Monthly Violence against Women Report

महिलामाथि हुने हिंसासम्बन्धि मासिक प्रतिवेदन, श्रावण २०७७

08 Sep 2020 Download

भाद्र २२, २०७७, ओरेकले महिला तथा बालिका माथि हुने हिंसाका घटनाहरुलाई अभिलेखिकरण तथा विश्लेषण गरी निरन्तर रुपमा सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गर्दै आएको छ । श्रावण महिनामा ओरेक नेपालले ३४५ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क  (मनोपरामर्शकर्ता र हटलाईन मार्फत–२०३, तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त–१४२)  अभिलेखिकरण गरेको छ । 
अभिलेखीकरण भएका  कूल ३४५ हिंसाका घटना मध्ये ११७ वटा (३४ प्रतिशत) घरेलु हिंसासँग सम्बन्धीत छन्। यसैगरी ३६ वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ११२ वटा (३३ प्रतिशत) बलात्कार , २४ वटा (७ प्रतिशत) यौन दुव्र्यवहार र ११ वटा (३ प्रतिशत) बलात्कारको प्रयासको घटना भएको पाइएको छ । यसरी नै १७ वटा (५ प्रतिशत) हत्या, १२ वटा (३ प्रतिशत) हत्या प्रयास, ८ वटा (२ प्रतिशत) आत्महत्याको घटना, १–१ प्रतिशत (४, २) मानव बेचविखन र साइवर अपराधका घटना संकलन भएका छन् भने १ प्रतिशत अन्य प्रकारका हिंसाका घटना रहेका छन् जसमा एक जना महिलालाई अलपत्र पारिएको र १ जना महिलामाथि एसिड आक्रमण गरिएको घटना  रहेको छ ।

क) श्रावण महिनामा अभिलेखिकरण भएका हिसाका प्रकार
                                    
 ख) प्रभावितको उमेरको आधारमा बर्गीकरण

हिंसा प्रभावितको उमेरको आधारमा विश्लेषण गर्दा श्रावण महिनामा अभिलेखिकरण भएका घटनाहरु मध्ये सबैभन्दा धेरै १०१ जना (२९ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी ८१ जना (२४ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समुहका महिलाहरु रहेका छन् ।  यसैगरी ६७ जना (२० प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, ४५ जना (१३ प्रतिशत) ५६ वर्ष भन्दा माथिका महिलाहरु, २९ (८ प्रतिशित) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु, र २२ जना (६ प्रतिशत) ४६ देखि ५५ उमेर समुहका प्रभावित रहेका छन् ।

ग) प्रभावितको आरोपित व्यक्तिसँगको सम्बन्ध
                                
प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ९९ वटा (२९ प्रतिशत) हिंसा छिमेकीबाट भएको छ भने ९८ वटा (२८ प्रतिशत) हिंसाको घटना श्रीमानबाट भएको पाइएको छ । यसैगरी ७१ वटा (२१ प्रतिशत) परिवारका सदस्यवाट, १६ वटा (५ प्रतिशत) महिलाले आत्मिय ठानेका साथीबाट, १० वटा (३ प्रतिशत) सेवा प्रदायकबाट, ८ वटा (२ प्रतिशत) साथिबाट र ५ वटा (१ प्रतिशत) शिक्षकबाट  हिंसा भएको पाईएको छ भने अन्य आरोपितहरुको पहिचान खुल्न बाँकी रहेको छ । 

घ) आरोपित र उमेर
 
यस्तै, हिंसामा संलग्न आरोपित पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ८० जना (२३ प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी  ७४–७४ जना (२१–२१ प्रतिशत) १७ देखि २५ बर्ष उमेर समुह र ३६ देखि ४५ वर्ष उमेर समुहका यवाहरु रहेका छन् । यसैगरी  २८ जना (८ प्रतिशत) १६ वर्ष भन्दा कम उमेरका युवाहरु, साथै २६ जना (८ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका पुरुषहरु,  र १० जना (३ प्रतिशत) ५६ वर्ष भन्दा माथिका पुरुषहरु हिंसामा संलग्न भएको तथ्याङ्क अभिलेखीकरण भएको छ भने बाँकी आरोपितहरुको उमेर समूह खुल्न बाँकी रहेको छ ।
ङ) मासिक रुपमा संकलन भएका महिला हिंसाका तथ्याँक

ओरेक नेपालमा निरन्तर रुपमा महिलामाथि हुने हिंसाको घटनालाई अभिलेखिकरण गरी सम्बन्धीत निकायको ध्यानाकर्षणका लागि यस्ता घटनाहरुलाई प्रकाशन पनि गर्दै आएको छ ।  चैत्र देखि श्रावण माहिनामा अभिलेखीकरण भएका हिंसाका घटनाका तथ्याँकको तुलनात्मक विश्लेषण गर्दा कोभिड महामारीको शुरुवातसंगै महिला तथा बालिकामाथि भईरहेको  विभिन्न स्वरुपमा हिंसा  का घटनाको अभिलेखिकरण बढ्दो रुपमा भएको तथ्याँकले देखाएको छ । तथ्याँककै आधारमा हेर्दा बन्दा वन्दी शुरुवात भएको चैत्र महिनामा भन्दा तुलनात्मक रुपमा बैशाखमा १८५ जना, जेष्ठमा ३९३ जना र असारमा ४४० जना महिला तथा बालिका माथि हिंसाका घटनाको अभिलेखिकरण बढी भएको छ । तुलनात्मक रुपमा हेर्दा श्रावण महिनामा बन्दाबन्दी केही खुकुलो भए संगै हिंसाका घटनाको अभिलेखिकरणमा केही कमी आएको छ । 

निश्कर्ष ः
यसरी अभिलेखीकण भएका तथ्याँकलाई आधार मान्दा महिला तथा बालिकाहरु घरभित्र नै बढि असुरक्षित छन् भन्ने तथ्याकंले पुष्टि गरेको छ ।  यसर्थः महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानुनी समानता मात्र पर्याप्त हुँदैन । विभेद र  हिंसालाई मलजल गर्ने साँेच, दृष्टिकोण र व्यवहार साथै समाजले बनाएको लैंगिक पहिचान र भुमिका परिवर्तन गर्ने अभियान र नीतिगत व्यवस्थाको आवश्यकता रहेको छ । सुरक्षित र हिंसारहित वातावरणमा बाँच्न पाउने प्रत्येकनागरिकको नैसर्गिक अधिकार हो । तसर्थ ः महामारीको अवस्था छ भनेर महिलाका लागि संविधानतः तथा अन्य कानुनहरुले सुनिश्चित गरेका अधिकारहरुलाई नकार्न मिल्दैन । यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।


लुभराज न्यौपाने
कार्यकारी निर्देशक
ओरेक, नेपाल