Press Release

बन्दाबन्दीकोे समयावधिमा ३३६ जना महिला तथा बालिकामाथि हिंसा

19 May 2020 Download

६ जेष्ठ २०७७, काठमाडाैं

बन्दाबन्दीको समयमा  ३३ वटा जिल्लाहरुमा  ३३६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । गएको एक हप्ता  ८६ वटा महिला तथा बालिकामाथि भएका हिंसाका घटना संस्थाले अभिलेखिकरण गरेको छ । यसैगरी बन्दाबन्दी शुरु भएपछि विगतका हप्ताहरुमा भएका थप १९ वटा घटनाहरु यो हप्तामा अभिलेखिकरण भएका छन् ।

अभिलेखिकरण भएका घटनाहरुमध्ये सबैभन्दा बढी १९८ वटा घरेलु हिंसाका घटना रहेका छन् । त्यस्तैगरि २९ वटा सामाजिक हिसाका घटनाहरु रहेका छन् । सामाजिक हिंसाका घटनाहरुमा  १४ वटा जवरजस्र्ती तथा कम उमेरको विवाह, ११ वटा घटनाहरु चारित्रिक आरोपका, ४ वटा बोक्सिको आरोपमा मानसिक यातना दिएका घटनाहरु रहेका छन् । यसैगरी ४८ वटा बलात्कार, १० वटा बलात्कारको प्रयास, १२ वटा यौन दुव्र्यवहार, ५ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, १६ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना, २ वटा मानव बेचविखन र १० वटा साइवर अपराधसँग सम्बन्धीत रहेका छन् ।

अभिलेखिकरण गरिएका घटनाहरुमा सबैभन्दा बढी १५५ जना श्रीमान्् र ६७ जना परिवारका सदस्यहरुको संलग्नता रहेको पाईएको छ । यस्तैगरि ६६ जना छिमेकी, १७ जना परिवारका सदस्यबाट, ७ जना साथीबाट, ४ जना घरमालिक, ३१ जना पहिचान नखुलेको व्यक्तिबाट हिंसा भएको पाईएको छ ।

हिंसामा संलग्न भएका पीडकहरुमध्ये सबैभन्दा बढी ११२ जना २५ देखि ३५ वर्ष समुहका रहेको पाईएको छ । यस्तैगरि क्रमश ३६ देखि ४५ वर्ष उमेर समुहका ८४ जना, १७ देखि २५ वर्षका ७२ जना, ४६ वर्षमाथिका ३८ जना, १६ वर्षभन्दा कम उमेरका २ जना, र उमेर समुह थाहा नभएको ३९ जना रहेका छन् ।

हिंसा प्रभावितहरुमध्ये सबैभन्दा बढी १०८ जना महिलाहरु १७ देखि २५ बर्ष उमेर समूहका रहेको पाईएको छ । यस्तैगरी २६ देखि ३५ वर्ष उमेर समूहका १०३ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका ४७ जना, ४६ बर्षभन्दा माथिका उमेर समूहका २६ जना महिलाहरु विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् । १६ बर्षभन्दा कम उमेरका ४४ जना बालिकाहरु हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका ८ जना हिंसाबाट प्रभावित भएका छन् ।

संस्थामा अभिलेखिकरण भएका घटनाहरुमध्ये १५९ जना प्रहरीमा उजुरी दर्ताका लागि गएको, ३९ जना मेलमिलाप समितीमा गएको, ४१ जना हिंसा सहन नसकेर आमाबुवाको घर÷ आफन्तकोमा गएर बसिरहेका र ९७ जना प्रभावितले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरिनसकेको र वातावरण सहज भएपछि सम्बन्धीत निकायमा जाने बताएका छन् ।

संस्थासँग आबद्ध मनोविमर्शकर्ताले फोन र सामाजिक दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित २८६ र ३०८  हिंसा प्रभावित÷ प्रभावितको परिवारका सदस्य गरी जम्मा ५९४ जनालाई यस अवधिमा मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको छ  । यी मध्ये ३० वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका छन्  ।

    1 बन्दाबन्दी शुरु भएदेखि (मिति २०७६ चैत्र ११ देखि २०७७ जेष्ठ २ गतेसम्म)
  2  धनुषाबाट ३३, मोरङ्गबाट ५९, रुकुमबाट ९, कैलालीबाट ४०, कञ्चनपुरबाट १, दाङ्गबाट २०, काठमाण्डौंबाट ११, भक्तपुरबाट १, बर्दियाबाट १२, सिरहाबाट ४७, सप्तरीबाट १, सर्लाहीबाट २, उदयपुरबाट २२, सुनसरीबाट २१, बाँकेबाट २, स्याङ्गजाबाट २, बाग्लुङ्गबाट १, महोत्तरी ९, रौतहट ४, र  पर्साबाट २, तेह्थुमबाट १, ओखलढुंगाबाट १, सोलुखुम्बूवाट १,गुल्मीबाट १, सिन्धुलीबाट २, धादिङ्गबाट ११ बभाङ्ग १४, गोर्खाबाट १, लम्जुङ्गबाट १, हुम्लाबाट १, कलिवस्तुबाट १,सल्यान १, चितवनबाट १ लगायतका जिल्लाबाट अभिलेखिकरण भएका हुन् ।
  3 बैशाख २८ देखि जेष्ठ २, २०७७