मिति ः २०७७ बैशाख २२
बन्दाबन्दीको समयमा१ १८ वटा जिल्लाहरुमा२ १७६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको छ । यी मध्ये ९ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका छन् । गएको हप्ता बैशाख १२ देखि १९ सम्ममा ४८ जना महिला तथा बालिकामाथि विभिन्न किसिमको हिंसा भएको पाईएको छ ।
जसमा १०३ वटा घरेलु हिंसा, १५ वटा सामाजिक हिसा, २६ वटा बलात्कार, ५ वटा बलात्कारको प्रयास, १ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, ७ वटा यौन दूव्र्यवहारका घटना, ११ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना र २ वटा साइवर अपराधसँग सम्बन्धीत घटना रहेका छन् । हिंसा गर्ने व्यक्तिहरुमा सबैभन्दा बढी ७८ जना श्रीमान् रहेका छन् र ३७ जना परिवारको सदस्यहरु रहेका छन् । यस अवधिमा संकलन भएका २६ वटा बलात्कारका घटनाहरु मध्ये २ वटा सामुहिक बलात्कारका रहेका छन् । जुन गत हप्ता मात्र संकलन भएको हो । यस घटनामा प्रेमि र उनका साथीहरु संलग्न रहेको पाईएको छ ।
१८ वटा छिमेकीबाट, १ घटना बुबावाट, १ वटा घटना आफ्नै दाजुबाट, १ वटा परिवारको सदस्यबाट, ३ प्रेमी ठानिएका व्यक्तिबाट र २ पहिचान नखुलेको व्यक्तिबाट भएको पाईएको छ । अभिलेखन गरिएका घटनाहरुलाई उमेर समुहको आधारमा हेर्दा सबैभन्दा बढी १७ देखि २५ बर्ष उमेर समूहका ५५ जना महिलाहरु हिंसाबाट प्रभावित भएको पाइएको छ । यसरी नै २६ देखि ३५ वर्ष उमेर समूहका ४५ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका २७ जना, ४६ बर्षभन्दा माथिका उमेर समूहका १७ जना महिलाहरु र १६ बर्षभन्दा कम उमेरका २५ जना बालिकाहरु हिंसाबाट प्रभावित भएका छन् । उमेर समूह थाहा नभएका ७ जना रहेका छन् ।
संस्थामा अभिलेखिकरण भएका घटनाहरुमध्ये ७४ जना प्रहरीमा उजुरी दर्ताका लागि गएको, २२ जना मेलमिलाप समितीमा गएको, २१ जना हिंसा सहन नसकेर आमाबुवाको घर÷ आफन्तकोमा गएर बसिरहेका र बाँकि प्रभावितहरुले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरिनसकेको र वातावरण सहज भएपछि सम्बन्धीत निकायमा जाने बताएका छन् ।
सुझावहरु
१. महिला तथा बालिकाले आफुमाथि भएको हिंसाको उजुरी गर्नका लागि सहज वातावरणको सिर्जना गर्नुपर्ने । प्रहरी, न्यायीक समिति, मेलमिलाप समितिले हिंसाको रोकथाम तथा न्याय निरुपणका लागि सक्रिय भएर कार्य गर्नुपर्ने ।
२. प्रत्येक स्थानीय तहमा हिंसा विरुद्ध उजुरी गर्न प्रोत्साहन गर्ने र हिंसामुक्त जीवन बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चितताका लागि हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षाआवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षा अपनाई निरन्तरता दिनुपर्ने ।
३. सबै स्वास्थ्य संस्थाहरुमा गर्भवती र सुत्केरी महिलाहरुका लागि आवश्यक पर्ने सेवाहरु र बच्चाको अनिवार्य खोप सेवालाई नियमित सुचारु गर्नुपर्ने । बर्थिङ्ग सेन्टर, प्राथमिक स्वास्थ्य चौकी, अस्पताललाई नियमित सेवा प्रदान गर्नका आवश्यक सुरक्षा सामाग्रिहरु प्रदान गर्नुपर्ने ।
४. प्रत्येक क्वारेन्टाईनमा मनोविमर्शकर्ताको व्यवस्था गर्नुपर्ने र बढी प्रभावित क्षेत्रहरुमा अनिवार्य रुपमा मनोपरामर्श सेवा प्रवाह गर्नुपर्ने ।
५. गर्भवती, सुत्केरी, सानो बच्चा हुने महिला तथा जेष्ठ नागरिकको लागि क्वारेन्टाइन स्थलमा बिशेष व्यवस्था र राहत वितरण गर्दा पौष्टिक खानेकुरा लगायतका अन्य आवश्यकताको ख्याल गर्नुपर्ने ।
६. प्रत्येक स्थानीय तहमा हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलालाई तत्काल उजुरी दिने, प्रतिक्रिया दिने, आवश्यक सहयोग तथा सम्प्रेषण गर्ने ९च्भाभचचब०ि व्यवस्था सहितको हटलाईन सुचारु गर्नुपर्ने ।
७. महिला तथा वालिकाहरुमाथि क्वारेन्टाइन स्थलमा हुनसक्ने संभावित हिंसा तथा जोखिमलाई मध्यनजर गर्दै महिला तथा वालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन स्थलको व्यवस्था गर्नुपर्ने ।
हिंसा प्रभावितका लागि सुरक्षित आवास सेवा प्रदान गर्दै आएको, यस संस्था ओरेकले, यस महामारीको अवस्थामा हिंसामा परेका र उजुरी गर्न चाहने व्यक्तिका लागि व्यक्तिगत सुरक्षाका उपायसहित हाल ६ वटा जिल्लाहरुमा
(मोरगं, उदयपुर, धनुषा, कैलाली, दागं, र काठमाण्डौं) स्थानीय तहसँगको समन्वयमा, सुरक्षा आवासको सेवा प्रदान गरिरहेको छ ।
संस्थासँग आबद्ध २८ जना मनोविमर्शकर्ताले फोन र सामाजिक दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित १७४ र १६७ हिंसा प्रभावित÷ प्रभावितको परिवारका सदस्य गरी जम्मा ३४१ जनालाई यस अवधिमा मनोसामाजिक परामर्श प्रदान गरेको छ ।
धन्यवाद ।
लुभराज न्यौपाने
कार्यकारी निर्देशक
----------------
१ बन्दाबन्दी शुरु भएदेखि (मिति २०७६ चैत्र ११ देखि २०७७ बैशाख १९ गतेसम्म)
२ धनुषाबाट २३, मोरङ्गबाट २६, रुकुमबाट ९, कैलालीबाट २०, दाङ्गबाट १४, काठमाण्डौंबाट ३, भक्तपुरबाट १, बर्दियाबाट ४, सिरहाबाट ३५, सप्तरीबाट १, उदयपुरबाट १४, सुनसरीबाट १२, बाकेबाट २, स्याङ्गजाबाट २, बाग्लुङ्गबाट १, महोत्तरी ७, रौतहट १, र पर्साबाट १, लगायतका जिल्लाबाट अभिलेखिकरण भएका हुन् ।