Press Release

बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाको रोकथाम तथा सम्बोधनका लागि ध्यानाकर्षण

25 May 2021 Download

Click here for the English version

पृष्ठभुमि 

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको कारण विश्व पुनः आतंकित अवस्थामा रहेको छ । यस महामारीले सबै जाति, उमेर, वर्ग, लिङ्ग, विकसित, अल्पविकसित राष्ट्र सबैलाई प्रभाव पारेको छ । विश्व महामारीको अवस्थाबाट गुज्रिएको अवस्थामा सबैको ध्यान कसरी यस महामारीबाट बच्ने र बचाउने भनेर केन्द्रित हुनु स्वभाविक हो । यस महामारीको नियन्त्रण, रोकथाम र सम्भावित संक्रमणबाट आफुलाई सुरक्षित गर्न अहिलेको अवस्थामा हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प छैन । यस्तो अवस्थामा हाम्रो जस्तो पित्तृसत्तात्मक मूल्यमान्यता रहेको देशमा महिला तथा बालिकामाथि थप हिंसाको जोखिम बढेको छ । अहिले भएको लैंगिक हिंसाका घटनालाई यस सम्बन्धि निरुपणको अबस्था हेर्दा यो पनि भन्न सकिन्छ की यो महामारीबाट सिर्जित अर्को महाबिपद हो ।

निषेधाज्ञा तथा बन्दावन्दी शुरुवात भएदेखि महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले १६ दिनको अवधिमा ९७ वटा महिला हिंसाका घटनाहरु अभिलेखीकरण गरेको छ ।  जसमा सबैभन्दा बढी ४२ प्रतिशत (४१ वटा) घरेलु हिंसा भएको छ । यस स्थितिले धेरै महिला तथा बालिकालाई हिंसापुर्ण बातावरणमा बाँच्न बाध्य बनाएको पुष्टि हुन्छ । यसैगरी २७ वटा (२८ प्रतिशत) बलात्कार, ८ वटा (८ प्रतिशत) हत्या , ८ वटा (८ प्रतिशत) सामाजिक हिंसा, ४ वटा (४ प्रतिशत) यौन दूव्र्यवहार, ३ वटा (३ प्रतिशत) आत्महत्या, २ वटा (२ प्रतिशत) मानव वेचविखन र ४ वटा अन्य प्रकारका हिंसामा क्रमशः २ जनाले पारिवारिक स्रोतका अनुसार लैंगिक हिंसाका कारणले आत्महत्या प्रयास गरेका र २ जना अलपत्र पारिएका घटना संकलन भएका छन् । 

यसरी संकलन भएका घटनाहरुमा ३२ वटा (३३ प्रतिशत)  घटनाहरु श्रीमानबाट, १८ वटा (१९ प्रतिशत) परिवारका सदस्यवाट, १६ वटा (१६ प्रतिशत) छिमेकीबाट, ९ वटा ( ९ प्रतिशत) प्रेमी ठानिएका व्यक्ति, २ वटा साथीबाट, १ वटा सेवा प्रदायकबाट र २ वटा शिक्षकबाट हिंसा भएको पाईएको छ । बलात्कारका घटना १ वटा आफ्नै श्रीमानवाट भएको बैवाहिक बलात्कार, ९ वटा छिमकीबाट, १ वटा परिवारका सदस्यबाट, ४ वटा प्रेमी ठानिएका व्यक्तिबाट र १२ वटा पहिचान नखुलेको व्यक्तिबाट भएको पाईएको छ । यद्यपि धेरै हिंसाका घटनाहरु रिर्पोटिंग हुन सकेका छैनन भने घरपरिवारकै व्यक्तिहरुबाट भएका घटनाको उजुरी दिन प्रभावितहरुले नसकेको र तत्काल हिंसा प्रभावितका लागि सेवा प्रदान गर्ने संयन्त्रहरु पनि प्रभावित हुँदा न्याय पाउने विश्वास नै नभएका कारण पनि घटनाहरु बाहिर नआएको अवस्था छ । 

त्यसैगरी एकातिर हिंसा प्रभावितहरु निषेधाज्ञाले सहज रुपमा हिंडडुल गर्न नसकेका कारण घरभित्रै हिंसा सहेर बस्न बाध्य भएको अवस्था छ भने अर्कातिर हिंसा प्रभावितका लागि स्थापना भएका सहयोगी संयन्त्रहरुले समेत सहज रुपमा सेवा प्रदान गर्न नसकिरहेको अवस्था छ, त्यस्तै अदालत लगायतका न्याय प्रदान गर्ने निकायहरु समेत बन्द, नियमित सुचारु हुन नसकेको अवस्थामा महिलाहरुलाई आफुमाथि भएको हिंसाका विरुद्धमा बोल्न, न्यायका लागि पहल गर्न सहज स्थिती छैन । जसले दण्डहिनताको स्थितीलाई संरक्षण मिलेको देखिन्छ ।

यस बन्दावन्दीले नागरिकलाई  कोभिड महामारीबाट सुरक्षित राख्न सहयोग पुयाउछ नै तर यस समयमो महिलामाथि हुने हिंसालाई रोक्न तत्काल कदम नचाल्ने हो भने नेपालमा यसले अर्को महापिडा थपिने सम्भावना निश्चित छ । महामारीको अवस्था छ भनेर महिलाका लागि संविधानतः तथा अन्य कानुनहरुले सुनिश्चित गरेका अधिकारहरुलाई नकार्न मिल्दैन । राज्य नागरिकको अभिभावक हो तसर्थ जुनसुकै परिस्थितीमा पनि नागरिकहरुको हरेक अधिकार संरक्षण गर्नु राज्यको प्रमुख कर्तव्य हो र यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको २ वटा हटलाईन, २३ जना मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको छ  । यी मध्ये २८ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका छन्  ।

