प्रत्येक नागरिकले शारीरिक, मानसिक, सामाजिक र भावानात्मक रुपले स्वस्थ रही उत्पादनसिल र गुणस्तरीय जीवन यापन गर्न पाउने व्यवस्था मौलिक हकको रुपमा सविधानले मान्यता प्रदान गरीसकेको छ । हाल विश्वव्यापि विकास लक्ष्य प्राप्त गर्नको लागि मानसिक स्वास्थ्यको पनि महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा मानसिक स्वास्थ्य दिगो विकास लक्ष्यमा समावेश भए संगै नै प्रस्ट हुन्छ । डिप्रेसन मानसिक स्वास्थ्यको प्रमुख समस्या र असक्तताको मुख्य कारण पनि हो । विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा वर्षेनी ८०,००० व्यक्तिहरु आत्महत्याको कारणबाट ज्यान गुमाईरहेका छन् भने १५ देखि १९ वर्ष उमेर समुहको व्यक्तिहरुको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो । विश्वमा हुने ७९ प्रतिशत आत्महत्या कम र मध्यम आय भएका देशहरुमा भएको छ । सन् २००८/२००९ मा गरिएको मातृमुत्यु र रुग्णता अध्ययनले प्रजनन् उमेर समुहका महिलाहरुको मृत्यु हुने प्रमुख कारण पनि आत्महत्या नै रहेको जनाएको छ । यसले नेपालमा मानसिक स्वास्थ्यको अवस्था अत्यन्तै भयावह रहेको देखाउँछ ।
मानसिक स्वास्थ्यको मुद्दाहरुलाई उजागर गर्र्ने उद्देश्यले ओरकको ३० औं वार्षिकोत्सवको अवसरमा “विद्यमान लैङ्गिक भूमिका र मानसिक स्वास्थ्यकोे सवाल” शिर्षकको प्यानल छलफलका साथमा यस संस्थाले आत्महत्याको सवाल सम्वन्धी गरेको अनुसन्धानको प्रतिवेदन सार्वजनिकरण को कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि माननीय मन्त्री डा. शिवमाया तुम्वाहाम्फेले जब सम्म सम्बन्धित व्यक्तिले आत्महत्या गर्नु विकल्प होइन भन्ने मनमा ग्रहण गर्ने अवस्था सृजना हुन सक्दैन, आत्महत्याको संख्यालाई न्यूनीकरण गर्न समय लाग्न सक्ने बताउनु भयो । “आत्महत्यालाई रोक्नको निम्ति सरकारी नीति बनाउनुको साथ साथै हामीले मानसिक तनाबबाट गुज्रिरहेकोहरुलाई सयोग प्रदान गर्नुपर्छ र त्यसमा मनोसामाजिक परामर्श सेवाहरु प्रदान गर्नमा संघसंस्थाहरुले समेत सहयोगी भूमिका खेल्न सक्छन्ू प्रमुख अतिथि माननीय मन्त्री डा. तुम्वाहाम्फेले भन्नु भयो ।
प्यानल छलफलमा वरिष्ठ मनोचिकित्सक प्रा.डा. सरोज प्रसाद ओझा, वरिष्ठ मनोविद प्रा. डा. गंगा पाठक, वरिष्ठ अर्थविद प्रा डा.कुसुम शाक्य र अनुसन्धानकर्ता ज्योतिका रीमाल रहनु भएको थियो भने प्यानलको सहजीकरण ओरेकको कार्यकारी निर्देशक लुभराज न्यौपानेले गर्नुभएको थियो ।
वरिष्ठ मनोविद प्रा. डा. गंगा पाठकले मानसिक रोगलाई शारीरिक रोगजस्तै प्राथमिकता नदिइएको हुनाले मानसिक रोग भएकाहरुले चाहिने मद्दतबाट वन्चित हुनु परिरहेको बताउनु भएको थियो । मानसिक रोग भनेको एक अस्वस्थता हो र यो कुनै लज्जास्पद कुरा होइन । मानसिक रोग भएका व्यक्तिमा डिप्रेसनका लक्षण, चिन्ताको भावना, र व्यवहार वा मुडमा अचानक परिवर्तन देखा पर्ने गर्छन् तर मानसिक रोग अदृश्य रोग भएकोले मानसिक स्वास्थ्यले आवश्यक प्राथमिता प्राप्त गरेको छैन । त्यसको साथसाथै मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूका लागि मानसिक रोगप्रति हुने सामाजिक लाञ्ंछना र भेदभावको कारण उनीहरू आवश्यक मद्दत लिनबाट डराउँछन् र आफ्ना मानसिक समस्याहरुलाई दबाउन बाध्य हुन्छन् ।ू
