधनकालागि ध्यानाकर्षण 

10 Apr 2020 Download

पृष्ठभुमि 
कोभिड १९ को भाइरसले फैलाएको विश्व्यापी महामारीले सबै जाति, उमेर, वर्ग, रंग, लिङ्ग, विकसित तथा अल्पविकसित राष्ट्रलाई प्रभाव पारेको छ । यस महामारीले हाल पारेको प्रभाव पश्चात् भविष्यमा आउन सक्ने दूरगामी असरहरुलाई लिएर हाल विश्व नै त्रसित अवस्थामा छ ।
 
यस महामारीको सम्भावित संक्रमणबाट आफुलाई सुरक्षित गर्न अहिलेको अवस्थामा हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प छैन । यस्तो अवस्थामा हाम्रो जस्तो पित्तृसत्तात्मक मूल्यमान्यता रहेको देशमा महिला तथा बालिकामाथि हिंसा गर्नका लागि सहज वातावरण सिर्जना भएको छ । संसारका सबै देशहरुमा यस्तो बन्दाबन्दीको स्थितिमा महिलामाथि हुने हिंसा बढेको अनुसन्धानहरुले देखाईसकेको छ । 

प्रत्येक वर्ष ७० प्रतिशत1 भन्दा बढी महिला घरेलु हिंसाबाट प्रभावित हुने गरेका छन् ।  योे बन्दाबन्दीको स्थितिले धेरै महिला तथा बालिकालाई हिंसापुर्ण बातावरणमा बाँच्न बाध्य बनाएको छ । हिंसा प्रभावितका लागि स्थापना भएका सहयोगी संयन्त्रहरुले समेत सहज रुपमा सेवा प्रदान गर्न नसकिरहेको अवस्था, अदालत लगायतका न्याय प्रदान गर्ने निकायहरु समेत बन्द÷नियमित सुचारु हुन नसकेको अवस्थामा महिलाहरुलाई आफुमाथि भएको हिंसाका विरुद्धमा बोल्न र न्यायका लागि पहल गर्न सहज स्थिती छैन । यसर्थ महिलामाथि भएका धेरै हिंसाहरु हाल बाहिर आउन सकेको छैन । यसको मतलब हाल हिंसा भएको छैन वा हिंसामा कमी आयो भन्ने होईन् । 

बन्दबन्दी शुरु भएदेखि महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले ११ वटा जिल्लाबाट2  ४६ वटा महिला तथा बालिका माथि हुने हिंसाका घटनाहरु अभिलेखिकरण गरेको छ ।3  जसमा २९ वटा घरेलु हिंसा, ८ वटा समाजिक हिसा, ६ वटा बलात्कार, १ वटा हत्या, १ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, १ वटा यौन दूव्र्यवहारका घटना रहेका छन् । 

२६ वटा घटनाहरु श्रीमानबाट, ७ वटा परिवारका सदस्यवाट, ८ वटा छिमेकीबाट, २ वटा प्रेमी ठानिएका व्यक्ति, १ वटा साथीबाट र १ घरमालिकबाट हिंसा भएको पाईएको छ । बलात्कारका घटनामा ३ वटा छिमकीबाट, १ वटा बुबावाट, १ वटा प्रेमी ठानिएका व्यक्तिबाट र १ वटा पहिचान नखुलेको व्यक्तिबाट भएको पाईएको छ । बलात्कारका ५ वटै घटना प्रहरीमा उजुरी दर्ता भईसकेको छ ।  घरेलु हिंसाका घटनामध्ये ४ वटा मेलमिलाप समितीमा गएको, ५ वटा प्रहरीमा उजुरी दर्ता गराइएको, ५ जना हिंसा सहन नसकेर आमाबुवाको घर÷ आफन्तकोमा गएर बसेको, १ जना बेपत्ता भएको छ भने बाँकी घरमा नै बसि रहेको अवस्था छ । सामाजिक हिंसाका घटनामध्ये ३ वटा प्रहरीमा उजुरी दर्ता भएको छ । 

सुझावहरु 
    हिंसा विरुद्ध नेपाल सरकारले लिएको शून्य सहनशिलतालाई यस प्रकोपको अवस्थामा समेत कायम राखि, हिंसाको उजुरी गर्ने वा चाहने बालिका तथा महिलाका लागि प्रहरी र न्यायीक समितिले आवश्यक सहयोग गर्नुपर्ने ।
    हिंसा प्रभावितका लागि स्थापना भएका सहयोगी संयन्त्रहरुले हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षाआवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षा अपनाई निरन्तरता दिनुपर्ने । 
    हिंसाको जोखिम न्यूनिकरणका लागि सबै क्वारेन्टाइन स्थलहरुमा महिला, बालिका र लैगिंक तथा यौनिक पहिचान भएका व्यक्तिको लागि छुट्टै बस्ने व्यवस्थाको साथै छुट्टै चर्पी एवं नुहाउने ठाउँको व्यवस्था गर्नुपर्ने । 
     प्रत्येक स्थानीय तहमा हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलालाई तत्काल उजुरी दिने, प्रतिक्रिया दिने, आवश्यक सहयोग तथा  सम्प्रेषण गर्ने ९च्भाभचचब०ि  व्यवस्था सहितको हटलाईन सुचारु गर्नुपर्ने । 

धन्यवाद । 

लुभराज न्यौपाने
कार्यकारी निर्देशक

 

  1महिला विरुद्ध हुने हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी“, ओरेक, नेपाल प्रहरी १४७७४, आर्थिक वर्ष ७५÷७६
  2धनुषाबाट १३, मोरगंबाट ८, रुकुमबाट ५, कैलालीबाट ३, दागंबाट ३, काठमाण्डौंबाट ३, बर्दियाबाट १, सिरहाबाट ६, उदयपुरबाट २, सुनसरीबाट १, पर्साबाट १ (सञ्चारमाध्यम) लगायतका जिल्लाबाट अभिलेखिकरण भएका हुन् । 
  3बन्दाबन्दी शुरु भएदेखि (मिति २०७६ चैत्र ११ देखि २७ गतेसम्म)