 

सुझावहरु 

  • हिंसा विरुद्ध नेपाल सरकारले लिएको शून्य सहनशिलताको नीतिलाई यस प्रकोपको अवस्थामा समेत कायम राखि, हिंसाको उजुरी गर्ने वा चाहने महिला तथा वालिकाहरुलाई प्रहरी, न्यायीक संयन्त्रहरुले आवश्यक सहयोग गर्नुपर्ने ।
  • हिंसा प्रभावितका लागि स्थापना भएका सहयोगी संयन्त्रहरुले हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षाआवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षा अपनाई निरन्तरता दिनुपर्ने । 
  • हिंसाको जोखिम न्यूनिकरणका लागि सबै आईसोलेसन तथा क्वारेन्टाइन स्थलहरुमा महिला, बालिका र लैगिंक तथा यौनिक पहिचान भएका व्यक्तिको लागि नेपाल सरकारले जारी गरेका आईसोलेसन तथा क्वारेन्टाइनको परीमार्जित निर्देशिका अनिवार्य सबै ठाउँमा लागु गर्नुपर्ने । 
  • प्रत्येक स्थानीय तहमा हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलालाई तत्काल उजुरी दिने, प्रतिक्रिया दिने, आवश्यक सहयोग तथा  सम्प्रेषण गर्ने ९च्भाभचचब०ि  व्यवस्था सहितको हट लाईन सुचारु गर्नुपर्ने । 
  •  बन्दाबन्दीका कारण उजुरी गर्न नपाएका घरेलु हिंसाका घटनामा स्थानीय तहले सहजीकरण गर्नुपर्ने । सेवा प्रदायक निकायहरुले सुचना बृहत रुपमा प्रचार प्रसार गर्नुपर्ने ।
  • हिंसा प्रभावितका लागि आवश्यकता अनुसारको मनोविमर्श तथा प्राथमिक मनोवैज्ञानिक सहयोगका लागि तुरुन्त अनलाइन तथा मनोविमर्शक दूर–सेवा प्रदान गर्नका लागि सहजीकरण गरिनुपर्ने ।
  • यातायातको अभावमा हिंसा प्रभावितहरु घरबाट बाहिर निस्कन नसकी घरभित्रै रहिरहेको अवस्थालाई सम्बोधन गर्नका लागि स्थानीय प्रहरी तथा स्थानीय सरकारले आवश्यकता अनुसार यातायातको व्यवस्था मिलाउन सहजीकरण तथा सहयोग गर्नुपर्ने।
  •  कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी हिंसा प्रभावितका लागि तत्काल स्वास्थ्य उपचार तथा सुरक्षित आवासको व्यवस्था मिलाउनका लागि स्थानीय सरकारको लैंगिक हिंसा राहत कोषबाट स्वास्थ्य उपचार खर्चको व्यवस्था गरी सरकारी तथा गैरसरकारी संस्थाहरुबाट संचालित सुरक्षावासमा समन्वय गराई सहयोग गर्नुपर्ने ।
  • सरकारी तथा गैरसरकारी संस्थाहरुबाट संचालित सुरक्षावासमा प्रभाबितहरुलाई कोभिडको माहामारीबाट बचाउन आइसोलेशन कोठा तथा बिशेष सेवाको प्रत्याभुति गर्नुपर्ने जसकालागि आबश्यक समन्वय गर्री सहयोग गर्नुपर्ने ।
  • कोरोना महामारीका कारण कैंयौं महिला तथा वालवालिकाहरु हिंसा भोगि कोठामा अलपत्र अवस्थामा खानेकुराको अभावमा पाईएको छ । यसका लागि तुरुन्त खाद्यान्नका राहत प्याकेजहरु उपलव्ध गराउनुपर्ने ।
  • कोभिडबाट प्रभावित हिंसा प्रभावितहरुका लागि खाद्यान्न सहित सुरक्षा सामाग्री आवश्यक औषधि सहितको होम आईसोलेसन किट तयार गरी वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने ।
  • कतिपय महिला, किशोरी तथा लैंगिक तथा यौनिक अल्पसंख्यकहरु बन्दाबन्दीका कारण कार्यस्थलहरु बन्द भई कामको खोजीमा भौतारिरहँदा विभिन्न किसिमका यौनजन्य हिंसा र बलात्कारको शिकार भैरहेका छन् । उनीहरुको  लागि तत्काल राहत सहयोगको व्यवस्था गरिनुपर्ने।
  • हाल कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै विभिन्न संघ संस्थाहरुले सेवा तथा सहयोगहरु प्रदान गरिरहेका छन् । ती सेवा प्रदायक निकायहरुको सेवाको विवरण र सम्पर्क व्यक्ति तथा सम्पर्क नम्बर सहितको सुची तयार गरी व्यापक रुपमा प्रचार प्रसार गरिनुपर्ने । 

 

   धन्यवाद । 

   लुभराज न्यौपाने

   कार्यकारी निर्देशक