वरिष्ठ मनोचिकित्सक प्रा.डा. सरोज प्रसाद ओझाले नेपाल अझै पनि मानसिक रोगको विषयमा खुल्न संघर्ष गरिरहेको अवस्थामा मानसिक स्वास्थ्य र मानसिक रोगका विषयमा जनचेतनाको आवश्यक भएकोले सरकारले आत्महत्या रोक्न राष्ट्रिय नीति बनाउनु पर्नेमा जोड़ दिनु भएको थियो । त्यसैगरी प्रा.डा. ओझाले आत्महत्या रोकथामका लागि मानसिक रोगका लक्षणहरुलाई बेवास्ता गर्नुको साटो हामीले आफ्नो मानसिक स्थिति स्वस्थ राख्न आफ्ना प्रियजनहरूसँग नियमित सम्पर्कमा आई आफ्ना कुराहरु व्यक्त गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यसका साथसाथै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूप्रति समानुभुती देखाई उनीहरुको भावनालाई सुनिदिन समेत आवश्यक रहेको कुरा प्रकाश पार्नु भएको थियो ।
कोभिड–१९ को सन्दर्भलाई जोड्दै अर्थविद डा. कुसुम शाक्यले बन्दबंदीको अवस्थामा मानिसले आफ्नो जागिर गुमाउनु पर्दा चुनौतीपूर्ण परिस्थिति श्रीजना हुनुको साथै त्यसले तनाव र चिन्ता निम्त्याएको कुरा उठाउनु भयो । लकडाउनले सामाजिकसँगै आर्थिक रुपमा पनि महिला वर्गलाई बडी असर पारेको बताउदै लकडाउनले बेरोजगार महिलाको संख्या बढेको, आय आम्दानी घटेको र महिलाको कामको बोझ ३ गुणाले बढेको अवस्थाले गर्दा महिला वर्गमा मानसिक तनाब संगै आत्महत्याको संख्यापनि बढेको बताउनु भयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले लैंगिक हिंसाले महिलाहरुको मानसिक स्वास्थ्यलाई असर पु¥याउँछ भन्ने महसुस गरी ओरेकले २० वर्ष अगाडी नै नेपालमा २० वटा मनोसामाजिक परामर्श केन्द्रहरू सञ्चालन गरेर महिलामाथि हुने हिंसा, द्वन्द्व प्रभावित लगायतलाई मनोविमर्श सेवा प्रदान गरेको बताउनु भएको थियो । “२० वर्ष अगाडी जब देश द्वन्दको चपेटामा थियो, त्यस बेला हामीले २० वटा परामर्श केन्द्र सञ्चालन गर्नुको साथै ओरेकले मनोबिमर्शकर्ताहरुलाई एक महिनाको तालिम पनि प्रदान गरेको थियो । त्यसरी ओरेकले मानसिक स्वास्थ्यमा काम गरी अभियान सुरु गरेको २० वर्ष भन्दा पनि बढी भई सकेको छ ।” वँहाले असमान लैङ्गिक सम्बन्धको कारणले गर्दा नेपाली समाजमा मानसिक समस्या रहेको पनि उजागर गर्नु भएको थियो ।
उक्त कार्यक्रममा आत्महत्या सम्वन्धी मोरङ्ग जिल्लामा सम्पन्न गरिएर्को लैंगिक दृष्टिकोणबाट आत्महत्या सम्बन्धि आर्थिक र सामाजिक कारक तत्वको खोज’ शिर्षकको अनुसन्धानको प्रतिवेदन पनि सार्वजनिकरण गरिएको थियो । २४ जना सहभागीहरुसंग अन्तर्वार्तामा आधारित गुणात्मक अनुसन्धानको नतिजा अनुसार नेपाली समाज